-अनन्तकुमार लाल दास शान्त, सुन्दर मधेस, समुन्नत मधेस, यस्तो मधेस जहाँ सबैका लागि रोजगारीको अवसर होस्, यस्तो मधेस जहाँ सबै शिक्षित होऊन्, यस्तो मधेस जहाँ राजनीतिक र सांस्कृतिक द्वन्द्व नहोस्, मधेस जो कृषिमा आत्मनिर्भर होस्, मधेस जहाँ सम्पूर्ण विश्वका लागि नै प्रेम होस् जस्ता कल्पनालाई साकार पार्न कसै एकको होइन हामी सबैको दायित्व हो र यसका लागि आजदेखि नै चिन्तनमनन र सम्पूर्ण मधेसवादीहरूको व्यवहार र विचारमा परिवर्तन आउनु आवश्यक छ। वर्तमानमा मधेसको यस परिकल्पनालाई साकार गर्ने जिम्मा मधेसमा कार्यरत सम्पूर्ण शिक्षकहरूले लिनैपर्छ र साँच्चिकै भन्ने हो भने यो जिम्मेवारी हामी सबै मधेसीहरूको काँधमा पनि छ किनभने हामीले जसरी मधेसलाई शिक्षित गर्छौ त्यस्तै मधेस भोलि हामीले पाउने छौं।
मधेसको खस्कँदो शैक्षिक अवस्था र यसलाई कसरी सुधार्न सकिन्छ भन्ने जिज्ञासा लिएर मैले धेरै विद्यालयको भ्रमण र अध्ययन गरें। त्यहाँका शिक्षक साथीहरूसँग कुरा गरें। उनीहरूसँग मधेसको निर्माण कसरी गर्न सकिन्छ भन्ने जानकारी लिएँ तर निराशा हात लाग्यो। कसैले सरकारको दोष देखाए भने कसैले सङ्क्रमणकालीन अवस्थालाई। कसैले राजनीतिकर्ताहरूलाई दोष दिए त कसैले विश्व समुदायलाई। कसैले अभिभावकहरूलाई दोषी ठहराए त कसैले शिक्षा नीतिलाई। कसैले पनि हामी दोषी हौं भन्ने कुरा महसुस गरेन। सबैले एकअर्कातिर नै औंला ठडयाए र बिर्से तीनवटा औंला त उनीहरूतर्फ नै फर्केको छ तर म निराश भएको छैन।
जीवनको जटिलता जुन किसिमले बढ्दै गइरहेको छ यस परिस्थितिमा शिक्षकवर्गमा सुधारको आवश्यकता त छ तर सुधारका नाउँमा उनीहरू आफ्नो कर्तव्य र दायित्वबाट पन्छिन सक्दैनन्। हाम्रो देश, समाज, सभ्यता र सांस्कृतिक उत्थानको बोझ शिक्षकहरूको काँधमा नै छ। यस कारण आ–आफ्नो गहन उत्तरदायित्व बुझ्दै विद्यार्थीहरूको उत्कृष्ट व्यक्तित्व निर्माणमा शिक्षकहरूबाट अधिकाधिक प्रयासको खाँचो छ। यो नै लोकतान्त्रिक र गणतान्त्रिक नेपालका शिक्षकहरूको जिम्मेवारी पनि हो।
कुनै पनि समाजमा शिक्षकको विशिष्ट स्थान र पहिचान हुन्छ। पुरानो र नयाँ पीढीबीच उसले सेतुको काम मात्र गर्दैन, आउने दिनहरूमा समाजको नेतृत्व गर्ने क्षमता विकासमा पनि सघाउ पुर्याउँछ। समाज र राष्ट्रलाई अगाडि बढाउनमा शिक्षकहरूको महत्त्वपूर्ण भूमिका रहेको छ जुन वर्तमानमा झन् बढेर गएको छ। विद्यार्थीहरूको चौतर्फी विकास वर्तमान शिक्षा पद्धतिबाट मात्र सम्भव छैन। यस कारण विद्यालयको सीमित समयमा आफ्नो ड्यूटी मात्र पूरा गरेर, कालोपाटीमा केही शब्द लेखेर, किताब घोकाएर र सोबापत तलब प्राप्त गर्नु मात्रले शिक्षकको दायित्व पूरा हुँदैन।
अध्यापन न व्यवसाय हो न दुई–चार अक्षरको किताबी ज्ञान विद्यार्थीहरूलाई दिनु नै। आज शिक्षकहरूले दायित्वलाई सानो घेराभित्र सीमित पारेको हुनाले नै विद्यार्थीद्वारा शिक्षकको अवहेलना, विद्यार्थी र शिक्षकबीच तनाव र विद्यार्थीहरूमा उद्दण्डता बढ्दै गएको छ। केही दशकपूर्व हामी पढ्दाखेरि शिक्षकहरूको स्वरूप कुशल अभिभावक बनेर शिक्षा दिने प्राचीनकालीन गुरुजस्तो हुन्थ्यो। आज पनि शिक्षकको स्वरूप त्यस्तै हुनुपर्छ। यस कारण शिक्षकहरूले जीवनको जटिलता समाधान गर्न साधन सुविधा माग गर्नुका साथै आफ्नो गरिमा र प्रतिष्ठालाई सार्थक बनाउनेतर्फ पनि विशेष ध्यान दिनु आवश्यक छ।
आजभोलि साधारण कुरामा पनि अभिभावकहरूले समेत शिक्षकलाई तल देखाउन खोज्छन्। शिक्षकहरूले बोलाएको बेला उनीहरू उपस्थित हुँदैनन्। शिक्षकहरूले दिएको सल्लाह वा विद्यालय नियमको परिपालना समयमा हुँदैन। यसको एकमात्र कारण के हो भने त्यस्ता अभिभावकको नजरमा हामी शिक्षक मात्र कर्मचारी हौं जसको काम विद्यार्थीलाई पढाउनु हो र पढाइका लागि उनीहरूले प्रत्यक्ष वा अप्रत्यक्ष शुल्क तिर्छन्। यस्तो सोच परिवर्तन गर्ने जिम्मा हामी शिक्षकहरूकै हो किनभने यस्ता सोचको नकारात्मक प्रभाव विद्यार्थीहरूमा पनि देखिन थालेको छ। यस कारण समाजले पनि शिक्षकहरूलाई समुचित सम्मान र उनीहरूप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्छ।
यस्ता सोचको अर्को कारण हामी स्वयं पनि हौं किनभने हामीले विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र सीमित राख्यौं। अभिभावकसँग हाम्रो सम्बन्धमा दूरी बढ्दै गयो। यसको परिणाम के निस्क्यो भने विद्यार्थीहरूमा व्यावहारिक ज्ञानको कमी भयो। आजको सामाजिक अस्तव्यस्तता यसैको परिणति हो। अर्कोतर्फ शिक्षाको व्यापारीकरण र विदेशी शिक्षाको प्रभावले गर्दा यसको एकमात्र उद्देश्य अर्थोपार्जन हुन पुग्यो जसले गर्दा विद्यार्थीहरूको जीवन निर्माण र राष्ट्र निर्माणका लागि चाहिने तत्त्व शिक्षाबाट अलग हुँदै गयो। आधुनिकताको प्रभाव र पश्चिमी सभ्यताको संस्कारले ग्रसित हाम्रो देशमा कस्तो प्रभाव परिरहेको छ यो हामीसबैको सामु छर्लङग छ। यस कारण शिक्षण जस्तो सम्मानित पेशा अपनाउनुपूर्व वा विद्यार्थीलाई ज्ञान दिनुपूर्व शिक्षकहरूले आफ्नो मूल्याङकन गर्नैपर्छ।
शिक्षाको गुणस्तर सुधार्नुमा शिक्षकको साथसाथै अभिभावकको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। अभिभावकको नियमित अनुगमनले शिक्षक र विद्यार्थी दुवैलाई सतर्क बनाउँछ। अभिभावक र शिक्षकबीच नियमित अन्तक्र्रियाले विद्यालयको प्रशासन मात्र राम्रो हुने होइन, विद्यालय अन्तर्बाहय वातावरण पनि शिक्षाका लागि सकारात्मक बनाउने काम गर्छ। शिक्षक अभिभावकबीच अन्तक्र्रियाले अभिभावकहरूलाई समेत नयाँ विषयको जानकारी गराउने काम र विद्यार्थीहरूप्रति उनीहरूको भूमिकालाई थप ऊर्जा प्रदान गर्छ। यस कारण शिक्षकहरूले अभिभावकसँग सम्पर्क बनाई राख्नुपर्छ। यसका लागि सञ्चारका विभिन्न माध्यमहरूको उपयोग वा अभिभावक शिक्षक सङ्घ सहयोगी र उपयोगी माध्यम हुन सक्छ।
अहिले शिक्षकहरूले विद्यार्थीको मूल्याङकन त गर्छन् तर स्वयं आफ्नो मूल्याङकन गरिराखेका हुँदैनन्। यस्तो अवस्थामा लोकपक्षीय शिक्षानीति बनाएर पनि हुँदैन। शिक्षकहरूको व्यवहार, बोली र विवेकको ठूलो अर्थ हुन्छ। शिक्षकले परिवर्तनलाई उद्घाटित गर्न सकेन भने परिवर्तनको केही अर्थ रहँदैन। शिक्षक परिवर्तनको उत्प्रेरक हो। अर्को अर्थमा शिक्षक भनेको साक्षात् परिवर्तन हो। यस कारण शिक्षकले आफूलाई मूल्याङकनको कठघरामा उभ्याएर आफ्नो भूमिका र दायित्वमाथि निगरानी गर्न सक्नुपर्छ।
नयाँ नेपालको परिकल्पनालाई मूर्त रूप प्रदान गर्न शिक्षकहरूले विद्यार्थीलाई किताबी ज्ञानका साथै आत्मसम्मान, आत्मगौरव र आत्मनिर्णयको क्षमता विकास कसरी गर्ने, विभिन्न विचारहरूको मन्थन गर्ने, अन्तक्र्रिया र संवादलाई महत्त्व दिने, एक अर्काको भूमिकाप्रति सहिष्णु हुने, परिवर्तनका लागि शान्ति एवं अहिंसक माध्यम अपनाउनेजस्ता आधारभूत पक्षहरूबारे पनि ज्ञान दिनुपर्छ। यो कार्य शिक्षकहरूबाट नै सम्भव छ किनभने शिक्षकहरूको पहुँच समाजको माथिल्लो एकाइदेखि तल्लो एकाइसम्म हुन्छ। शिक्षकले यो दल राम्रो वा त्यो दल राम्रो भनेर सिकाउनुहुँदैन तर उसले लोकतान्त्रिक मूल्य र मान्यतालाई प्रत्येक विद्यार्थीको मनमस्तिष्कमा प्रविष्ट गराउन इमान्दार सत्प्रयास गर्नैपर्दछ।
शिक्षकले वर्तमानमा ‘दायित्व’ पक्षबारे जनजनको ध्यान आकर्षित गर्न सक्छ। यसको अर्थ शिक्षकले अध्यापन कार्य छाडेर घरघर गणतन्त्रको चेतना फैलाउन जाने होइन तर आफ्ना विद्यार्थीहरूलाई अधिकार र कर्तव्यबारे सुसूचित गर्यो भने त्यो जङगलमा सल्काएको आगोजस्तै हुन्छ। विद्यालय परिवारभित्र गणतान्त्रिक चेतना प्रस्फुटित र परिपक्व हुँदै गयो भने समाजको सम्पूर्ण अङग गणतान्त्रिक संस्कृतिले स्वत: आप्लावित हुँदै जान्छ। वर्तमान परिवेशमा शिक्षक वर्गले यसतर्फ विशेष ध्यान दिने हो भने अतिशीघ्र आशाजनक परिणाम देखा पर्न थाल्छ किनकि शिक्षकहरू अपेक्षाकृत बढी जागरुक र चिन्तनशील हुन्छन्।
विद्यार्थी शिक्षाको साथसाथै समुन्नत मधेसको परिकल्पनालाई साकार पार्नमा शिक्षकको भूमिका अति नै महत्त्वपूर्ण हुन्छ। मधेसमा परिवर्तनलाई स्थायित्व प्रदान गर्न, लोकको शक्ति बलियो पार्न, मुलुकको सार्वभौमिकता र स्वतन्त्रतालाई अक्षुण्ण राख्न, सामाजिक सद्भाव र मेलजोलको संस्कृतिलाई प्रोत्साहित गर्न– खाँचो छ एउटा चाणक्यको। हामी तपाईंमध्ये जो शिक्षण पेशामा लागेका छौं, एउटा अदना चाणक्यको भूमिका ग्रहण गर्न अभिप्रेरणा राखेका छौं, यस चिन्तन र हाम्रो भूमिकालाई स्पष्ट गर्न ‘जाग शिक्षक जाग’ अनिमात्र शिक्षाप्रतिको दृष्टिकोणमा परिवर्तन र मधेसको परिकल्पनाले मूर्त रूप लिन सक्छ।