विरोधाभास मानव जीवनको अभिन्न विशेषता हो। यो प्राकृत छ भने चिन्ताको विषय होइन, अध्ययन र त्यसमाथि विजय पाउने अवसर हो तर मानवकृत हो भने चिन्तित हुनुपर्ने कारण बन्दछ। हामीले एउटा बानी बसालेका छौं प्रत्येक विकृति-विसङगतिविरुद्ध आवाज उठाउने, गर्न चाहिं केही नगर्ने। अन्यथा जुन समाजमा महिला हिंसाविरुद्ध सम्पूर्ण सरकार लागेको छस नेपाल र नेपालीको भलो सोचेर नेपाली समाजलाई प्रगतिशील बनाउन तन-मन-धनले सहयोग गर्ने दातृ राष्ट्र र दातृ संस्थाहरू लागेका छन्, संविधानसभामा थुप्रै महिला प्रतिनिधिहरू छन् जो अहर्निश महिला कल्याणमा होमिएका छन् र संविधानमा महिलाहित मात्र समावेश गर्न प्रतिबद्ध छन्, असङख्य राष्ट्रिय र अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरू छन्, जसको मानौं जीवन नै महिला हिंसाविरुद्ध समर्पित छ, त्यसै समाजमा महिलामाथि दर्ुदमनीय हिंसा भइरहेको छ। दोस्री पत्नी भित्र्याउने ध्येयले पहिलीलाई मार्ने चेष्टा गरिन्छ। विष ख्वाउने प्रयत्न गरिन्छ, हातखुट्टा बांधेर नृशंस कुटपिट गरिन्छ, राज्यीय निकाय चाहिं प्रमाण नपाएर कारबाई गर्न सक्दैन।
वीरगंजको मध्यभागस्थित रानीघाटमा नेहा रौनियारलाई मानव सेवामा कार्यरत एक गैरसरकारी संस्थामा काम गर्ने पतिले अत्याचार गरिरहेका छन्। नेहाले उजुर-वाजुर पनि गरिन् तर उनको कुरा प्रहरीले सुनेन मात्र होइन, प्रहरीकै अघिल्तिर उनीमाथि कुटपिट हुंदा पनि कारबाई गरेन। अहिले अखिल नेपाल महिला सङघ
-क्रान्तिकारी) को सहयोग लिएर नेहा प्रमुख जिल्ला अधिकारीसम्म पुग्न सफल भएकी छन्। यसबीच उनको अनुहार विकृत हुने गरी अगाडिको दांत भस्काइसकिएको छ। प्रजिअले पीडित महिलालाई सुरक्षा र न्याय दिने कुरा गरेका छन्। सुरक्षाकर्मीसामु कुटाइ खाएकी महिलाले सुरक्षा त के पाइन्, न्याय चाहिं हेर्न बांकी छ १ नेहाले न्याय किन पाइनन् - यस कारण होइन कि सरकारी अधिकारीहरू बिदामा छन्। कुरा यो पनि होइन कि सबै महिलावादी महिला सांसदहरू देशबाहिर गएका छन्, कुरा यो पनि होइन कि सबै स्तरका गैरसरकारी संस्थाका सदस्यहरू कुनै अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन देशबाहिर गएका होऊन्।
मज्जको कुरा के छ भने बितेको हप्तादेखि, महिला हिंसाविरुद्ध १६ दिने अभियान लिएर एउटा गतिविधि वीरगंजमा सञ्चालित छ, मज्जको अर्को कुरो के छ भने महिला सभासद्को सम्मान गरिएन भनेर जिल्ला प्रशासकको गाला चड्काउने राज्यमन्त्री करिमा बेगम पनि वीरगंजमैं विराजमान छिन्। थुप्रै महिला अधिकारकर्मीहरू वीरगंजमै छन्। अन्तराष्ट्रिय त के स्थानीय स्तरमा पनि यिनीहरूको कुनै सम्मेलन भइरहेको छैन। तर एउटी महिलालाई प्रहरीसामु कुटिन्छ, उनको ज्यान मार्ने प्रयत्न हुन्छ, न १६ दिने अभियान अघि आउंछ, न महिला वा मानव अधिकारवादी सङघ-संस्थाको कानमा नेहाको चित्कार पुग्छ। नेहा एक्ली छन् जसको मतदाता-मूल्य छैन, त्यसैले कुनै राजनीतिक दलले उनको सिफारिस गर्दैन। दलले सिफारिस नगरी कुनै अधिकारवादी सङघ-संस्था किन अघि र्सर्ने। अन्यको हकमा भने एक्ली नेहाको पक्षमा लाग्दा खर्च हुने समयमा कुनै ठूलो होटलमा महिला हिंसाविरुद्ध भाषण गरे त समग्र महिलाको हित हुन्छ। मनोग्रन्थिमा गुम्सिएको यस्तो मानसिकता भएको बेला कहां सुनिन्छ कुनै महिलाको आर्त्तनाद !