-अधिवक्ता वीरेन्द्रप्रसाद यादव . मधेसको यतिखेरको प्रमुख समस्या छ नागरिक-नागरिकबीच एकता कायम हुन नसक्नु। २०४६ साल पूर्व सामाजिक एकताको फलस्वरूप प्रायः सामाजिक कार्य, आर्थिक सहयोग र श्रमदानले हुने गरे पनि यतिखेर सानोभन्दा सानो काममा नागरिक सहभागिता हुन छोडेको छ। र्सार्वजनिक सरोकारका चीज-वस्तु नासिंदा-मासिंदा पनि सामूहिक रोकथाम भइरहेको देखिन्न। २०४६ साल पूर्व कृषिको निम्ति बर्सेनि खोलामा बांध बांध्ने, कुलो-पैनी सफा गर्ने, बाटोघाटो निकाल्ने मरम्मत सम्भार गर्ने, कुवां इनार सरसफाइ गर्ने, मठ मन्दिर पर्ति गौचरनलगायत र्सार्वजनिक सम्पत्ति संरक्षण गर्ने, चार्डपर्वमा नाटक खेलेर परम्परा र संस्कृति संरक्षण गर्नेलगायत कार्य सामूहिक सहयोग र श्रमदानबाट हुंदै आएको थियो। यतिखेर यो सबै गतिविधि नष्ट मात्र भएका छैनन् सरकारी स्वामित्वका नहर र वनजङगल अतिक्रमण हुंदा कसैले रोकछेक गर्दैन। कुंवा-इनार त संरक्षणबेगर सखाप नै भएका छन्। एकताबेगर मधेसका कतिपय संस्कृति लोपोन्मुख छ। गैसस र स्थानीय निकायले बीसौं हजार लगानी गरेर पानी धारा गाडिदिएपनि त्यसमाका एउटा नट खराब भयो भने सामूहिक सहयोगले लगाउन सकिन्न।
२०४६ सालपछि दलीय प्रभावले एकता धरापमा पर्यो भने मधेस आन्दोलन पछि जातीय, धार्मिक, साम्प्रदायिक तथा दलीय शक्तिहरूले लोकतान्त्रिक मान्यताअनुसार नागरिकलाई सचेत नगराउंदा गाउंले एकता विनष्ट भयो। यद्यपि कुनै कुना-कन्तरामा एकाध गाउं छन् जो दलीय आस्थामा विभाजित भएपनि गाउंले एकता कायम गर्न सफल छन्। संस्कृति र परम्परा बचाउन, गाउंको विकास गर्ने सवालमा विभाजित छैनन्।
सर्लाही जिल्लाको मध्य भागमा पिडारी गाउं छ, जहां करिब तीन हजार नागरिकको बसोवास छ। हिन्दू, मुस्लिम, दुइ धर्मका नागरिक छन् भने जातमा यादव, कलवार, मुसलमान, दुसाध, चमार, कानु, बनियालगायत दर्जनौं जातजातिको सम्मिश्रण छ। दलीय हिसाबले पनि हरेक दलका धेरथोर र्समर्थक छन्। यद्यपि गांउको विकास र गाउंको परम्परा, संस्कृति संरक्षणमा कुनै किसिमको विवाद छैन। बालविवाह, दाइजो, एक अकर्ँलाई हेप्ने-दबाउने, विभेद गर्ने, छुवाछुतलगायत सामाजिक विकृति हटाउन कटिबद्ध देखिन्छन्। बालबालिकालाई राम्रो शिक्षा दिने, छोरी होस् वा छोरा अनिवार्यरूपमा पढाउने र आप\mनो खुट्टामा आफैं उभिने कुरामा आम सहयोग, समर्थन र दबाब रहेको पाइन्छ। यसले शहरबाट टाढा भएपनि सो गाउंमा कमसेकम एसएसली उत्तीर्ण नगरेका कमेै किशोर किशोरी पाइन्छन् भने स्नातक गरेका र गरिरहेका अविवाहित महिलाहरूको पनि सङख्या अन्य गाउंको तुलनामा बढी छ। आपसी सहयोग र समर्थनले गाउंमा प्रत्येक हप्ता बजार लाग्ने गर्दछ भने बजारमा कम्प्युटर, अँैषधि पसल, पान पसल, मिठाइ पसल, मासुदेखि फोटोकापी, इमेल, इन्टरनेट र टेलिफोन सेवालगायत अत्याधुनिक सेवा-सुविधा प्रँप्त छ। आवश्यक पर्ने प्रायः सामान गाउंकै बजारबाट खरिद गर्न सकिन्छ। नगदे बाली उखु बढी हुने गरेकोले गाउंमा एउटा सानो चिनी मिल पनि स्थापित गरिएको छ। गाउंमा उत्पादन भएका उखु पहिले गाउंको मिलमा लैजाने त्यसले नसकेपछि मात्र बाहिरका ठूला मिलमा लाने देखिन्छ।
दशैंलाई गैरमधेसीको पर्वको रूपमा चिनाइएपनि दशैं मनाउने प्रक्रियाले गलत साबित गरेको छ। सदीयौंदेखि धुमधामसंग दशैं मनाइन्छ। घटस्थापनादेखि दर्ुगाको मूर्ति बनाई जमरा जमाई दशमीमा रातो टीका लगाई गाउंलेहरू दशैं मनाउंछन्। गाउंबीच बजारमा लाखँैं रुपियां खर्च गरेर मूर्ति स्थापना गर्ने र सामूहिक पूजा र विर्सजन गर्ने चलन छ। मजाको कुरा त के छ भने २०२२ सालमा दशैंको अवसरमा एकजना मास्टर साहेबले नाटक खेल्ने परम्परा बसाले, त्यो अद्यापि कायम छ। हरेक दशैंमा गाउंले नाटक खेल्छन्। कुनै वर्ष एउटा, कुनै वर्ष दुइटा गरी अहिलेसम्म ६८ वटा नाटक अटुटरूपमा दशैंको नवमी, दशमी र एकादशीमा खेली सकेका छन्। गत वर्ष दुइवटा नाटक खेलिएको थियो भने यसपालि पृथ्वीराज चौहान नामक नाटक खेलियो। नाटकमा भाग लिन टाढा बसेका पनि गाउंले अनिवार्यरूपमा आउने गर्छन्। आफैं आर्थिक सहयोग गरी प्रत्येक वर्ष दुइ अर्ढाई लाख नाटक खेल्न र दशैं मनाउन चन्दा-सहयोग प्राप्त गर्छन्। लाखौं रुपियां बराबरको नाटक खेल्ने सामग्री पनि जोरेका छन्। बालक-वृद्ध-युवा प्रायः नाटकमा भाग लिन्छन् र राम्रा कलाकारलाई पुरस्कृत गर्नुका साथै सम्मान पनि गर्छन्। ४५ वर्षदेखि अटुटरूपमा नाटक खेल्दै आएकाले पचासौं वर्ष पुगेपछि गोल्डेन जुबली मनाउने तयारीमा छन्। उनीहरूको अभिनय भारतीय फिल्मी कलाकारको अभिनयभन्दा अलिकति भिन्न पाइन्न।
मधेसका प्रायः गाउंमा एकाध धुर जग्गा र सामान्य विवादका कारण दर्जनौं मुद्दा-मामिला बोकिरहेका हुन्छन् तर पिडारीमा खासै मुद्दा-मामिला भएको देखिन्न। सानोतिनो विवाद गाउंलेहरू आपसी सहमतिले समाधान गर्छन्। आपसमा विवाद गर्नु हुंदैन भन्ने सभ्यता पनि युवापुस्तालाई सिकाउंछन्। यसले पनि गाउं प्रगतिउन्मुख छ।
यो नाटक खेल्ने परम्परा अटुट किन राखिएको छ भने गाउंका बुजुर्ग गोपी राय, रामविलास राय, देवनारायण राय, जवाहर कलवार, रामप्रताप थारू लगायतसमक्ष जिज्ञासा राख्दा यो गाउंको संस्कृति बनेको र संस्कृतिको संरक्षणले गाउंमा एकता कायम रहेको बताउंछन्। नाटकको माध्यमले कुनै जात, धर्म र सम्प्रदायसंग विभेद र मनोमालिन्य जन्मन पाउंदैन। कोही सानो, कोही ठूलो छैन। सबै एक र समान महसुस गर्छन्। र्सार्वजनिक कार्य गर्नपनि सहजै एकबद्ध हुन्छौं। गाउंको एकतामा यस नाटकले धेरै सहयोग गरेकोले यसलाई निरन्तरता दिइ नै रहने हाम्रो चाहना छ। आउने सन्ततिलाई पनि यही शिक्षा दिन्छौं। यही भएर हरेक वर्ष एकाध नाबालकलाई पनि नाटकमा सहभागी गराउंछौं भन्ने जवाफ दिन्छन्। यसैगरी छठ र दिपावली पनि मनाउने गर्छन्। वर्तमान अवस्थामा गाउंमा दश रुपियांको नट खरिद गर्न नसक्दा टयुबवेल बेकम्मा भइरहेको बेला सामूहिक सहयागले प्रत्येक वर्ष लाखौं चन्दा उठाएर सांस्कृतिक सहभागिता प्रदर्शन गर्नु कम चुनँैतीपूर्ण छैन। यसले मधेसको संस्कृतिको जगेर्ना मात्र गरेको छैन, गाउंलाई एकबद्ध पनि बनाएको छ। यतिखेर मधेस जातीय ध्रुवीकरणमा भासिंदै गएपनि दर्जनौं जाति र धनी गरिबको सम्मिश्रण भएको सो गाउंमा न जातीय धु्रवीकरण देखिन्छ न धनी-गरिबबीच विभेद न उंचनीचको भाव।
यस्तै एकता मुलुकभरि हुने हो भने गाउंको विकास समय कुर्नुपर्दैन, न मुलुकको समस्या समाधानमा कुनै झन्झट आइलाग्छ। सामाजिक विकृति हटाउन पनि सहज हुन्छ भने समाजमा शिक्षाको पनि महत्त्व बढ्छ। यस्ता सकारात्मक सन्देश मुलुकभरि प्रवाह भएमा समग्र मुलुकलाई फाइदा हुन्छ। हामीकहां सञ्चारको विकास अन्य क्षेत्रभन्दा बढी भएपनि यस्ता सकारात्मक कार्यको प्रचार अन्य क्षेत्रमा हुन नसकेकोले सञ्चार पनि चुकेको भान हुन्छ। संस्कृति संरक्षणमा एउटा सानो गाउंको अथक प्रयासमा सरकारी निकाय र संस्कृति मन्त्रालयको पनि खासै भूमिका देखिएको छैन। सरकारी निकाय, सञ्चार मन्त्रालयको थोरै सहयोग भयो भने त्यस गाउंको हौसला अझ बढ्ने आशा छ र संस्कृति संरक्षणमा पनि योगदान पुग्छ। सर्लाहीको पिडारी गाउंका नागरिकले देखाएको एकता, सद्भाव अन्य गाउं र मुलुकको निम्ति पनि उदाहरणीय भएकोले हामी सबैले यस्तै एकताको बाटोमा हिंडेर गाउं, समाज र मुलुकलाई प्रगतिउन्मुख र विवादरहित बनाउन सक्छौं।