जीतलाल श्रेष्ठ / निजगढ
खोलाभरि पानी छ, पिउन भने सकिन्न– यो भनाइ हो बाराको उत्तरीभेग स्थित रतनपुरी, भरतगंज सिगौलका गाउँलेहरूको। बर्सौंदेखि पिउने पानीका लागि चुरे पहाडको फेदलगायत आसपासका क्षेत्रमा रहेका जरुवा, मूल खोज्नु उनीहरूका लागि दैनिकी बनेको छ। पानी खोज्दै बिहानी बित्छ, भेल–बाढी आएको बेला मूल पनि भेटिंदैन पानी खोज्दाखोज्दै कहिले त झमक्क साँझ पर्छ– रतनपुरी–६ भक्तलालकी उर्मिला लामा भन्छिन्। उनीहरू घरदेखि करिब एक डेढ कोस टाढा चुरेको फेदमा खानेपानी लिन टाउकामा नाम्लो, पिठ्युँमा गाग्री, हातमा बाल्टिन, जर्कीन लिएर जाने गरेका छन्। भाँडामा अट्ने भए खाँदेरपनि ल्याउथें तर खाँदिदैन पानी– सोही ठाउँकी मनमाया स्याङतानले भनिन्।
रामथलीका बासिन्दाले पनि पर्याप्त पिउने पानी पाएका छैनन्। लगभग २ सय घरधुरी बस्तीको बीचमा एउटा मात्र पानीको इनार छ। पालो पर्खनुपर्ने बाध्यता उस्तै छ, बिहान सबेरै उठी गाग्री, बाल्टिन, जर्कीन लिई इनार नगए पालो कुर्दाकुर्दै बिहान बित्छ –सुन्तली लामा भन्छिन्। चुरे पहाडको काख नजिकै रहेका स्थानहरूमा मूल, जरुवामा पानी रहेपनि वर्षा याममा धमिलो हुने र खडेरीमा पानी सुक्ने, नपुग्ने भएपछि पिउने पानीको अभावमा गाउँबस्तीमा सार्है नै हाहाकार मच्चिने स्थानीय युवा समाजसेवी, सोनम लामाले बताए। गाउँबस्तीको बीचमा रहेको एउटा मात्र इनारबाट पानी तान्दातान्दा तलको गेगर, ढुङगा, बालुवा छर्लङग देखिन्छ गर्मी याममा। त्यस्तो बेला एक छाक खाना दिन सक्छन् तर पिउने पानी दिंदैनन्–अर्का युवक अवतार लामाले भने।
“मानिसलाई नभई नहुने गाँस, बास, कपासमध्ये पनि पिउने पानीबाटै वञ्चित हुनु पर्दाको पीडा सार्है नमीठो हुन्छ”– स्थानीय वृद्ध समाजसेवी ज्ञानबहादुर दोङ मन अमिलो पार्दै भन्छन्। विद्यालयमा पढ्न आउने विद्यार्थीहरूले समेत पेटभरि पानी खान पाउँदैनन् गर्मी याममा। त्यसैगरी सोही गाविस बुङजोरका गाउँले पिउने पानीको अभावबाट ग्रसित छन्। वर्षामा पिउने पानीको अभावमा खोला, कुलोको पानी पिउन बाध्य छन्। जसका कारण झाडापखाला, जरो, रुघाखोकी जस्ता सरुवा रोगहरूबाट बर्सेनि बस्तीका अधिकांश मानिसहरू बिरामी पर्ने गरेको प्राथमिक स्वास्थ्य केन्द्र, निजगढका स्वास्थ्यकर्मी लीलाबहादुर लामा बताउँछन्। स्वास्थयकर्मी लामा भन्छन्– “स्वच्छ पिउने पानीको अभावमा झाडा पखाला, जरोलगायत अन्य सरुवा बिरामीले बस्ती नै थलिएपछि जिल्लाबाट स्वास्थ्यकर्मीको टोली आई ५/७ दिनसम्म स्वास्थ्य शिविर राखी चउरमा उपचार गर्नुपर्ने अवस्था आएको बताए। जिल्लाकै उत्तरीभेग मकवानपुर र रौतहटसँग सीमा जोडिएको भरतगंज सिगौलका अधिकांश गाँउले पनि स्वच्छ पिउने पानीबाट वञ्चित छन्।
चैत वैशाखको कुरै छाडौं, जाडो याममा पनि मुहान थोरै भत्कियो भनेपनि एक दुई हप्तासम्म गाउँबस्तीमा खानेपानीको अभाव हुने गरेको स्थानीय ओम भण्डारी बताउँछन्। चुरे पहाड फेद आसपासमा रहेका अमलेखगंज गाविसका चकरी, मकरी, नयाँबस्तीका बासिन्दापनि बर्सौंदेखि पर्याप्त खानेपानीबाट वञ्चित छन्। खेतीबालीमा चुरेबाट मूल फुटेका र खोलाबाट पानी ल्याई सिंचाइ गर्न सकिएपनि पिउने पानीको भने समस्या रहँदै आएको स्थानीय हर्कबहादुर लामाले बताए। चुरे आसपासमा रहेका पानीको मुहानपनि केही वर्ष यतादेखि सुक्दै गएको रैथाने बासिन्दा बताउँछन्। चुरे पहाड फेद आसपासमा रहेका रतनपुरी, अमलेखगंज, भरतगंज सिगौल गाविसका करिब ३५ हजार मानिस बर्सौंदेखि पिउने पानीको समस्या भोग्दै आएका छन्। क्रसर उद्योग, वनजङगल विनाश, वायु प्रदूषणलगायत विभिन्न कारणले पानीका मूल, मुहानहरू सुक्ने क्रम बढिरहेको जानकारहरू बताउँछन्। केही वर्षअघि चुरे पहाड, वनजङगल, खोलानाला आसपासमा सञ्चालित क्रसर उद्योगबाट प्राकृतिक ढुङगा उत्खनन, इँटा भट्टाबाट वनजङगल विनाश, वायु प्रदूषण हुने गरेपछि विगतका तुलनामा पानीको स्रोत सुक्दै, हराउँदै गएको स्थानीय बुढापाकाहरूको ठम्याइ छ।