प्रस, रौतहट, १२ पुस/
जनतान्त्रिक ज्वाला समूहका रौतहट संयोजकसहित दुईजना आइतवार राति सुरक्षा कारबाईमा मारिएका छन्।
घटनास्थलबाट प्रहरीले दुई थान भारत निर्मित पेस्तोल र दस राउन्ड गोली बरामद गरेको छ। घटनापछि प्रहरीले बिहानसम्म घटनास्थल वरपरका गाउँमा सर्च गरेको छ।
रौतहटको धरमपुर गाविसको सिङगारमन घाटमा राति साढे १० बजे गस्तीमा रहेको सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि भएको भिडन्तमा ज्वाला समूहका संयोजक सुरेन्द्रबिन मुखिया (कमल) बिन तथा सेक्रेटरी हरिश्चन्द्र सहनी (उमेश) मारिएको प्रहरी उपरीक्षक पीताम्बर अधिकारीले जानकारी दिए। गस्तीमा रहेको सुरक्षाकर्मीमाथि गोली प्रहार गरेपछि दोहोरो भिडन्त भएको थियो। घटनामा एक प्रहरी जवान सामान्य घाइते भएका छन्।
दर्जनौ सङ्ख्यामा रहेका ज्वालाका कार्यकर्ता भिडन्तपछि भागेको प्रहरीले जनाएको छ। घटनास्थलबाट प्रहरीले दुई थान भारतमा निर्मित पेस्तोल र दस राउन्ड गोली बरामद गरेको छ। घटनास्थलमा राति नै प्रहरी उपरीक्षक पीताम्बर अधिकारीसहित सशस्त्र प्रहरीसमेतको टोली पुगी वरपरका इलाकामा सर्च गरेको थियो।