प्रस, पर्सा, १३ मङसिर/
नेपाली सेनाका पूर्व सेनापति रूकमाङगत कटुवालले माओवादीले भारतविरोधी मानसिकता देखाएर खोक्रो राष्ट्रवादको प्रदर्शन गरेको आरोप लगाएका छन्। राष्ट्रवादी संयुक्त मोर्चाको प्रथम अञ्चलस्तरीय भेलाको आज वीरगंजमा उद्घाटन गर्दै पूर्व सेनापति कटुवालले नेपालमा राष्ट्रिय स्वार्थ हेर्ने नेताको खांचो रहेको औल्याए। उनले विश्वमा सेनाले प्रजातन्त्रको रक्षा गरेको उदाहरण नभएपनि नेपाली सेना त्यसको उदाहरण बनेको बताएका थिए। नेपालमा सेनाले प्रजातन्त्रको रक्षा गरेको उनले दाबी गरे।
कटुवालले माओवादीका दुइ चारजना नेताको कारण शिविरमा रहेका लडाकूहरूको जीवन बर्बाद भइरहेको बताए। उनले लडाकूहरूको चार वर्ष खेर गएको बताउंदै माओवादी जीवनभर युद्ध लड्ने र गृहयुद्ध मचाउने योजनामा रहेको आरोप पनि लगाए। नेपालको एकीकरणमा बडा महाराजाधिराज पृथ्वी नारायण शाहको योगदानको चर्चा गरेका थिए। उनले आफू वीरगंजमा कुनै वादको पक्षमा लागेर नआएको स्पष्टीकरण दिंदै आफू राष्ट्रवादी, नेपालवादी र प्रजातन्त्रवादी भएको हुंदा सोही अनुरूप बुझिदिन खासगरी सञ्चारकर्मीहरूलाई आग्रह गरेका थिए।
कटुवालले व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर राष्ट्रिय स्वार्थका लागि काम गर्ने नेताको नेपालमा खांचो रहेको पनि बताए। उनले माओवादीले भारतसंग सम्बन्ध बिगारेको दोषारोपण गरे।
कटुवालले राष्ट्रिय स्वार्थको लागि दलका नेताहरूलाई इमान्दार हुन सुझाएका थिए। नगरसभागृहमा सम्पन्न सो भेला अगाडि घण्टाघरबाट र्याली निस्केको थियो। र्याली पूर्व राजसंस्थाको समर्थनमा नाराबाजी गर्दै नगरपरिक्रमा पछि नगरसभा गृह पुगेको थियो।