रामशरण पुडासैनी/हेटौंडा . मकवानपुरको एकमात्र सरकारी हेटौंडा अस्पतालमा एकजना पनि विशेषज्ञ डाक्टर नहुंदा उपचारमा समस्या परेको छ।
दरबन्दीमा रहेका दुइजना विशेषज्ञ डाक्टर लामो समयसम्म अनुपस्थित रहंदा उपचारमा समस्या परेको हो। स्त्रीरोग विशेषज्ञ डाक्टर सुरेन्द्र चौधरी मकवानपुर नै नआई बारा गएका छन् भने बालरोग विशेषज्ञ डाक्टर नारायणबहादुर थापा लामो बिदा लिएर भरतपुर गएपछि हेटौंडा अस्पताल विशेषज्ञ-डाक्टरविहीन भएको हो। चौधरी जिल्ला स्वास्थ्य कार्यालय, बारामा प्रमुखको रूपमा कार्यरत छन्। क्षेत्रीय अस्पतालको बोर्ड झुन्ड्याइएपनि सरकारले यस अस्पताललाई दुइजना विशेषज्ञसहित ७ जना चिकित्सकको दरबन्दी दिएको छ।
अहिले अस्पतालमा जिल्ला स्वास्थ्य कार्यालयको प्रमुखको रूपमा कार्यरत मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामलखन साहबाहेक कुनै पनि दरबन्दीका मेडिकल अफिसर कार्यरत छैनन्। जसका कारण सामान्य बिरामीसमेत भरतपुर वीरगंज, काठमाडौंलगायत स्थानमा रिफर गर्न अस्पताल बाध्य छ।
अस्पतालमा स्त्रीरोग, बालरोग विशेषज्ञ, मेडिकल अफिसर तीनजना, नर्सिङ सुपरभाइजर एकजना, एक्सरे रेडियोग्राफी, अहेब एकजनाको पद रिक्त रहेको छ। अस्पताल विकास समितिले डाक्टर मिथिलेश ठाकुर र नरसिंह मर्हजनलाई राखेको छ। नेपाल सरकारको छात्रवृत्तिबाट अध्ययन गरेका केही डाक्टरले सेवा दिएपनि पर्याप्त हुन नसकेको गुनासो छ। हेटौंडामा दरबन्दी अनुसार चिकित्सक ल्याउन विकास समितिले प्रयास गरेपनि हत्पति डाक्टर हेटौंडा आउन मान्दैनन्। "बरु राजीनामा दिन्छु, हेटौंडा जान्न भन्छन्", हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष राजीव सुवेदीले भने-"डाक्टर ल्याउने कैयौं प्रयास असफल भएको छ।" अस्पतालमा डाक्टरमाथि हातपात हुने, दुर्व्यवहार हुने र कमाइ नहुने कारण कुनै पनि डाक्टर हेटौंडा आउन नचाहेको बताइएको छ।
२०६० असोज ३ गते बसेको मन्त्रिपरिषद्को निर्णयबाट जिल्ला अस्पताल रहेको हेटौंडा अस्पताललाई क्षेत्रीय अस्पताल बनाइएको थियो। क्षेत्रीय अस्पताल बनाउने निर्णय भएपनि व्यवहारमा जिल्ला अस्पतालसम्म बन्न नसकेको अस्पताल व्यवस्थापन पदाधिकारीकै भनाइ छ। हाल सरकारी व्यवस्थापनमा २५ शय्या र विकास समितिको तर्फाट २५ शय्यागरी ५० शय्यामा अस्पताल सञ्चालन भइरहेको छ।
उपकरण नहुने र भएका उपकरणसमेत चलाउने प्राविधिक नहुंदा उपचारबाट वञ्चित छन् सेवाग्राही। हेटौंडा अस्पताललाई धेरैले ँरिफर सेन्टर’को रूपमा टिप्पणी गर्ने गरेका छन्।
अस्पतालको स्तरोन्नति, सेवा र चिकित्सक थपका लागि आगामी पुस ३ गतेदेखि महायज्ञ लगाइने भएको छ। महायज्ञमा वाचनप्रवीण पण्डित दिनबन्धु पोखरेलले कथावाचन गर्ने बताइएको छ। सरकारले दिएको दरबन्दीसमेत रिक्त रहेको अवस्थामा चिकित्सकहरू बस्न सक्ने वातवरण बनाउन अस्पताल व्यवस्थापनले ध्यान दिनर्ुपर्ने स्थानीय बासिन्दा बताउंछन्।