Posts

Showing posts from December, 2010

तीन ठूला दल सङ्घीयता नदिने पक्षमा

Image
मधेसी जन अधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले तीन ठूला दलले संविधान नल्याउन कसम खाएको बताएका छन्। मधेसी शिक्षक फोरम नेपालको प्रथम वार्षिक केन्द्रीय सभाको आज वीरगंजमा उद्घाटन गर्दै अध्यक्ष यादवले तीन दल सङ्घीयताविरोधी भएको आरोप पनि लगाए।     उनले संविधान बनाउन स्वायत्त मधेस प्रदेशसहितको सङ्घीयता दिनुपर्छ भनेर तीन ठूला दलले संविधान नै नबनाउने कसम खाएको बताए। अध्यक्ष यादवले तीन ठूला दलले १४ राज्यको अवधारणा अगाडि सार्नु नै सङ्घीयता हुन नदिने कुटिल चाल भएको बताएका थिए। उनले माओवादीको नियत जनसेना समायोजन गर्ने नरहेको पनि बताए।     “माओवादी बन्दुक गए अस्तित्व खतरामा पर्ने ठानेर समायोजनको पक्षमा नरहेको हो”–अध्यक्ष यादवले भने।उनले शिक्षामा आमूल परिवर्तन गरिनपर्ने तर्क राखेका थिए। “स्तरीय शिक्षाको लागि शिक्षा नीति बदल्नुपर्छ।”–यादवले भने। उनले बहुदल पछि शिक्षाको स्तर खस्केको, शिक्षा माफियाकरण भएको दोषारोपण गरेका थिए। शिक्षा स्तरीय भएमात्र व्यक्ति, समाज र राष्ट्रको समृद्धि र विकास सम्भव हुने उनले बताए।     उद्घाटन सत्रमा पूर्व शिक्षामन्त्री रेणु यादवले स्रोत साधन भएरमात्र शिक्षामा परिवर्तन सम

विजयी खेलाडीहरूको स्वागत

Image
प्रस, जीतपुर, १५ पुस/ प्रथम नारायणी अञ्चल स्तरीय सितोरियो कराँते तथा काता प्रतियोगितामा सहभागी भएका नेपाल सितोरियो कराँते डोजो शाखा जीतपुरका विजयी खेलाडीहरूलाई सो डोजोका प्रशिक्षक तथा टिम म्यानेजर मनोज साह तथा स्थानीय खेलप्रेमी सन्तोषकुमार साह लगायतले एक समारोहबीच आज जीतपुरमा स्वागत गरेको समाचार छ। सो प्रतियोगितामा ३० किलो तौलमा राजु साह, ३५ किलोमा श्याम कुशवाहा, ४५ किलोमा परवेज पासवान प्रथम भएका थिए भने बाराका सहभागीहरूले प्रथम शिल्डसहित १० वटा मेडल प्राप्त गरेको समाचारमा जनाइएको छ। प्रतियोगितामा सहभागी टिमका विनोदप्रसाद साह, श्रीराम साहको प्रशंसनीय योगदान रहेको समाचारमा जनाइएको छ।

गरिबी र अर्थ व्यवस्था १० सर्वोच्य राष्ट्र

-विश्वराज अधिकारी     सर्वोच्य  राष्ट्र (supranational) वा महाराष्ट्रको अवधारणा नौलो होइन। यो अवधारणाको विकास धेरै पहिलेदेखि भए तापनि चर्चामा भने सन् १९५० पछि आएको पाइन्छ। प्रथम एवं दोस्रो विश्वयुद्धबाट थाकेको युरोपका केही राष्ट्रहरूले के महसुस गरे भने राष्ट्रको विकास छिमेकी राष्ट्रहरूसँगको कटुतापूर्ण सम्बन्धले होइन बरु मिलेर, असल सम्बन्धद्वारा गर्न सकिन्छ। यसै तथ्यलाई हृदयङगम गरी फ्रान्सका तत्कालीन विदेशमन्त्री रोबर्ट सुमाको सक्रियतामा ‘युरोपियन कोल एन्ड स्टील कम्युनिटी’ को स्थापना भयो। रोबर्ट सुमाले सर्वप्रथम त्यस्तो कम्युनिटीको स्थापना गर्न सन् १९५० मे ९ मा प्रस्ताव गरेका थिए। उनको त्यो प्रस्ताव खासगरी जर्मनी र फ्रान्सबीच सम्भावित युद्ध रोक्न र युरोपलाई मित्रताको मालामा उन्नका लागि थियो। युरोपियन कोल एन्ड स्टील कम्युनिटीलाई, जसले पछि युरोपियन युनियनको रूप धारण गर्‍यो, विश्वको पहिलो र एक मात्र सर्वोच्य राष्ट्रको रूपमा लिने गरिन्छ।     सर्वोच्य राष्ट्रको स्थापनामा रोबर्ट सुमाको योगदानलाई अति नै महत्त्वपूर्ण मानिन्छ। सर्वोच्य राष्ट्र निर्माण गर्ने  सुमाको प्रस्तावलाई ‘सुमा घोषणा’ (Sc

आर्थिक समृद्धिका लागि सरकारी, निजी र सहकारीसहितको आर्थिक नीति

-शीतलप्रसाद महतो -     यतिखेर मुलुक संविधानसभा मार्फत् नयाँ संविधान निर्माणतर्फ उन्मुख छ। जसबाट समृद्ध, समावेशी र लोकतान्त्रिक नयाँ नेपालको निर्माण हुने अपेक्षा राखिएको छ। तर यो सुन्दर परिकल्पना साकार पार्नका लागि संविधानसभामार्फत् उपयुक्त आर्थिक नीति अबलम्वन हुनु आवश्यक छ। किनभने उपयुक्त र आत्मनिर्भरमुखी आर्थिक नीति अवलम्बन गर्न सकियो भनेमात्र त्यसले नेपालको आर्थिक क्रान्तिको ढोका खोल्न सकिन्छ। मुलुकमा आर्थिक समृद्धि कसरी हासिल गर्न सकिने विषयमा संविधानसभामामा भएको व्यापक बहस र छलफलपश्चात् प्रमुख राजनीतिक दलहरूले सरकारी, निजी र सहकारी क्षेत्रको प्रयत्न, सहभागिता र समन्वयबाट नेपाली अर्थतन्त्रलाई विकसित गर्दै लैजाने तीन खम्बे अर्थनीति अघि सारेका छन्।     वास्तवमा कुनै पनि मुलुकको आर्थिक नीति समाज विकासको सापेक्षतामा निर्मित हुन्छ। नेपाली समाज अहिले सामन्तवादको अन्त्य भएर पूूँजीवाद हुँदै समाजवादतर्फ उन्मुख भइरहेको छ। साँच्चिकै भन्ने हो भने नेपाली अर्थतन्त्र अहिले निर्वाहमुखी प्रकारको छ। यस्तो अवस्थामा आन्तरिक अर्थतन्त्रका सबै पक्ष विस्तार होइन, सङ्कुचनतर्फ गइरहेका हुन्छन् तर धन्न रेमिट

स्थानीय विकासमा सरकारी उदासीनता सङ्घीयताको उपेक्षा

-वीरेन्द्रप्रसाद यादव-     मुलुकमा चार हजार गाविस रहेकोमा देशको समग्र विकास निम्ति गाविसहरूको विकास अपरिहार्य छ। ग्रामीण विकास तब मात्र हुन्छ जब गाउँहरूको विकास प्रभावकारी हुन्छ। गाविसमा राज्यद्वारा विनियोजित बजेट अनुसार विकास गर्न दक्ष र योग्य व्यवस्थापक तथा जनशक्ति हुनैपर्छ। सङ्घीयताको मूल मर्म  भनेकै स्थानीय स्तरको विकासमा स्थानीय स्तरमा दक्ष जनशक्ति तयार गरी अधिकार प्रत्यायोजित गर्नु हो। बजेट मात्र विनियोजित गरेर अलपत्र छाड्नुहुँदैन। मुलुक सङ्घीयतामा जाने निधो भएदेखि स्थानीय विकास ओझेलमा परेको छ। बजेट हरेक वर्ष बढेपनि बजेट कार्यान्वयन गर्न दक्ष व्यवस्थापकको अभाव छ। प्रतिनिधिविहीन गाविसहरूको विकासको जिम्मा खरिदार स्तरका सचिवहरूमाथि छाडिएको छ। आठ सय सचिवको पद रिक्त रहेकोले कुनै–कुनै सचिवलाई तीनचार गाविसको जिम्मेवारी त छँदैछ, गाविस अध्यक्षको जिम्मेवारी पनि वहन गर्नुपरेको छ। अध्यक्षको जिम्मेवारी पाएदेखि चन्दा आतङकले जीउधनको असुरक्षा बढेको छ, कार्यबोझ पनि बढेको छ। गाउँमा बस्ने वातावरण छैन परिवारसमेतलाई लुकाएर बस्नुपर्ने बाध्यता छ। लुकेर बस्ने स्थानीय कार्यालय प्रमुखबाट विकास कार्य मात्र

बोकाको टाउको, कुकुरको मासु र ६०१ सभासद्

-नारायण क्षेत्री-     मुखमा रामराम बगलीमा छुरा भनेझैं अथवा हात्तीको देखाउने र चपाउने दाँत अलग–अलग भएझैं अति क्रान्तिकारी वा उग्रवामपन्थीको हेराइमा संसद् भनेको बोकाको टाउको झुड्याएर कुकुरको मासु बेच्ने ठाउँ हो। नेपालमा माओवादी पनि झन्डै–झन्डै यस्तै मान्यता राख्ने पार्टी हो। तर अहिले परिस्थिति बदलिएको छ। २०४९ मा नौ सीटमा सीमित माओवादी पार्टीले नै देशको सबभन्दा ठूलो पार्टीको ताज पहिरेको छ। त्यसपछि दोस्रो ठूलो पार्टी काङ्ग्रेस छ भने आफूलाई मध्यपन्थी वा वास्तविक कम्युनिस्ट हामी हौं भन्ने नेकपा एमाले तेस्रो स्थानमा रहेको छ र कुल मिलाएर कम्युनिस्टहरूको सङ्ख्या ६० प्रतिशत भन्दा बढी नै रहेको छ। र अहिले बोकाको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने थलो संसद्मा बहुमत वामपन्थीहरूकै हुन गएको छ। हुन त पुरानो संसद् र अहिलेको संविधानसभा र संसद्मा धेरै सैद्धान्तिक भिन्नता छ, तर व्यवहारमा भने खासै फरक नछुट्टिने भइसकेको छ। गणितको खेल, खरीद बिक्री, लोभ–प्रलोभन, धाक–धम्की, दबाब कुर्सीको तानातानको पुरानै रोगको पुनरावृत्ति भइरहेको छ। पुराना संसद्वादी जसलाई ढँटुवा कसाईको रूपमा आरोपित गरिएको थियो ती त हाल बहुमतम

विकिलिक्स सूचनाको निश्पक्ष छानबिनको खाँचो

-श्रीमन्नारायण-     अन्तर्राष्ट्रिय राजनीतिलाई समेत प्रभावित पारेको विकिलिक्सको सूचनाबाट नेपाल पनि वञ्चित रहन सकेन। नयाँ दिल्लीस्थित दूतावासले अमेरिकी विदेश मन्त्रालयमा पठाएको गोप्य जाहेरीमा उल्लेख भएअनुसार नेपाल प्रवेश गर्ने तिब्बती शरणार्थीहरूलाई चिनियाँ अधिकारीसमक्ष फिर्ता पठाउने र त्यसबापत नेपालका कर्मचारीलाई चीनले नजराना दिने गरेको छ। विकिलिक्सले आफ्नो सूचनाको पुष्टिका लागि  दिएको आधारमा प्रत्येक वर्ष २५ सयदेखि ३५ सयसम्म तिब्बती शरणार्थी भारतको धर्मशालामा दलाई लामाको शरणमा पुग्ने गरेका छन्। तर सन् २००८ मा भने ६ सय ५० जना शरणार्थी मात्रै धर्मशाला पुगेका थिए। भगौडा तिब्बती शरणार्थीलाई पक्रन र चीन सरकारलाई बुझाउन सहयोग गर्ने नेपाली सुरक्षा समूहलाई चीनले आर्थिक सहयोग गर्दै आएको छ भन्ने विकिलिक्सको खुलासाले नेपालका सरकारी अधिकारीहरूको व्यवहारप्रति नैतिक र कानुनी प्रश्नसमेत उठाएको छ। यसको निष्पक्ष छानबिन हुनुपर्दछ। सरकारी स्तरबाट मात्रै होइन संयुक्त संसदीय समितिबाट समेत छानबिन हुनुपर्दछ।     विकिलिक्सकै खुलासा अनुसार नेपालका माओवादीले भारतीय नक्सलवादीलाई हतियार बेच्दछन् तथा त्रिभुवन वि

चन्दाबाट सबै त्रस्त

    पहिले–पहिले चन्दा हुनेखानेसँग मात्र अपेक्षा गरिन्थ्यो। कुनै सार्वजनिक कार्यका लागि, धर्मार्थ प्रयोजनका लागि, राष्ट्रमा अकस्मात् आपत्ति आइलाग्दा सहयोगका रूपमा नागरिकसँग चन्दा मागिन्थ्यो। राजनीतिक दलहरूको आगमनपछि चुनाव लड्नका लागि चन्दा माग गर्न थालियो। विद्यार्थीहरूले पनि सरस्वती पूजाका लागि चन्दा माग गर्दथे। अनि सामाजिक संस्थाहरू आए। एनजीओहरू आउनुअघि सामाजिक संस्थाहरू पनि चन्दाकै भरमा बाँचेका थिए। फेरि जङगलमा बस्ने राजनीतिक दलहरू आए। सँगसँगै भूमिभित्र बस्ने (भूमिगत) आए र पछिल्लो समयमा त विदेशीहरू पनि आए जसले रङगदारी चन्दा उठाउने परम्पराको सुरुआत गरे। यसबीच समाजको विभिन्न तह र तप्काका व्यक्तिहरूले सजिलो देखेर जुनसुकै कामका लागि चन्दा माग गर्न थाले। टाठा–बाठाहरूले चन्दा त जे कामका लागि पनि पाइँदो रहेछ भन्ने ठानेर चन्दा उठाउने व्यवसाय नै अपनाए। अर्थात् अहिले चन्दा पनि रोजगारीको एउटा पाटो बनेको छ।     चन्दा माग्नेहरू जुन गतिमा हुर्के त्यस गतिमा समाजमा दाताहरू जन्मिदिएनन्। जहाँ हिजो दाताहरू संवेदनशील थिए अब कुरै नसुन्ने, अटेर गर्ने, वास्तै नगर्ने बन्न थाले। चन्दा माग्नेहरू निराश हुन था

बारा जिविस टाट पल्टने अवस्थामा करोडौंको काटेको चेक भुक्तानी भएन

Image
प्रस, कलैया, १३ पुस/     “म बाहुनको छोरा हुँ, जनै छोएर भन्छु, बारामा भ्रष्टाचार गर्दिनँ।” यो कुनै नाटक अथवम चलचित्रको संवाद होइन। भ्रष्टाचारको आरोप आएपछि आफू बसेको कुर्सीबाट उठ्दै बाराका स्थानीय विकास अधिकारी बिन्दु गुरागाईंले मङगलवार सार्वजनिक गरेको उद्गार हो। बारा उद्योग वाणिज्य सङ्घको सभाकक्षमा जिल्ला विकास समिति, बाराको आयोजनामा भएको समसामयिक विषयमा सर्वदलीय एवं सर्वपक्षीय अन्तक्र्रिया कार्यक्रममा उत्तेजित हुँदै उनले यस्तो भनेका हुन्।     जिल्ला विकास समिति, बारा आर्थिक दायित्व भुक्तानीको कारण थिचिएको र टाट पल्टिने अवस्थामा पुगेको उनले बताए। उनले जिल्ला विकास समिति, बाराको खातामा कुल १३ हजार एक सय नौ रुपियाँ २६ पैसा रहेको जनाए। कार्यक्रमको अध्यक्षता गरिरहेका गुरागाईंले विषय प्रवेश गराउँदै जिल्ला विकास समिति बाराले सृजित दायित्व अन्तर्गत छ करोड ८३ लाख ३६ हजार सातसय चार रुपियाँ भुक्तानी गर्नुपर्ने देखिएको बताए। जसमा कार्यालयबाट चेक जारी भएको तर भुक्तानी हुन नसकेको आन्तरिक स्रोततर्फ ७२ लाख ३९ हजार, तीन सय ९५, निर्वाचन क्षेत्रतर्फ ४५ लाख १६ हजार दुई सय सात, जनसहभागितातर्फ १६ लाख ७३ ह

दृष्टिविहीन विद्यार्थीहरूद्वारा तालाबन्दी

Image
प्रस, कलैया, १३ पुस/     बारा डुमरवानास्थित नेपाल राष्ट्रिय उच्च माविका २२ जना दृष्टिविहीन विद्यार्थीहरूले मङगलवार प्राचार्यको कार्यालय कक्षमा तालाबन्दी गर्नुको साथै  प्रदर्शन गरेका छन्। उनीहरूले होस्टल नपाएका चार दृष्टिविहीन विद्यार्थीलाई होस्टल पाउनुपर्ने लगायत माग राखी नाराबाजी गर्दै डुमरवाना बजार परिक्रमा गरेका थिए।     कक्षा ११ मा अध्ययनरत दृष्टिविहीन विद्यार्थी कृष्ण लोप्चन, सन्तोष तिमिल्सिना, विष्णु लामिछानेलाई विद्यालय प्रशासनले होस्टल दिएपछि प्राचार्यको कोठाको तालाबन्दी खुलेको थियो।     विद्यार्थीहरूले दृष्टिविहीनका लागि आएको सिडिएम टेलिफोन सेटसमेत कब्जामा लिएका कक्षा ९ मा अध्ययनरत दृष्टिविहिन गोमा मैनालीले बताइन्।

वीरगंजमा बढ्दो यौन व्यवसाय र यौनकर्मीहरू

Image
शत्रुघ्न नेपाल / वीरगंज     वीरगंज शहरमा यौनकर्मीहरूको सङ्ख्या वृद्धि भइरहेको छ। कटेज रेस्टुराहरूमा कार्यरत नेपाली महिला कामदारहरूमध्ये बहुसङ्ख्यक यौन व्यवसायमा संलग्न रहेको पछिल्लो तथ्याङकले पुष्टि भएपनि अहिले आएर यस व्यवसायमा भारतीय महिलाहरूको समेत उल्लेख्य सहभागिता देखिंदै छ। भर्खरमात्र वीरगंज रजतजयन्ती चोक स्थित एक रेस्टुराबाट पर्सा प्रहरीले पक्राउ गरेको सबै चार महिलाहरू भारतीय थिए। वीरगंज भन्सार क्षेत्रमा यौन व्यवसायमा भारतीय महिलाहरूको संलग्नता रहेको कुरा यस अघिपनि चर्चामा नआएको होइन। सो क्षेत्रमा भारत रक्सौल, बेतिया, मोतिहारी र मुज्जफरपुरका महिलाहरू निर्वाधरूपमा यौनकर्मीको रूपमा आफ्नो व्यवसाय सञ्चालन गर्दै आइरहेका छन्।     अहिले यो जमातले वीरगंजको प्राय:जसो ठाउँमा आफ्नो उपस्थिति बढाएको छ। वीरगंज पावरहाउस चोकमा भारतीय यौनकर्मी महिलाहरूको बढ्दो सहभागिता सहजै देख्न सकिन्छ। वीरगंजमा डेढ दशकअगाडि कटेज रेस्टुरा स्थापना नहुँदा नगण्यरूपमा रहेको यौन व्यवसाय यता आएर कटेज रेस्टुराको वृद्धिसँगै अप्रत्याशितरूपमा बढेको हो। कटेज रेस्टुराको वृद्धिपछि फैलिएको यौन व्यवसायलाई निरुत्साहित गर्नका

अब खानेपानीको समस्याले पिरोल्दैछ

Image
जीतलाल श्रेष्ठ / निजगढ      खोलाभरि पानी छ, पिउन भने सकिन्न– यो भनाइ हो बाराको उत्तरीभेग स्थित रतनपुरी, भरतगंज सिगौलका गाउँलेहरूको। बर्सौंदेखि पिउने पानीका लागि चुरे पहाडको फेदलगायत आसपासका क्षेत्रमा रहेका जरुवा, मूल खोज्नु उनीहरूका लागि दैनिकी बनेको छ। पानी खोज्दै बिहानी बित्छ, भेल–बाढी आएको बेला मूल पनि भेटिंदैन पानी खोज्दाखोज्दै कहिले त झमक्क साँझ पर्छ– रतनपुरी–६ भक्तलालकी उर्मिला लामा भन्छिन्। उनीहरू घरदेखि करिब एक डेढ कोस टाढा चुरेको फेदमा खानेपानी लिन टाउकामा नाम्लो, पिठ्युँमा गाग्री, हातमा बाल्टिन, जर्कीन लिएर जाने गरेका छन्। भाँडामा अट्ने भए  खाँदेरपनि ल्याउथें तर खाँदिदैन पानी– सोही ठाउँकी मनमाया स्याङतानले भनिन्।     रामथलीका बासिन्दाले पनि पर्याप्त पिउने पानी पाएका छैनन्। लगभग २ सय घरधुरी बस्तीको बीचमा एउटा मात्र पानीको इनार छ। पालो पर्खनुपर्ने बाध्यता उस्तै छ, बिहान सबेरै उठी गाग्री, बाल्टिन, जर्कीन  लिई इनार नगए पालो कुर्दाकुर्दै बिहान बित्छ –सुन्तली लामा भन्छिन्। चुरे पहाडको काख नजिकै रहेका स्थानहरूमा मूल, जरुवामा पानी रहेपनि वर्षा याममा धमिलो हुने र खडेरीमा पानी सुक्ने

लोकतन्त्र, काङ्ग्रेस र रुबेल–पारस प्रकरण

–दामोदर पौडेल     आदरणीय दाज्यू प्राध्यापक एवं वरिष्ठ पत्रकार सोमनाथ घिमिरेले एउटा प्रसङगमा भन्नुभयो कि अमेरिकामा प्रेमराजा महत काम गर्नुहुँदो रहेछ। उहाँको अहिले आफ्नै व्यवसाय छ। उहाँ काम गर्ने ठाउँमा आएर एकजना भारतीय र अमेरिकी मित्रहरू बसेछन्। उनीहरूले प्रेमराजाजीको परिचय मागेछन्। उहाँले आफू नेपाली भएको परिचय दिनुभएछ। भारतीयले उहाँकै अगाडि नेपाल भनेको भारत अधीनस्थजस्तै राज्य हो। यसको सबै रेखदेख भारतले गर्दछ र नेपालीहरू भारतमा नै आश्रित हुन्छन् भनेछन्। यस्तै कुरा सुनेर प्रेमराजाको रिस बसभन्दा बाहिर पुगेछ। उनले त्यस भारतीयलाई बेस्सरी कुटेछन्। भारतीयले उनीमाथि मुद्दा दिएछ। उनले नेपाल र नेपालीको अपमान गरेकोले सहन नसकेर कुटेको जवाफ दिएछन्। त्यो त जडित क्यामराले पनि बतायो र अमेरिकी साथी एवं साक्षीले पनि सत्य भन्यो नै। कुटपिट गरेकोमा प्रेमराजा महतलाई सजाय गर्न र क्षतिपूर्ति लिन मुद्दा दिएको भारतीयलाई नै भनिएछ कि कसैलाई पनि अरूको राष्ट्रियता होच्याउने अधिकार छैन। प्रेमराजा महतले राष्ट्रियताको विरोध गरेको सहन नसकेकोलाई अदालतले स्वाभाविक ठहर्‍याएछ र सफाइ दिएछ।     अहिले सौराहाको पारस–रुबेल झग

लोकतान्त्रिक कहिले बन्ने

    लोकतन्त्रका वाहक भनेको राजनीतिक दलहरू हुन्। राजनीतिक दल भनेको त्यहाँ संलग्न कार्यकर्ताहरूको क्रियाकलाप हो। लोकतान्त्रिक नेपालमा त्यसैले राजनीतिक दलका कार्यकर्ताहरूले जे गर्छन् त्यसबाट त्यहाँको राजनीतिक पद्धतिको निक्र्योल हुन्छ। आज नेपालमा सबै राजनीतिक दलहरू लोकतन्त्रका हामी बनेका छन्। एकदलीय सिद्धान्तका परिपोषक दलहरू होऊन् अथवा हिजोका पञ्चहरूले खोलेका दलहरू होऊन्, आज सबै आफूलाई लोकतान्त्रिक भनाउन न्वारानदेखिको बल लगाएर जनता गुहार्न पछि परेका छैनन्। तर यति मात्रले लोकतान्त्रिक भइन्न। लोकतान्त्रिक व्यवहार र क्रियाकलापको अभाव छ भने त्यो लोकतन्त्र अधिनायकवादभन्दा बढी खतरनाक हुन्छ। अहिले नेपालमा त्यही भइरहेको छ। लोकतन्त्रवादीहरू नै अलोकतान्त्रिक क्रियाकलाप र सोच राख्छन् जसले गर्दा लोकतन्त्रको खोलमा सबै अधिनायकवादका प्रतिनिधि बुझिन्छन्। अझ सामन्तवादलाई जीवित राख्ने मेसोमा राजनीतिक दलहरू लागेको महसुस हुन्छ।     त्यस्तै विचार र व्यवहारको विभेद सिमरामा देखिएको छ। सिमरामा कार्यरत सबै राजनीतिक दल र नागरिक समाजसमेतले एउटा परिवारविरुद्ध अलोकतान्त्रिक काम गरे। उनीहरूको एउटा सर्वपक्षीय बैठकले गु

अधिकांश विद्यालयको खाता रोक्का

आरके पटेल, लङगडी, १२ पुस/     जिल्ला शिक्षा कार्यालय, पर्सामा भएको भ्रष्टाचारको कारण अख्तियारले जिल्लाको अधिकांश विद्यालयको खाता रोक्का गरेको समाचार प्राप्त भएको छ । अख्तियारले पत्रमार्फत् जिल्ला शिक्षा कार्यालयलाई खाता रोक्न निर्देशन दिएको कारण विद्यालयहरूको खाता रोक्का गरिएको हो ।     जिल्ला शिक्षा कर्यालय पर्सामा भएको भ्रष्टाचारबारे छानबिन गर्न अख्तियारको एक टोली केही दिन अगाडि सो कार्यालयमा पुगी सम्पूर्ण कागजात लिएर काठमाडौं हिंडेको थियो । सो कागजातको आधारमा कार्यालयमा करिब २ करोड रुपियाँको भ्रष्टाचार भएको स्रोतले बताएको छ।     अधिकांश विद्यालयहरूमा सो कार्यालयले रकम पठाई पछि फिर्ता लिएको, शिक्षक नियुक्तिको सर्मथन दिंदा अगाडिको मितिमा सर्मथन गरी अधिकांश रकम खाएको, विद्यालयको भौतिक निर्माणको लागि पठाएको रकम काम नगरी कर्मचारीहरू आफैंले बाँडफाँड गरेको प्रमाणको आधारमा अख्तियारले जिल्ला शिक्षा कार्यालय पुगी छापा हानेको थियो। सो सम्बन्धमा जिल्ला शिक्षा अधिकारी केदार तिवारीसँग बुझ्दा उनले प्रतिक्रिया दिन चाहेनन्। तर सोही सम्बन्धमा सो कार्यालयका स्रोत व्यक्ति युगेश्वर राउतसँग बुझ्दा उनी

ज्वाला समूहका दुई कार्यकर्ता मारिए

प्रस, रौतहट, १२ पुस/     जनतान्त्रिक ज्वाला समूहका रौतहट संयोजकसहित दुईजना आइतवार राति सुरक्षा कारबाईमा मारिएका छन्।     घटनास्थलबाट प्रहरीले दुई थान भारत निर्मित पेस्तोल र दस राउन्ड गोली बरामद गरेको छ। घटनापछि प्रहरीले बिहानसम्म घटनास्थल वरपरका गाउँमा सर्च गरेको छ।      रौतहटको धरमपुर गाविसको सिङगारमन घाटमा राति साढे १० बजे गस्तीमा रहेको सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि भएको भिडन्तमा ज्वाला समूहका संयोजक सुरेन्द्रबिन मुखिया (कमल) बिन तथा सेक्रेटरी हरिश्चन्द्र सहनी (उमेश) मारिएको प्रहरी उपरीक्षक पीताम्बर अधिकारीले जानकारी दिए। गस्तीमा रहेको सुरक्षाकर्मीमाथि गोली प्रहार गरेपछि दोहोरो भिडन्त भएको थियो। घटनामा एक प्रहरी जवान सामान्य घाइते भएका छन्।     दर्जनौ सङ्ख्यामा रहेका ज्वालाका कार्यकर्ता भिडन्तपछि भागेको प्रहरीले जनाएको छ। घटनास्थलबाट प्रहरीले दुई थान भारतमा निर्मित पेस्तोल र दस राउन्ड गोली बरामद गरेको छ। घटनास्थलमा राति नै प्रहरी उपरीक्षक पीताम्बर अधिकारीसहित सशस्त्र प्रहरीसमेतको टोली पुगी वरपरका इलाकामा सर्च गरेको थियो।

नेपाल–भारत सीमाको ३७२ वटा सीमास्तम्भ गायब, सरकार मुकदर्शक

Image
गम्भीरा सहनी/जीतपुर     नेपाल–भारत सीमा क्षेत्र अतिक्रमण तथा सीमा स्तम्भ (पिलर) हराउने र अन्यत्र सर्ने विवाद बेला–बखत भइरहन्छ, तर सरकारको ढिलासुस्ती तथा रजाइँ गर्ने प्रवृत्तिले सो क्षेत्रको अतिक्रमण र आपराधिक क्रियाकलापमा वृद्धि हुँदै आएको छ। प्रजातान्त्रिक, लोकतान्त्रिक, गणतान्त्रिक सरकारसमेत आफ्नै दुनो सोझ्याउनमा व्यस्त देखिन्छ, सरकारले मुलुकको क्षेत्र तथा सीमास्तम्भहरूलाई समेत सुरक्षित गर्न सकेको छैन। वर्तमान सरकारले नेपाल तथा नेपालीको सुरक्षा गर्न सजग र सचेत हुन जरुरी भएको नागरिक समाजको बुझाइ छ।     नेपाल–भारत सीमावर्ती क्षेत्र अन्तर्गत मध्य क्षेत्रका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र चितवन जिल्लामा करिब ३४१ किमि सीमा पर्छ, र सो दूरीमा ठूलो, मझौला र सानो गरी २ हजार ५२२ वटा सीमा स्तम्भ हुनुपर्नेमा अहिले २ हजार १ सय ५० स्तम्भ मात्र कायम रहेको छ। तीन सय ७२ वटा सीमा स्तम्भ गत वर्षदेखि हराएको छ। ती सीमावर्ती क्षेत्रमा जजसको बसोबास बढी छ, तिनीहरूले सीमा क्षेत्र अतिक्रमण गरी घरबास तथा खेती गर्दै आएको प्राप्त समाचारमा जनाइएको छ।     नेपाल–भारत खुला सीमावर्ती क्षेत्रमा बसोबास

बम्बईतिर बरालिंदा स्वतन्त्र विचार

–विनोद गुप्ता     नितान्त निजी कामले भारतको औद्योगिक नगरी बम्बई जानुपर्ने भएपछि मेरो कौतूहल एवं उत्साह बढ्न थाल्यो। यसभन्दा पूर्व सन् २००० मा गुजरातमा भुँइचालो गएको बेला म गुजरातको बिल्लीमोरा भन्ने ठाउँमा थिए। त्यहाँबाट बम्बई करिब ५ घण्टाको बाटो थियो, रेलमार्गबाट। भुँइचालोपश्चात् त्यहाँबाट फिर्ता हुन खोज्दा रेलमार्गबाट लामो समयसम्म बुकिङ उपलब्ध नभएकोले रात्रिकालीन हवाई सेवा प्रयोग गरेर बम्बईबाट दिल्ली पुगेको थिएँ। त्यस क्रममा दुईवटा घटनाहरू अझ स्मृतिमा शेष छन्। पहिलो, फ्लाइट ढिलो भएकोले इन्डियाटुडे पत्रिका खरिद गरी पढ्दा धिरुभाइ अम्बानी र अनिल अम्बानीको एउटा प्रसङग थियो। गुजरातको भुज भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हो र त्यहाँ रिलायन्सको पेट्रोकेमिकल वा यार्न उद्योग पनि थियो। सम्पूर्ण भुज ध्वस्त भए पनि यो उद्योगलाई केही भएको थिएन। किनभने अनिल अम्बानीले त्यो उद्योग स्थापनाको फाइल धिरुभाइ अम्बानीको टेबुलमा लैजाँदा फाइल अध्ययन गरेर उनले सोधे हाम्रो डिजाइन कति रेक्टर स्केलको भूकम्पको जोखिम बेहोर्न सक्छ ? जवाफमा अनिलले भने ७.५। धिरुभाईले भुज ९ रेक्टर स्केलको भूकम्प जाने क्षेत्र भएको

अलबिदा कमरेड निरजी !

Image
-बालगोपाल थापा   २०६७ साल पौष ३ गते बिहान ७.४५ बजे मेरो मोबाइलको घन्टी बज्छ, मोबाइल उठाउँछु, कृष्णचन्द्र लामिछानेको आवाज आउँछ–“सर कुमार दाईको बुवा बित्नुभयो।” एकाबिहानै असहज सन्देश सुनेर झसङग भएँ। केही दिनअघि मात्र मैले कुमारजी (कुमारबन्धु रूपाखेती) का पिता विष्णुरङग उपाध्यायलाई उहाँकै निवासमा पर्सा जिल्लाको कम्युनिस्ट आन्दोलनको इतिहास अध्ययन गर्ने क्रममा भेटेको थिएँ। उहाँ नेपाली कम्युनिस्ट आन्दोलनमा जुट्नुभएको थियो। भेटको क्रममा पिताजी टाठै हुनुहुन्थ्यो तर लामो समयदेखि दमको रोगले ग्रसित, कृत्रिम अक्सिजनले श्वासप्रश्वास क्रियाशील राखिरहनुभएको थियो। उहाँले कम्युनिस्ट आन्दोलनको नालीबेली खोतल्ने क्रममा भन्नुभयो– “उमेर र रोगका कारण धेरै घटना बिर्सिसकें।” उहाँले धेरै साथीहरूको नाम उल्लेख गर्न सक्नुभएन। सम्झेजति घटना बताउनुभयो। छुट्टिने बेला उहाँले छुटेका घटनाको सम्झना आएमा भनुँला। तपाईं पनि केही जान्न बुझ्न वा केही सम्झिनुभयो भने भेट्न आउनुहोला भन्नुभएको थियो। एकपटक फेरि भेट्न जानुपर्ला भनेर कृष्णचन्द्र लामिछानेलाई भनेको थिएँ। उहाँको एउटा फोटो खिच्ने र मध्य तराईकै कम्युनिस्ट आन्दोलनबारे सं

कहिलेसम्म चल्छ यो अर्घेल्याइँ

-रामकुमार एलन     एकीकृत नेकपा माओवादीले फेरि पनि धोका महसुस गरेको छ। उसले स्थायी समितिको बैठकमा यही ठहरमात्र गरेन, कामचलाउ सरकारकै आयु लम्बिने र मुलुक अरू द्वन्द्वमा धकेल्ने दोषपनि सरकारलाई दियो। यो प्रकरणपछि फेरि दलहरूबीचको ध्रुवीकरण, शक्ति समीकरणमा विभाजित भएको छ र यसले राजनीतिक निकास र शान्ति तथा समृद्धिको बाटो थुनिएको छ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले त पार्टीभित्र माओवादी विचार बोकेका एमाले अनुहारका कारण किचलो बढेको भनेर आफ्नै पार्टीभित्र आरिस बढेको बताए। अनि काङ्ग्रेसका नेताहरू आफ्ना १६ पटक हारेका उम्मेदवारको प्रस्ताव देखाएर नकच्चरो पाराले आफू हारेको रिस माओवादीसँग फेरिरहेको प्रस्ट देखिन्छ। यो प्रकरण लम्बिइरहँदा नेकपा एमाले र काङ्ग्रेसका एकाथरि अहिले माओवादीका देव गुरुङलेजस्तै संविधान निर्धारित समयमा नबन्ने ठोकुवा गरिरहेका छन्। काङ्ग्रेसका युवा नेता तथा सभासद् गगन थापाले झापाको दमकका यही भने। उनले भनेजस्तै हो भने सत्ताको फोहोरी खेलमा राजनीतिक दलहरू चुर्लुम्म डुबिरहँदा माओवादीले एक वर्षसम्म २३ दललाई दिएको चुनौती र आन्दोलनलाई, राजीनामा दिएको सरकारले लोप्पा ख्वाउने अवस

शान्ति र संविधान निम्ति जनदवाव अपरिहार्य

-अधिवक्ता वीरेन्द्र यादव     माओवादी हतियार थन्काई शान्तिमा आएको र लोकतन्त्र बहालीले जनतामा उत्साह, उमङग देखिएपनि दलीय अकर्मण्यताका कारण यतिखेर आम जनता निराश छ। धरापमा परेको शान्ति र संविधानको अवस्था र जनविद्रोहको चेतावनी सुनेर मुलुकको भविष्यप्रति गम्भीर चिन्तित पनि छ। सदियौंसम्म राजाहरूको निरङ्कुशताको जाँतोमा पिल्सिएको जनतामा अब लोकतन्त्रवादी दलहरूको सत्तास्वार्थको जाँतोमा पिसिने त होइन भन्ने गम्भीर त्रास छ। जनताको यही निराशाले हुन सक्छ जनान्दोलन मार्फत् आफैंले फालेको राजतन्त्रको अवशेष बटुल्न ठाउ–ठाउँमा प्रयास भइरहेको छ।     पहिला राजाहरू संविधानमाथि रहेर जनतालाई रैती बनाएका थिए भने यतिखेर तीन दलका नेताहरूको व्यवहार राजा सरह देखिएको छ। तीन दलका नेताहरूलाई न संविधानको खाँचो छ न जनताको अवाजको चिन्ता । तीन नेताले जुन बेला पनि  जे निर्णय गर्दा हुँदो रहेछ। कालोलाई सेतो र सेतोलाई कालो बनाइदिए पनि हुन्छ । संविधान र कानुनले जे भने पनि तीन नेताबीच कुरा मिलेपछि केही चाहिंदैन। तीन दलबीच सत्ताको निम्ति लडाइँ गर्दा देश र जनताको अस्तित्व समाप्त भएपनि किञ्चित सङकोच तीन दललाई छैन। जनता राजनीतिक निका

शोषणमा जनता

   विकसित मुलुकहरूभन्दा नेपालको आर्थिक अवस्था गए गुज्रेको र दयनीय छ। आर्थिक अवस्था कमजोर तथा प्रतिव्यक्ति आम्दानी कम भएकै कारण अन्य देशका नागरिकको बराबर नेपाली जनताको क्रयशक्ति छैन। जसको क्रयशक्ति छैन, उसैले दैनिक उपभोग्य वस्तुमा बढी मूल्य तिरिरहनुपरेको छ। टाढाको कुरा छोडौ खाना पकाउने ग्याँसमा भारतीय उपभोक्ताले भन्दा नेपाली उपभोक्ताले झन्डै दुई गुणा बढी मूल्य तिर्नुपरेको छ। यातायात तथा सवारी साधनको भाडा भुटान र बर्माको जनताले भन्दा नेपाली जनताले बढी तिर्नुपरिरहेको छ। दैनिक उपभोग्य मटीतेल, चिनी, दाल, चामलमा नजिक छिमेकी मुलुकका उपभोक्ताहरूले भन्दा नेपाली उपभोक्ताले बढी तिर्नुपरिरहेको छ। यो आम उपभोक्ताको कुरा हो, सोखिन उपभोक्ताको कुरा गर्ने हो भने विदेशी ब्रान्डका रक्सी अन्यत्रभन्दा नेपालमा महँगा छन्। सामान्य एउटा मोटरसाइकलकै कुरा गर्ने हो भने बोर्डर पारीभन्दा वारी दुई गुणा बढी मूल्य चुकाउनुपर्छ। नेपालकै सो सरह आम्दानी भएका व्यक्ति त्यहाँ कार चढ्छन्, किनभने त्यहाँ कार सस्तो छ।     हाम्रो मुलुकको एउटा शिक्षक र हामीभन्दा गरिब मुलुकको एउटा शिक्षकको तलबके डलरमा रूपान्तरण गरेर हेर्ने हो भने आ

प्रहरीले लिएको घूसमध्ये ४० हजार फिर्ता

प्रस, पर्सा, ११ पुस/     धान व्यापारीसँग जबरजस्ती असुल गरेको रकम जिल्ला प्रहरीले रु. ४० हजार फिर्ता गरेको छ। प्रहरी नायब महानिरीक्षक नवराज ढकालको दबाबमा प्रहरीले असुल गरेको रु. १ लाख ५ हजारमध्ये मात्र रु. ४० हजार फिर्ता गरी जिप्रकाले मामिला मिलाएको छ।     बितेको मङ्सिर १२ गते जिल्ला प्रहरीबाट खटेको प्रहरी गस्ती टोलीले पर्सा बहुअर्वाबाट एक धान व्यापारीलाई फसाइदिने धम्की दिएर रु. एक लाख ५ हजार नगद असुल गरेको थियो।     जानकी टोलाबाट टयाक्टरमा धान ल्याइरहेको व्यापारीले बाटोमा नातेदारको तीन बोरा युरिया मल पनि ल्याएको फेला पारेपछि प्रहरीले टयाक्टर भन्सार बुझाई सिज गराइदिने धम्की दिएर रकम असुल गरेको थियो।     शमसुल भन्ने दलालले धान पक्रन लगाई मध्यस्थता गरी मामिला मिलाएको विवरण सहितको घटना यसै दैनिकले प्रकाशित गरेपछि पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दर्ता गराएको थियो।     वसन्तपुरका पूर्व गाविस अध्यक्ष विश्वनाथ साह तेलीको नेतृत्वमा पुगेका व्यापारीहरूको दुखेसो सुनेर प्रनाउ योगबहादुर पालले निवेदनको ढाँचा तयार गरिदिएका थिए। जिप्रकामा लिखित उजुरी तथा प्रनामनि ढकालकहाँ मौखिक ग

प्रहरीद्वारा अपराधमा संलग्न आठजना सार्वजनिक

Image
प्रस, पर्सा, ११ पुस/     पर्सा प्रहरीले विभिन्न खाले अपराधमा संलग्न रहेका आठजनालाई आज सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय, पर्सामा आयोजित पत्रकार सम्मेलनमा पर्सा प्रहरी उपरिक्षक राजेन्द्रमान श्रेष्ठले वीरगंजका व्यापारी लगायतको फोन, मोबाइल नम्बर उपलब्ध गराउने कार्यमा संलग्न सुटरको नामले चिनिने भारतिय नागरिक सोनु यादवलाई पक्राउ गरेको बताए। उनले अभियुक्त यादव वीरगंज आई विभिन्न माध्यमबाट व्यापारीलगायत सरोकारवाला मानिसको फोटो, फोन, मोबाइल नम्बरका साथै दैनिक क्रियाकलापबारे जानकारी हासिल गरी सूचना दिएर अपराध कार्यमा संलग्न रहेको पाइएको दाबी गरेका थिए। पक्राउ परेका यादव भारतको बिहार मोतीहारी जिल्ला निवासी भएको पनि प्रहरीले जानकारी गराएको छ। यसैगरी प्रहरीले भूमिगत समूहको नाममा फोन धम्की दिएर रङगदारी रकम माग गर्ने कार्यमा संलग्न दुईजनालाई पनि पक्राउ गरेको जनाएको छ। एकजनासँग तीन लाख रङगदारी माग गरेको अभियोगमा पर्सा जिल्ला लिपनीबिर्ता–९ बस्ने रामजी राउत कुर्मी र भवानीपुर निवासी वीरेन्द्र राउत कुर्मी रहेको प्रहरीले जानकारी गराएको छ। यसैगरी प्रहरीले वीरगंज रजतजयन्ती चौकस्थित शिखर होटलमा आकृति

चुरे पहाडमा पहिरो जाने क्रम बढ्दै

Image
-जीतलाल श्रेष्ठ/बारा     विगतका वर्षहरूभन्दा केही वर्षयता प्राकृतिक चुरे पहाडमा पहिरो जाने क्रम बढ्दै गएको छ। चुरे पहाडमा बसोवास गरिरहेका अधिकांश घरधुरी माओवादी द्वन्द्वकालताका समथल जमीन चुरे नजिकैको बाराको उत्तरीभेग अमलेखगंज, रतनपुरी, भरतगंज सिगौल लगायत राष्ट्रिय वनजङगल फडानी गरी सयौं घरधुरी बस्ती बसेपछि र कानुन विपरीत क्रसर उद्योग सञ्चालन गरिएपछि चुरे पहाडमा पहिरो जाने क्रम बढेको हो। चुरे पहाडका विभिन्न स्थानमा बसोबास गरेका बस्तीका मानिसहरूले खेतीपातीका लागि चुरेमा उम्रिएका झारपात, बनमारालगायत प्राकृतिक बुट्यानहरू मास्दै, बोटबिरुवा, रूखलाई नास्दै खेतबारी बनाउँदै लगेपछि र चुरे नजिकै रहेका खोलानाला वरिपरि क्रसर उद्योग सञ्चालन गर्दै चुरे पहाड नजिकैको खोलानालाका फेदबाट कानुनविपरीत ठूलो परिमाणमा ढुङगा उत्खन्न गरेपछि प्राकृतिक सतह भासिन गई चुरेमा पहिरो जाने क्रममा बढोत्तरी भएको हो। कुनै न कुनै रूपमा चुरे तथा वनजङगलमाथि बारम्बार आक्रमण भइरहेको छ चाहे बस्ती, चाहे क्रसर उद्योगका नाममा, चाहे राजनैतिक भोट बैंक बनाउने नाउँमा होस्– स्थानीय सचेत नागरिकको यही आरोप रहेको छ।     यसरी चुरे पहाडमैं बस

तीन कक्षापछि विद्यालय छाड्दै विद्यार्थी

Image
रामशरण पुडासैनी/हेटौंडा     मकवानपुर जिल्लाको विकट डाँडाखर्क गाविसस्थित एक विद्यालयको विद्यार्थी प्राथमिक तह पार नगर्दै पढाइ छाड्ने गरेका छन्।     विद्यालयको भौतिक संरचना गतिलो नहुँदा  विद्यार्थीले बीचमैं पढाइ छाड्ने गरेका हुन्। भौतिक अवस्था दयनीय भएकोले विद्यालयमा पठनपाठन गराउन समेत समस्या हुने गरेको शिक्षकले बताएका छन्। डाँडाखर्कको भूमेश्वरी प्रावि भौतिक संरचना दयनीय भएकाले समस्याग्रस्त भएको बताइएको छ। जुन विद्यालय मकवानपुर जिल्लाको विकट डाँडाखर्क गाविस–७ सानो डाँडाखर्कमा रहेको छ। २०५९ सालमा स्थापना भएरपनि विद्यालयमा हालसम्म तीन कक्षाभन्दा माथिको पढाइ सुरु हुन सकेको छैन।     कक्षा १ मा ३१ जना, कक्षा २ मा २४ जना र कक्षा ३ मा २५ जना विद्यार्थी अध्ययनरत छन्। धोबीखोला, पाँचपोखरी र सानु डाँडाखर्क क्षेत्रका बालबालिका यस विद्यालयमा अध्ययनका लागि  आउने गरेको शिक्षक बाबुराम  घलानले बताए। शिक्षक दुईजना  छन्, उनीहरू गाविस र विद्यार्थी सङ्ख्याका आधारमा जिल्ला शिक्षा कार्यालयमार्फत् आउने रकमबाट  न्यूनतम पारिश्रमिकमा अध्यापन गराइरहेका छन्।     विद्यालयको भौतिक संरचना अपुग छ। जम्मा दुई कोठा भएक

जाग शिक्षक जाग –४

-अनन्तकुमार लाल दास     शान्त, सुन्दर मधेस, समुन्नत मधेस, यस्तो मधेस जहाँ सबैका लागि रोजगारीको अवसर होस्, यस्तो मधेस जहाँ सबै शिक्षित होऊन्, यस्तो मधेस जहाँ राजनीतिक र सांस्कृतिक द्वन्द्व नहोस्, मधेस जो कृषिमा आत्मनिर्भर होस्, मधेस जहाँ सम्पूर्ण विश्वका लागि नै प्रेम होस् जस्ता कल्पनालाई साकार पार्न कसै एकको होइन हामी सबैको दायित्व हो र यसका लागि आजदेखि नै चिन्तनमनन र सम्पूर्ण मधेसवादीहरूको व्यवहार र विचारमा परिवर्तन आउनु आवश्यक छ। वर्तमानमा मधेसको यस परिकल्पनालाई साकार गर्ने जिम्मा मधेसमा कार्यरत सम्पूर्ण शिक्षकहरूले लिनैपर्छ र साँच्चिकै भन्ने हो भने यो जिम्मेवारी हामी सबै मधेसीहरूको काँधमा पनि छ किनभने हामीले जसरी मधेसलाई शिक्षित गर्छौ त्यस्तै मधेस भोलि हामीले पाउने छौं।     मधेसको खस्कँदो शैक्षिक अवस्था र यसलाई कसरी सुधार्न सकिन्छ भन्ने जिज्ञासा लिएर मैले धेरै विद्यालयको भ्रमण र अध्ययन गरें। त्यहाँका शिक्षक साथीहरूसँग कुरा गरें। उनीहरूसँग मधेसको निर्माण कसरी गर्न सकिन्छ भन्ने जानकारी लिएँ तर निराशा हात लाग्यो। कसैले सरकारको दोष देखाए भने कसैले सङ्क्रमणकालीन अवस्थालाई। कसैले राजनीति