-जीतलाल श्रेष्ठ/बारा विगतका वर्षहरूभन्दा केही वर्षयता प्राकृतिक चुरे पहाडमा पहिरो जाने क्रम बढ्दै गएको छ। चुरे पहाडमा बसोवास गरिरहेका अधिकांश घरधुरी माओवादी द्वन्द्वकालताका समथल जमीन चुरे नजिकैको बाराको उत्तरीभेग अमलेखगंज, रतनपुरी, भरतगंज सिगौल लगायत राष्ट्रिय वनजङगल फडानी गरी सयौं घरधुरी बस्ती बसेपछि र कानुन विपरीत क्रसर उद्योग सञ्चालन गरिएपछि चुरे पहाडमा पहिरो जाने क्रम बढेको हो। चुरे पहाडका विभिन्न स्थानमा बसोबास गरेका बस्तीका मानिसहरूले खेतीपातीका लागि चुरेमा उम्रिएका झारपात, बनमारालगायत प्राकृतिक बुट्यानहरू मास्दै, बोटबिरुवा, रूखलाई नास्दै खेतबारी बनाउँदै लगेपछि र चुरे नजिकै रहेका खोलानाला वरिपरि क्रसर उद्योग सञ्चालन गर्दै चुरे पहाड नजिकैको खोलानालाका फेदबाट कानुनविपरीत ठूलो परिमाणमा ढुङगा उत्खन्न गरेपछि प्राकृतिक सतह भासिन गई चुरेमा पहिरो जाने क्रममा बढोत्तरी भएको हो। कुनै न कुनै रूपमा चुरे तथा वनजङगलमाथि बारम्बार आक्रमण भइरहेको छ चाहे बस्ती, चाहे क्रसर उद्योगका नाममा, चाहे राजनैतिक भोट बैंक बनाउने नाउँमा होस्– स्थानीय सचेत नागरिकको यही आरोप रहेको छ।
यसरी चुरे पहाडमैं बसोवास गर्ने मानिस र त्यही स्थानका घरधुरीहरू माओवादी द्वन्द्वकालमा स्थानीय माओवादी नेता कार्यकर्ताहरूले खोरिया फाड्न हौंस्याएपछि वनजङगल नासिनुका साथै चुरे पहाड सङकटमा परेको हो। पानी ढल भन्दै फेदसम्मको जमिनलाई सरकारले मकवानपुर जिल्लामा गाभेपछि फाइदा मकवानपुरलाई बेफाइदा र असर भने, बाराका ग्रामीण बस्तीलाई भनी रतनपुरीका स्थानीय युवा समाजसेवी सोनाम सिं गोले बताउँछन्। उनका अनुसार चुरेमा बसोवास गरिरहेका मानिसहरूले चुरेको भिरालो जमीनमा खेतीबाली लगाउँदै गरेपछि सामुदायिक वन र तस्करहरूले त्यहाँ रहेका रूख बिरुवा मासेपछि पहिरो, भूक्षय, खेतीयोग्य जमीन कटानको पीडा बाराका चुरे फेदसँगै जोडिएका गाविसहरूलाई पर्ने गरेको गोलेले बताए। रोकथामबारे कुनै प्रभावकारी कार्यक्रमसमेत सञ्चालन नगरेको पीडित स्थानीय बासिन्दा बताउँछन्। कानुनविपरीत क्रसर उद्योग सञ्चालनले स्थानीय बासिन्दाको दर्जनौं बिघा खेतीयोग्य जमिन नदी कटानको चपेटामा परेको रतनपुरी–४ रामथलीका ज्ञानबहादुर दोङले बताए। गत असार, साउनमा आएको खहरे खोलाले कटान गर्दा आफूलगायत आधा दर्जन गाउँलेहरूको करिब ७ बिघाभन्दा बढी खेतीयोग्य जमीन काटन भएको दोङले बताए।
त्यसैगरी अमलेखगंजका किसानहरूको समेत २५ औं बिघा खेतीयोग्य जमीन खोलाले कटान गरेको अमलेखगंज नयाँ बस्तीका रामबहादुर भुलनले बताए।
प्राकृतिक चुरे पहाड नजिकैका खोलानालाबाट प्राकृतिक स्रोत उत्खनन तथा वनजङगल उजाडिंदै गएपछि प्राकृतिक असन्तुलन भई वर्षासमेत समयमा हुन नसकेको विज्ञहरू बताउँछन्।