प्रस, पर्सा, १२ मङसिर/
दोस्रो पत्नी ल्याउने पतिको प्रस्ताव अस्वीकार गरेपछि वीरगंजमा एक महिला चरम यातनाको शिकार बनेकी छन्। चरम यातनाको शिकार हुने वीरगंज रानीघाट निवासी राजबाबू रौनियारकी पत्नी नेहा रौनियार हुन्। लामो समय यातनाका शिकार बन्दै आएकी नेहा आज न्यायका लागि जिल्ला प्रशासन कार्यालय पर्सा पुगेकी थिइन्। भारत छपरा गारवा गांधी चोक जन्मेकी नेहाको छ वर्षपहिले सामाजिक परम्पराअनुसार राजाबाबूसंग बिहे भएको थियो। पछि राजाबाबूले लागूपदार्थ प्रयोग गर्न थाले र विजाम पुनर्स्थापन केन्द्रमा भर्ना गराएपछि उनी ठीक भएको नेहाले बताइन्। ठीक भएपछि एक प्रतिष्ठित एनजीओमा काम पनि पाए। काम पाएपछि जीवन सुखमय भयो भनेर खुशी थिएं तर खुशी लामो समयसम्म रहेन। त्यही संस्थामा काम गर्ने एक युवतीको चक्करमा फसेर दोस्रो पत्नी बनाइ भित्र्याउने सुरमा यातना दिन थाले। पटक-पटक विष खुवाउने टाउकोमा बियरको बोतल प्रहार गर्ने र कुटपिट गर्दा दांत भांचिको दुखेसो प्रजिअ नागेन्द्र झासमक्षा बताइन्। पतिसंगै सासूले पनि पिट्ने, ससुराले अनैतिक सम्बन्ध राख्न खोज्ने गर्दा सहन नसकेर प्रशासनको शरणमा पुगेको बताइन्।
बितेको बिहीवारदेखि महिला हिंसाविरुद्ध १६ दिने अन्तराष्ट्रिय अभियान चलिरहेको बेला एक एनजीओकर्मीले पत्नीलाई चरम यातना दिंदा यहांका महिला अधिकारवादीहरू चुप लागेर बसेको घटनाबाट आफू छक्क परेको अखिल नेपाल महिला सङघ क्रान्तिकारीका पर्सा संयोजक सीमा गुप्ता बताउंछिन्। गुप्ताको नेतृत्वमा गएका महिलाहरूको एक समूहले प्रजिअलाई भेटी पीडितलाई न्याय तथा दोषीलाई कडा कारबाईको माग गरिन्। शुक्रवार प्रहरी महिला सेलमा उजुरी गर्न गएको बेला प्रहरीकै अगाडि पतिले निर्मम कुटपीट गर्न थालेको तथा प्रहरी मुकदर्शक भएको देख्दा प्रजिअसमक्षा न्यायका लागि पुगेको महिला टोलीले बतायो।
जिल्ला प्रशासनले फोनमार्फत् पीडकहरूलाई बोलाए पनि उनीहरू नआएपछि पक्रेर उपस्थित गराउन प्रहरीलाई पत्र पठाएको छ।
घटनामा पीडितलाई न्याय तथा सुरक्षा प्रदान गर्न कुनै कसर बांकी नराखिने प्रजिअ झाले बताए।