-दिवाकर भण्डारी/पथलैया
बारा डुमरवाना-७, टांगिया बस्तीका करिब सय घरपरिवार एउटै धाराबाट पानी उपभोग गर्न बाध्य छन्।
बस्तीमा पानीको सुविधा सहज नभएको कारण करिब सय घरका बासिन्दा एउटै ट्युबवेलबाट पानी खान बाध्य भएका हुन्। उनीहरूले पानीका लागि घन्टौं पालो कुर्नुपर्ने बाध्यता भोगिरहेका छन्।
"एक गाग्रो पानी थाप्न घन्टौं कुर्नुपर्छ", स्थानीय पूर्णबहादुर मगरले भने "नत्र पालो पाइंदैन।"
एउटै धाराबाट धेरै घरपरिवारका बासिन्दाले पानी उपभोग गर्नुपर्ने भएका कारण पालो पर्खेर मात्र पानी भर्नुपर्ने बाध्यता रहेको मगरले सुनाए।
गाउंमा पानीको सुविधा नभएका कारण रेडक्रसले निर्माण गरिदिएको उक्त ट्युबकलमा बिहान ४ बजेदेखि राति ८ बजेसम्म पानी भर्नेहरूको भीड लाग्नेगरेको स्थानीय बासिन्दा बताउंछन्। रेडक्रसको सहयोगमा निर्माण भएको बस्तीकै अर्को ट्युबकल बिग्रिएको दुइ वर्षहुंदासम्म पनि मरम्मत हुन नसकेकोले एउटै ट्युबकलमा भीड लाग्ने गरेको हो।
"बस्तीकै अर्को ट्युबकल ब्रि्रेको दुइ वर्षति भइसक्यो", पानी भर्नका लागि पालो पर्खंदै गरेका शङकर सुन्दासले भने-"त्यसको मरम्मत हुन नसकेका कारण पनि एउटै ट्युबकलमा भीड लागेको हो।"
रेडक्रसले टांगियाबस्तीमा मात्र करिब २३ ट्युबकल निर्माण गरेको भए पनि जनसङख्या बढी भएका कारण पानीको निकै समस्या हुने गरेको स्थानीय सुन्दरबहादुर लामिछाने बताउंछन्। करिब १३ सय घरधुरी रहेको बस्तीमा करिब ११ हजार जनसङख्या रहेको उनले जानकारी दिए।
पिउने पानीको समस्या भोगिरहेका बासिन्दाले खेतीका लागि आवश्यक पानी पनि ट्युबकलबाटै लाने गरेको कारण बढी दुःख खेप्नुपरेको हो। बस्तीमा पानी सिंचाइको अभाव भएका कारण ट्युबकलबाटै पानी ओसारी खेती गर्नेगरेको लामीछानेले बताए।
"खोला गाउंभन्दा निकै टाढा छ", उनले भने-"ट्युबकलबाट पानी नओसारे खेती हुंदैन।" मुख्य आयस्रोत नै कृषि रहेको यहाका बासिन्दा पानी अभावका कारण निकै पीडित हुनुपरेको उनले दुखेसो पोखे।