प्रस, पर्सा, ११ पुस/
पर्सा प्रहरीले विभिन्न खाले अपराधमा संलग्न रहेका आठजनालाई आज सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय, पर्सामा आयोजित पत्रकार सम्मेलनमा पर्सा प्रहरी उपरिक्षक राजेन्द्रमान श्रेष्ठले वीरगंजका व्यापारी लगायतको फोन, मोबाइल नम्बर उपलब्ध गराउने कार्यमा संलग्न सुटरको नामले चिनिने भारतिय नागरिक सोनु यादवलाई पक्राउ गरेको बताए। उनले अभियुक्त यादव वीरगंज आई विभिन्न माध्यमबाट व्यापारीलगायत सरोकारवाला मानिसको फोटो, फोन, मोबाइल नम्बरका साथै दैनिक क्रियाकलापबारे जानकारी हासिल गरी सूचना दिएर अपराध कार्यमा संलग्न रहेको पाइएको दाबी गरेका थिए। पक्राउ परेका यादव भारतको बिहार मोतीहारी जिल्ला निवासी भएको पनि प्रहरीले जानकारी गराएको छ। यसैगरी प्रहरीले भूमिगत समूहको नाममा फोन धम्की दिएर रङगदारी रकम माग गर्ने कार्यमा संलग्न दुईजनालाई पनि पक्राउ गरेको जनाएको छ। एकजनासँग तीन लाख रङगदारी माग गरेको अभियोगमा पर्सा जिल्ला लिपनीबिर्ता–९ बस्ने रामजी राउत कुर्मी र भवानीपुर निवासी वीरेन्द्र राउत कुर्मी रहेको प्रहरीले जानकारी गराएको छ। यसैगरी प्रहरीले वीरगंज रजतजयन्ती चौकस्थित शिखर होटलमा आकृति डान्स एन्ड बारमा अश्लील नृत्य प्रदर्शन गर्ने कार्यमा संलग्न चार भारतीय नर्तकी र बार मैनेजर गुरुप्रकाश सिह गरी पाँचजनालाई पक्राउ गरेको जनाएको छ। प्रहरीले सूचनाका आधारमा उक्त होटलमा छापामारी गर्न जाँदा प्रहरीलाई समेत प्रवेशमा रोक लगाउने कार्य गरेको कारण केही सार्वजनिक अपराधको मुद्दा लगाइएको जानकारी गराएको थियो।