मधेसी जन अधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले तीन ठूला दलले संविधान नल्याउन कसम खाएको बताएका छन्। मधेसी शिक्षक फोरम नेपालको प्रथम वार्षिक केन्द्रीय सभाको आज वीरगंजमा उद्घाटन गर्दै अध्यक्ष यादवले तीन दल सङ्घीयताविरोधी भएको आरोप पनि लगाए।
उनले संविधान बनाउन स्वायत्त मधेस प्रदेशसहितको सङ्घीयता दिनुपर्छ भनेर तीन ठूला दलले संविधान नै नबनाउने कसम खाएको बताए। अध्यक्ष यादवले तीन ठूला दलले १४ राज्यको अवधारणा अगाडि सार्नु नै सङ्घीयता हुन नदिने कुटिल चाल भएको बताएका थिए। उनले माओवादीको नियत जनसेना समायोजन गर्ने नरहेको पनि बताए।
“माओवादी बन्दुक गए अस्तित्व खतरामा पर्ने ठानेर समायोजनको पक्षमा नरहेको हो”–अध्यक्ष यादवले भने।उनले शिक्षामा आमूल परिवर्तन गरिनपर्ने तर्क राखेका थिए। “स्तरीय शिक्षाको लागि शिक्षा नीति बदल्नुपर्छ।”–यादवले भने। उनले बहुदल पछि शिक्षाको स्तर खस्केको, शिक्षा माफियाकरण भएको दोषारोपण गरेका थिए। शिक्षा स्तरीय भएमात्र व्यक्ति, समाज र राष्ट्रको समृद्धि र विकास सम्भव हुने उनले बताए।
उद्घाटन सत्रमा पूर्व शिक्षामन्त्री रेणु यादवले स्रोत साधन भएरमात्र शिक्षामा परिवर्तन सम्भव नहुने तर्क दिंदै शैक्षिक गुणस्तरीयताको लागि इमान्दारिता आवश्यक रहेको बताइन्।
मधेसी शिक्षक फोरम नेपालका अध्यक्ष विश्वनाथ पटेलको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा फोरमका महासचिव रामसहाय यादव केन्द्रीय सदस्य लालबाबू राउत, उमेशलाल दास, सभासद् आत्माराम साह, जिल्ला अध्यक्ष शशिकपुर मियाँ र मौलाना नुरूलहोदाले मन्तव्य व्यक्त गरेका थिए।
मधेसी शिक्षक फोरम नेपालको केन्द्रीय सभा भोलि शुक्रवारसम्म सञ्चालन हुने बताइएको छ।