-जीतलाल श्रेष्ठ/निजगढ चुरे पहाडको फेद नजिकै सञ्चालित क्रसर उद्योगको असर केही वर्ष पनि नबित्दै चुरे आसपासका क्षेत्र तथा तर्राईका खेतीयोग्य फांटमा देखा पर्न थालेको छ। क्रसर उद्योगका कारण अमलेखगंज-९ नयांबस्तीका करिब दुइ दर्जन गाउंलेहरूको खेतबारीमा खोला बाढी पसी कटान गरी क्षति पुर्याउनुका साथै जिल्लाकै दक्षिणी फांट मनहर्वा गाविसमा करिब सय हेक्टर खेतीयोग्य जमीन बालुवाले पुरी मरुभूमि बनाइदिएको छ।
क्रसरका कारण अमलेखगंज-९ का स्थानीय रामबहादुर भुलन, लालबहादुर भुलन, निशान भुम्जन, लाल सिंह भुम्जन, भीमबहादुर गोले, सोनाम सिंह तितुङ, चन्द्रमान तितुङ, वीरबहादुर तितुङ लगायत करिब २०-२५ बिघा खेतबारीमा बाढी पस्नुका साथै खेतीयोग्य जमीन कटान गरी क्षति पुर्याउने क्रम बढ्दो छ। चुरे पहाडबाट बारा रतनपुरी गाविसको डमरपुरस्थित शक्ति खोला भएर बग्ने ढुङग्रे खोला र राजमार्ग छोचोली बग्ने पसाह, दुधौरा, बालगङगा खोलामा आएको बाढीले सो क्षति पुर्याएको स्थानीय रामबहादुर भुलनले बताएका छन्।
पर्सा वन्यजन्तु आरक्षको मध्यवर्ती वन क्षेत्र र चुरे पहाड छिचोल्दै बग्ने ३ नम्बर खोलाभित्रै सञ्चालित बागमती क्रसर उद्योग, नवदुर्गा क्रसर उद्योग, जयदुर्गा क्रसर उद्योगका कारण खोलाको बहाव परिवर्तन भई खोला मानवबस्ती नजिकैको खेतबारीमा पसेको पीडित स्थानीय बासिन्दाले बताएका छन् ।
क्रसर उद्योगकै कारण स्थानीय जीतबहादुर गोले, सिङराम दोङ, र्सर्ूय बहादुर स्याङतान, सुगम सिंह स्याङतान लगायत ३५ घरधुरीको खेतबारीमा समेत खोलाले कटान गर्नुका साथै बालुवा पुरिदिएको उनीहरू बताउंछन्। अमलेखगंजमा सञ्चालित बारा रोडा उद्योग, ओमर्साई बारा रोडा उद्योग, के. के. क्रसर उद्योग, विषधारी क्रसर उद्योगले चुरे पहाडको दोहन त गरेकै छन्, मानवबस्ती, खेतीयोग्य जमीन, वनजङगल एवं जङगली जनावर, पक्षीहरूको बासस्थानसमेत जोखिममा पारेका छन्। वरिपरिका प्राकृतिक ढुङगा त रित्तियो नै, प्राकृतिक चुरे पहाडको पिंध वरिपरि आधुनिक स्काभेटरले ठूला-ठूला खाडल पारी ढुङगा निकालेपछि चुरे पहाडको पिंध खुकुलो भई बाढी पहिरो, भूक्षय हुने क्रममा बढ्दो छ। क्रसर उद्योगका कारण अनियन्त्रित, अवैध तरिकाले खोला तथा पुलमुनिको ढुङगा उत्खन्न गरेपछि तर्राई काठमाडौं जोड्ने एकमात्र राजमार्ग अमलेखगंजस्थित ३ नम्बर पुलको जग खतराको चपेटामा पर्दै आएको छ।
त्यस्तै निजगढ-४ स्थित अवनिश क्रसर उद्योगले आधुनिक स्काभेर प्रयोग गरी राष्ट्रिय वनजङगल क्षेत्र र खोला बगरमा खाडलहरू खनेपछि चुरे पहाड भासिने क्रम बढ्दो छ भने पानीको बहाव परिवर्तन भई वन क्षेत्रमा पसी वन क्षेत्र कटान गरेको छ। क्रसरबाट निस्किएको धूलो लालबकैया खोला बगरमा फालिने गरेपछि निजगढस्थित बकैया पुलसमेत होचिने क्रम बढ्दो छ। खोला बगरमा अनियन्त्रित तरिकाबाट फालिएको धूलो पानीले बगाएर लैजाने गरेपछि पुल जोखिममा परेको हो। क्रसर उद्योगकै कारण निजगढ-पथलैया सडकखण्डका १३ किलोमिटर पुल बालुवाले पुरेको छ । त्यस्तै निजगढमा रहेका चौलागाई क्रसर उद्योग, लालबकैया क्रसर उद्योग, नेपाल क्रसर उद्योग, शङकर स्टोन क्रसर उद्योग, नारायणी क्रसर उद्योग, हिमालयन क्रसर उद्योग, वैष्णवी क्रसर उद्योगका कारण प्राकृतिक ढुङगा खोला बगरमा भेटिन छाडिएको छ। जसका कारण निजगढका खोला बगरबाटै जीविकोपार्जन गर्दै आएका करिब अर्ढाई सय घर-परिवार माझी समुदायहरूको रोजीरोटी सङकटमा परेको स्थानीय पञ्च माझीले बताए।
निजगढमा रहेका क्रसर उद्योगका कारण लाल बकैया खोला मुहानको ड्याममा बांधिएको तार जालीसमेत बगाएपछि खोला बाढी मानवबस्तीमा पस्ने सङकेत देखा परेको स्थानीय वृद्ध समाजसेवी तुलसी न्यौपानेले बताए। अबपनि क्रसर उद्योगबारे केन्द्रीय नीति जे रहेपनि स्थानीय स्तरबाट समयमैं सचेत नहुने हो भने अन्तराष्ट्रिय विमानस्थल र फास्ट ट्रयाक नजिकैको चुरे फेदमा रहेको निजगढलगायत रतनपुरी, भरतगंज सिगौल, अमलेखगंज गाविस बगरमा परिणत हुने तथा सौर्न्दर्यहीन हुने सङकेत देखा परिरहेको सचेत नागरिकहरू बताउंछन्।
यदि समयमैं ड्याम नबांधे वा मरम्मत सम्भार नगरे खोला सोझै गांउबस्तीमा पस्ने सम्भावनासमेत रहेको पूर्व गाविस अध्यक्ष एकबहादुर श्रेष्ठले बताए। क्रसर उद्योगको आर्थिक लोभ तथा प्रलोभनमा स्थानीय ढुङगा ठेकेदार तथा मजदुरहरू हौसिएपछि उनीहरूले पुल नजिकै चुरे पहाडको फेद, ड्याम नजिकैबाट अवैधरूपमा ढुङगा उत्खनन गरेपछि प्राकृतिक सम्पदा त जोखिममुक्त छैन नै, स्थानीय बासिन्दाको खेतबारी समेत कटान हुने तथा मरुभूमिमा परिणत हुने जोखिम टडकारो देखिएको छ। प्राकृतिक स्रोत सम्पदाको सही उपयोग गर्न नसक्दा यसबाट हुने क्षति जल, जमिन, वनजङगल, मानव, गाउंबस्ती, वन्यजन्तु, वातावरणलगायतमा दर्ीघकालीन असर पर्ने हुदां सबै सचेत हुनुपर्ने देखिन्छ। केही महिना अघि महामहिम राष्ट्रपति भारत भ्रमणपश्चात् सरकारले भारत निकासीमा रोक लगाएपछि ठूला क्रसर उद्योगहरू अधिकांश बन्द रहेपनि साना क्रसर उद्योग सञ्चालन भइरहंदा चुरे पहाड, खोला नाला, गाउंबस्ती, पुल-पुलेसाहरू जोखिम तथा सङकट तर्फ धकेलिइरहेका देखिन्छन् ।