-रामकुमार एलन एकीकृत नेकपा माओवादीले फेरि पनि धोका महसुस गरेको छ। उसले स्थायी समितिको बैठकमा यही ठहरमात्र गरेन, कामचलाउ सरकारकै आयु लम्बिने र मुलुक अरू द्वन्द्वमा धकेल्ने दोषपनि सरकारलाई दियो। यो प्रकरणपछि फेरि दलहरूबीचको ध्रुवीकरण, शक्ति समीकरणमा विभाजित भएको छ र यसले राजनीतिक निकास र शान्ति तथा समृद्धिको बाटो थुनिएको छ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले त पार्टीभित्र माओवादी विचार बोकेका एमाले अनुहारका कारण किचलो बढेको भनेर आफ्नै पार्टीभित्र आरिस बढेको बताए। अनि काङ्ग्रेसका नेताहरू आफ्ना १६ पटक हारेका उम्मेदवारको प्रस्ताव देखाएर नकच्चरो पाराले आफू हारेको रिस माओवादीसँग फेरिरहेको प्रस्ट देखिन्छ। यो प्रकरण लम्बिइरहँदा नेकपा एमाले र काङ्ग्रेसका एकाथरि अहिले माओवादीका देव गुरुङलेजस्तै संविधान निर्धारित समयमा नबन्ने ठोकुवा गरिरहेका छन्। काङ्ग्रेसका युवा नेता तथा सभासद् गगन थापाले झापाको दमकका यही भने। उनले भनेजस्तै हो भने सत्ताको फोहोरी खेलमा राजनीतिक दलहरू चुर्लुम्म डुबिरहँदा माओवादीले एक वर्षसम्म २३ दललाई दिएको चुनौती र आन्दोलनलाई, राजीनामा दिएको सरकारले लोप्पा ख्वाउने अवसर पाएको छ।
सरकारमा सत्तास्वाद लिनेहरूको जगजगी छ। साना पार्टीहरूले पनि मन्त्री पाएका छन्। उनीहरूले पाइरहेको सुविधा सजिलै त्याग्ने अवस्था छैन। अर्कातिर माओवादीले ल्याएको विशेष अधिवेशनको प्रस्ताव पनि फिर्ता लिन लगाएर उसलाई फेरि ‘बाठो लड्छ तीन बल्ड्याङ’को शिकार बनाइएको छ। उसले राष्ट्रपति गुहार्दा पनि केही नलाग्ने भएको छ। सरकार बनेको तीन सातामा फूमन्तर गरेर ढाल्ने माओवादी दम्भ चूर भएको छ। वर्षभरि पौने दर्जन नागरिकको शहादत गराएर आन्दोलनको रापमा सेकिएको सरकारले मजैले माओवादीलाई मुसालाईझैं खेलाएको छ। उसो त सरकारको नेतृत्व गर्न सबै पार्टीभित्र मुसादौड चलेको कारण पनि कामचलाउ सरकारको आयु लम्बिएको छ। माओवादीको बर्सौंदेखिको उधारो सहमति र आन्दोलनको घुर्कीले राम्रै काम गरेको छ। यो घुर्की, धम्कीलाई मजाले बढार्ने खरेटो भने कामचलाउ सरकारले आफ्नो राजीनामा बनाएको छ। राजीनामा दिएको तीन दिनमैं सहमति हुन्छ भनेर सुगारटान दिनेहरूको बोली पनि अहिले नराम्ररी पराजित भएको छ।
फेरि पनि विशेष अधिवेशन बोलाउने सहमतिको ढोका बन्द भएको छ। लडाकू समायोजन या पुनस्र्थापनाको प्याकेज रङगरोगन हेरेर रोज्ने रहर गरिरहेका छन्। अनि नेताहरू अध्यक्ष निवासमा बसेर नागरिकको निराशालाई पाखा लगाएर आफ्नै निराशा प्रकट गरिरहेका छन्। न गतिलो आन्दोलन गर्न सकिरहेका छन्, न सहमति गर्न सकिरहेका छन्। सहमति तीन दिनमैं तुहिने गरेको छ। उधारो सहमतिमा राजनीतिक छवि नै गिराएर माओवादीले आफूलाई आन्दोलन र सहमतिको दोबाटोमा छाडेको मात्र छैन, अरू दलहरू भन्दा फरक नभएको प्रस्ट पारेको छ । अनि अन्य दलहरूले पनि राजनीतिक प्रतिशोध साधेर मुलुकको विकासको चक्रलाई रोक्ने धृष्टता गरेका छन् । उनीहरूले थपेको म्यादको अब केही महिना बाँकी हुँदा मातृका यादवहरूले पनि जिस्क्याउने अवसर पाएका छन् । राजावादी र परम्परावादी शक्तिहरूलाई माथि उठ्ने अवसर बनिरहेको छ । यतिमात्र होइन, राजनीतिक सहमति बठ्याइँ र बदमाशी अनि अर्घेल्याइँमा हुर्किरहेको छ । राजनीति आवेग र आक्रोश पोख्ने साधनमात्र भएको छ । यसले संस्कार नै बसाउने खतरा बढेर गएको छ । राजनीतिक संस्कारभित्र शान्ति, समृद्धि, संविधान, सहमति, नागरिकमा उत्साह र संवेग नै बिर्साउने प्रयास गरेका छन्, नेताहरूले । यतिखेरको राजनीतिक अर्घेल्याइँले तत्कालका लागि अधिवेशन बस्न ढिलाइ भए पनि यसले पार्ने दीर्घकालीन असर र राजनीतिक दलहरू कमजोर बनाउने प्रकरणको दलहरूले कहिले आलोचना र समीक्षा गर्लान् ? चिन्ता यही हो कि उनीहरू राजनीतिक प्रतिशोधको घट्टमा प्रतिपक्षलाई पिसेको महसुस गरिरहेका छन् । तर यथार्थमा नागरिकहरू चैं सबै सूचकहरूमा थिल्थिलो भएर, उठ्न र बाँच्ने जीविकासम्म नभएर आत्महत्या गर्नुपर्ने बाटोमा पुगेका छन् । कहिले सकिएला यो अर्घेल्याइँ र उधारो सहमति अनि सत्तामा पुग्न मुसादौडमा सरिक हुने प्रवृत्ति ?