$type=ticker$count=12$cols=4$cate=0

वीरगंजमा बढ्दो यौन व्यवसाय र यौनकर्मीहरू

SHARE:

शत्रुघ्न नेपाल / वीरगंज
    वीरगंज शहरमा यौनकर्मीहरूको सङ्ख्या वृद्धि भइरहेको छ। कटेज रेस्टुराहरूमा कार्यरत नेपाली महिला कामदारहरूमध्ये बहुसङ्ख्यक यौन व्यवसायमा संलग्न रहेको पछिल्लो तथ्याङकले पुष्टि भएपनि अहिले आएर यस व्यवसायमा भारतीय महिलाहरूको समेत उल्लेख्य सहभागिता देखिंदै छ। भर्खरमात्र वीरगंज रजतजयन्ती चोक स्थित एक रेस्टुराबाट पर्सा प्रहरीले पक्राउ गरेको सबै चार महिलाहरू भारतीय थिए। वीरगंज भन्सार क्षेत्रमा यौन व्यवसायमा भारतीय महिलाहरूको संलग्नता रहेको कुरा यस अघिपनि चर्चामा नआएको होइन। सो क्षेत्रमा भारत रक्सौल, बेतिया, मोतिहारी र मुज्जफरपुरका महिलाहरू निर्वाधरूपमा यौनकर्मीको रूपमा आफ्नो व्यवसाय सञ्चालन गर्दै आइरहेका छन्।
    अहिले यो जमातले वीरगंजको प्राय:जसो ठाउँमा आफ्नो उपस्थिति बढाएको छ। वीरगंज पावरहाउस चोकमा भारतीय यौनकर्मी महिलाहरूको बढ्दो सहभागिता सहजै देख्न सकिन्छ। वीरगंजमा डेढ दशकअगाडि कटेज रेस्टुरा स्थापना नहुँदा नगण्यरूपमा रहेको यौन व्यवसाय यता आएर कटेज रेस्टुराको वृद्धिसँगै अप्रत्याशितरूपमा बढेको हो। कटेज रेस्टुराको वृद्धिपछि फैलिएको यौन व्यवसायलाई निरुत्साहित गर्नका लागि नागरिक समाज, प्रहरी प्रशासन बेला बखत नतात्ने गरेको पनि होइन। तर उनीहरू तात्ने र सेलाउने ठेकान नहुँदा यौन व्यवसाय वृद्धि हुने क्रम डेढ दशकको अवधिमा जारी छ।
    पर्सा प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठ प्रहरीले नियन्त्रणका लागि सक्दो प्रयास गरेको बताउँछन्। उनी भन्छन् –“प्रहरी यौन व्यवसाय वृद्धि हुन नदिनका लागि प्रयत्नशील छ। नागरिक समाज जबसम्म जागरुक र सचेत हुँदैन, यो नियन्त्रण हुन्छ, निर्मूल हुन सक्दैन।”
    प्रहरी उपरीक्षक श्रेष्ठले यौन व्यवसायमा संलग्नहरूलाई प्रहरीले पक्राउ गरी सार्वजनिक अपराध मुद्दा चलाउँदै आएको बताउँछन्। यौन व्यवसायमा उल्लेख्य वृद्धि नभएको उनको दाबी छ। तर भारतीय यौनकर्मी महिलाहरूको प्रवेशलाई उनी अस्वीकार गर्दैनन्। बितेका दिनमा भारतीय यौनकर्मी महिलाहरूको गिरफ्तारीले सहरमा उनीहरूको प्रवेश भएको कुरालाई प्रउ श्रेष्ठ स्विकार्छन्।
    प्रहरी उपरीक्षक श्रेष्ठले यौन व्यवसायमा वृद्धि भएको कुरा स्वीकार नगरेपनि वीरगंज शहरमा यौन व्यवसायमा वृद्धि भएको यहाँ कार्यरत एनजीओको तथ्याङकबाट पुष्टि हुन्छ। वीरगंजमा यौनकर्मीहरूको लागि कार्यरत न्ध्ए पछि अहिले यो क्षेत्रमा काम गरिरहेको विजामले ६५० जना यौनकर्मीहरू आफ्नो निगरानीमा रहेको बताएको छ। यो सङ्ख्यामा न्ध्ए ले विजामलाई सुम्पेर गएपछिको सङ्ख्यामा वृद्धि भएको हो। अहिले वीरगंजमा विजामको सम्पर्कमा रहेका यौनकर्मीहरूमध्ये गृहिणी २५, भट्टीमा कार्यरत १२०, रेस्टुरामा कार्यरत ५५, लजमा कार्यरत ५५, भारतीय महिला ११७ र पर्साबाहिरका जिल्लाबाट यौन व्यवासाय गर्न आउनेको सङ्ख्या २२८ रहेको छ। यीमध्ये ८ जना एचआइभी/एड्स सङ्क्रमित छन्। त्यस्तै यस्ता यौनकमीहरू यौनजन्य रोगबाट पनि ग्रसित छन्। विजामले यस्ता व्यवसायमा लागेकाहरूलाई यौन रोग र एचआइभी/एड्सबारे सचेत गराउनुको साथै सो रोगको पहिचान गर्न जाँच आदि पनि गर्ने गरेको छ। वीरगंजमा यौनजन्य व्यवसायमा लागेका महिलाहरूले दिनभरिमा झन्डै पाँचभन्दा बढी ग्राहकलाई सेवा दिंदै आएका छन्। विजामकै तथ्याङकअनुसार वीरगंजमा कार्यरत यौन व्यवसायीहरूमा मासिक २० हजार कण्डम खपत छ। विजामले दिएको तथ्याङक अनुसार यो सङ्ख्यामा यौनकर्मीहरू रहेको देखिएपनि यो भन्दा बढी सङ्ख्यामा वीरगंजमा यौनकर्मीहरू आफ्नो व्यवसाय गरिरहेको लाई विजामपनि अस्वीकार गर्दैन। हाम्रो सम्पर्कमा आएको तथ्याङक हो यो– विजाम भन्छ। वीरगंजमा एउटा तहमा हुने यौन व्यवसायसम्म आफ्नो पहुँच पुगिनसकेको विजामको कथन छ। त्यो तह हो उच्च वर्ग। वीरगंजका तारे होटल र अन्यत्र हुने यौन क्रियाकलापमा उच्च वर्गको संलग्नता रहने गरेको छ। राजधानी र देशका प्रमुख शहरहरूबाट पनि यौनकर्मीहरू आउने गरेका छन्।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : वीरगंजमा बढ्दो यौन व्यवसाय र यौनकर्मीहरू
वीरगंजमा बढ्दो यौन व्यवसाय र यौनकर्मीहरू
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiaLoIZikunPWDnsa0kIpOZMKGGxhhyMq8GpkMfn8-qMctyBL9jqiheLrmEEIdu0qPU2mus5FcwPK_KiUL8JFAB8Iu4ajAqIW4yenn_1CbuNnzLBhEya9W3DoRgpVnyQ2_f8hiuchedXR6H/s400/callgirls.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiaLoIZikunPWDnsa0kIpOZMKGGxhhyMq8GpkMfn8-qMctyBL9jqiheLrmEEIdu0qPU2mus5FcwPK_KiUL8JFAB8Iu4ajAqIW4yenn_1CbuNnzLBhEya9W3DoRgpVnyQ2_f8hiuchedXR6H/s72-c/callgirls.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2010/12/blog-post_4553.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2010/12/blog-post_4553.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy