-रामकुमार एलन- जनकपुरमा ठेक्कापट्टामा जमिरहेका सञ्जय साह राजनीतिमा सियो बनेर पसे र अहिले फोरमलाई पाँचौ फुटको सँघारमा पुर्याए। उनको राजनीति अहिले नेपाली राजनीतिमा बिकाउको खबर बनेको छ। सबैतिर उनी यसरी छाएका छन् कि उनको राजनीतिक योगदान ओझेलमा पारियो र उनी पार्टी फोर्न बाध्य भए। उसो त मधेसवादी दलहरू फुटको सँघारमा पुगिरहने संस्करणमा एउटा साधारण संस्करण मात्र हो सञ्जय साहको यो प्रकरण। यसले समग्र मधेसको राजनीतिमा कति भ्यागुता जम्मा गर्ला र कुवाँ खनाउला, त्यो रहस्यकै पाटो हो। मधेसका नाममा जति पनि पार्टीहरू भए, तिनले साँच्चै तराईको विकास र नागरिकको हैसियत रूपान्तरणमा कति योगदान दिए त्यसबारे कहिल्यै पनि चर्चा हुन सकेन। केवल पार्टीहरू फुटमा परिरहेको खबरलेमात्र नयाँ चर्चा पाइरह्यो र यो संस्करणलाई निरन्तरता दिइरहेको छ।
मधेसवादी नेताहरूमा बढिरहेको महत्त्वाकाङ्क्षाको ओखति भने अहिले अभाव छ। पक्कै पनि मधेसवादी दलका नेताहरू अथवा मधेसका नेताहरू राजनीतिकरूपमा सत्ता र शक्तिमा रहन यसरी नै आयाराम गयाराम भइरहन्छन्। उनीहरूले हिजो काङ्ग्रेस र एमाले हुँदा सत्ताको जुन स्वाद चाखेका थिए, त्यो स्वादका लागि अहिले पनि उनीहरू मधेसको सर्वहाराको कुरा उठाउन बिर्संदैनन्। अनि सत्तामा पुग्ने भर्याङ त यही नारा हुने गरेको छ। त्यसका लागि एउटा गतिलो मञ्च भने जरुरी पर्छ। अनि उनीहरू सनकका भरमा पार्टीसम्म गठन हुन्छ। यो सनकमा तराईका पिल्सिएका साँच्चैका भूमिपुत्रहरू कति खुशी हुन्छन्, आजसम्म केलाउने काम भएको छैन। तर मधेसमा नाममा राजनीतिक शक्तिको आडमा काठमाडौंमा बसेर बाहुन, क्षत्री र नेवारलाई गाली गर्नका लागि केही मधेसी नेताहरूका लागि यस्ता फोरमहरू बिछट्टै कामयाब सूत्र भएका छन्। उनीहरूले पटक–पटक पार्टी फुटाएर तराईका नाममा आफूलाई राजनीतिमा स्थापित गरिराख्ने काम आपराधिक शैलीमैं भएपनि जारी राखेका छन्।
सभासद्कै पदका लागि रामकुमार यादव ए. माओवादीमा छिरे। सत्ताकै लागि मधेसी जन अधिकार फोरम फुट्यो। उपेन्द्र यादवको फोरममा अहिले पनि फुटको झरना रसाइरहेको छ। त्यो झरना बाढीको रूपमा विस्फारित हुनमात्र बाँकी छ। उसो त तराई–मधेस लोकतान्त्रिक पार्टीभित्रको फुटको खेल पनि बाहिर आएकै छ। फुटको मारमा तराईमा हतियार उठाउने समूह कति भए, भए। अहिले राजनीतिक आवरणमा रहेका केही मधेसवादी दलहरू पनि फुटलाई निरन्तरता दिन सक्रियता देखाएकै छन्। सद्भावना पार्टीजस्तो पवित्र नाम भएको पार्टीबाट यो क्रम सुरु भएको थियो। पदका लागि मधेसी नेताहरूमा हुने पार्टी परिवर्तन र विभाजनको रोगले अहिले केही नेताहरूलाई च्याप्पै समातेको छ। उनीहरूले नारा फरक बनाउन सकेका छैनन्। उही पुरानै नारामा उभिएर पटकपटक राजनीतिक अपराध गर्ने छुट पाइरहेका छन्। यसमा तराईका जनताको नागरिक हुने हैसियत नबनेका कारण र उनीहरूले नै खबरदारी गर्न नसकेका कारण केही तराईका नेताहरू अहिले तराईमा आफ्नो साम्राज्य कायम राख्न पार्टी विभाजन गरिरहेका छन्। मधेसवादी नेताहरूमा यतिखेर मधेसवादी सोचभन्दा व्यक्तिवादी ‘म देश’ भन्ने प्रवृत्ति हावी भएको पाइन्छ। उनीहरूले आफू नै ‘सर्वोपरि’ र आफू नै ‘मधेस’ तथा ‘देश’ ठानेर राजनीतिक आवरणमा आफ्नो शक्ति टिकाउन यसरी पार्टी फोरिरहेको चैं तराईका नागरिकले कहिले बुझ्लान् ? सक्लान् तराईका नेताहरूले यसको जवाफ दिन ? किन पद र शक्तिको मोहका कारण सोझा तराईका नागरिकलाई सधैं मोहरा बनाएर, पदको सम्झौताका लागि ‘आन्दोलन करा देंगे’, काठमाडौं बसी मधेसको खोलमा साम्राज्यवादी बनिरहन्छन् ? उनीहरूले गणतन्त्रको यात्रा यो अवस्थासम्म आइपुग्दा कुन नयाँ तराईवासी नेता जन्माए ? कुन–कुन जिल्लाका दुखियाहरूको झुपडीमा विकास पुर्याए, खोजौं ढिला नगरी।