$type=ticker$count=12$cols=4$cate=0

विभेद र विभाजनका दुःखद पर्खाल

SHARE:

संसारमा अनेक जातिका प्राणी बस्दछन्। तिनका आकृतिमा क्षेत्रविशेषको आधारमा केही अन्तर पाइन्छ। तर पनि त्यस जातिको नाम एउटै हुन्छ। हात्ती, घोडा, गोरु, गदहा आदि पशु तथा मयुर, परेवा, हांस, भङेरा आदि पक्षी संसारभरि एउटै नामले चिनिन्छन्।  सांप, बिच्छी, कमिला, धमिरा आदिको पनि आ-आफना जाति छ। ती जहांसुकै होऊन् चिनिन्छन् आफनै नाउंअनुरूप। मानिस पनि एउटा प्राणी हो। ऊ संसारको कुनै क्षेत्रमा रहोस्, कुनै पनि भाषा बोलोस् अनुहारमा केही अन्तर होला तर ऊ मनुष्य नै मानिन्छ। मनुष्यको एउटा जाति छ, उसका अङग अवयव एकैनासका हुन्छन्। कहींका पनि बासिन्दा, छालाको रङग जस्तो भएपनि उसको जाति मनुष्य नै हो।   
    जातिको एउटा पहिचान के पनि हो भने उनीहरू आफनै वर्गमा सन्तानोत्पादन गर्न सक्छन्। जातिको भिन्नता भयो भने जोडी बन्दैन। न उनीहरू प्रणय गर्न सक्छन् न प्रजनन गर्न  समर्थ हुन्छन्। मानिसको यदि अनेक जाति भइदिएको भए उनकाबीच प्रणय सम्बन्ध बन्ने थिएन। प्रजनन गर्न सक्दैनथे। तर यस्तो अन्तर कहीं पनि देखिंदैन। मनुष्य जातिका सबै प्राणीबीच यत्किञ्चित भिन्नता रहंदा पनि यौनाचार गर्छन् र वंश वृद्धि गर्न समर्थ छन्। यस्तो अवस्थामा उनको जाति एउटै हो।
    क्षेत्र र जलवायुको, वंश परम्पराअनुरूप कालो, गोरो र पहेंलो छालाको भिन्नता भने पाइन्छ। अनुहारको बनोटमा पनि धेरथोर अन्तर हुन्छ। यति हुंदापनि तिनलाई मनुष्येतर जाति भन्न सकिंदैन। प्रकृतिक्रम यही हो।
    तापनि मानिसहरूले देश, क्षेत्र, भाषा आदिको नाममा आफनो विशेष वर्ग बनाएका छन्। नेपाली, भारतीय, चिनियां, जापानी आदि। भाषाहरूका आधारमा पनि यो विभाजन गरिएको छ। तापनि ती वास्तविक भने होइनन्।  प्रकृत्रि्रदत्त एकतालाई खण्डहरूमा बांड्न सकिन्न।
    झन् त्यसमाथि नेपाल र भारतको  जातिवाद विचित्रको छ। यहां पुरातनकालमा वर्ग भेद आरम्भ भएको थियो, त्यस बेला त्यसको आधार कर्म व्यवसाय थियो। शिक्षण, सैनिक, व्यवसायी, शिल्पी वर्गहरूको आधारमा उनीहरूको पहिचान बनेको थियो। तर त्यो स्थायी होइन, अस्थायी थियो। व्यवसाय परिवर्तनको सदाकालदेखि सबैलाई छुट थियो। यस आधारमा जब कसैले चाहयो आफनो वर्ण परिवर्तन गर्दथ्यो। अहिले पनि व्यवसायभेदको यो वर्गीकरण चलिरहेको छ। तिनका सङगठनहरू पनि हुन्छन्। किसान, भूतपूर्व सैनिक, रिक्शा, श्रमिक, व्यापारी, अध्यापक जो जुन पेशामा हुन्छ त्यस सङगठनको सदस्य हुन्छ। व्यवसाय बदलियो भने वर्ग पनि बदलिन्छ, जो आज अध्यापक छ, भोलि सैनिक वा प्रहरी हुन सक्छ। सेवा निवृत्त भएपछि व्यवसाय गर्न सक्दछ। यसप्रकार उसको वर्ग समयानुसार बदलिरहन्छ। यति हुंदा पनि उसको जाति मनष्य नै रहन्छ। कहांसम्म भने वंश परम्परा पनि यथावत् रहन्छ। वर्ग वा वर्ण एउटै जीवनमा कैयौंपटक बदलिन सकिन्छ। तर पनि मानवीय स्नेह, सहयोगको दृष्टिले उनको एकता जीवित रहन्छ नै।
    यस सोझो प्रश्नलाई मध्यकालको  अन्धकार युगले नराम्ररी अल्झाइदियो। जन्मको, वंशको आधारमा जातिहरू मान्न थालियो। कुरा यहींसम्म सीमित भइदिएको भए पनि हुन्थ्यो। तर जब तिनकाबीच उंचनीचको भेदभाव जन्म्यो अनि आफनो पराइ भन्ने हारालुछ पनि सुरु भयो। जातिमा पनि उपजातिहरू निस्के र सानसानो समुदायको रूपमा देशभित्रका मानिसहरू विभाजित हुन थाले। कुनै वर्ग आफूलाई वंशको आधारमा उच्च र अरूलाई निम्न ठान्न थाल्यो। गुण, कर्म, स्वभावको आधारमा वर्गीकरण हुन पनि सक्थ्यो तर वंशको आधारमा यो विभाजनले निरन्तरता पायो र उंचनीचको मान्यता बन्यो, जसलाई आश्चर्य नै भन्न सकिन्छ।
    यो आश्चर्य आज परम्पराको रूपमा परिपक्व बन्दै गइरहेको छ। हरेक वर्गका अनेक उपवर्गहरू छन् र प्रत्येकले आफूलाई प्रथम जातिको मान्दछ र उंचनीचको भेदभाव गर्दछन्।  बाहुन, क्षत्री, वैश्य आदि वंशमा कैयौं जातिहरू छन्। तिनकाबीच एक आपसमा  खानपान र बिहेसम्म हुंदैन। आफूलाई उपजातिको सीमित परिधिमैं राख्दछन्।  सामाजिक उत्सव आदि आयोजनमा आफनै वर्गलाई समेट्छन्। बिहे आदि उत्सवमा सम्मिलित हुने प्रायः त्यसै जातिका हुन्छन्। यस्तो सङकीर्णताले व्यवसायदेखि राजनीतिसम्म आफनो प्रभाव देखाएको छ। कहांसम्म भने भोट खसाल्ने बेलामा मतदाताले सोच्दछ, उम्मेदवार उसको जातिको हो कि अन्य जातिको। उम्मेदवारको योग्यता, इमानदारीमा कम र स्वजातीय हो कि होइन भन्ने कुरामा बढी ध्यान दिन्छ।
    आफूलाई ठूलो जातिको ठान्ने वर्गमा यो बिमारी त छंदैछ साना जातिमा पनि यही मनोरोग देखिन्छ। उनीहरू पनि आफनो रोटी-बेटीको व्यवहार आफनै सीमित दायरामा गर्दछन्। छुत, अछुत सबै यस दृष्टिले एउटै मार्गमा हिंडिरहेका छन्। अछुतहरूलाई छुतसंग गुनासो छ कि उनीहरू भेदभाव गर्दछन् तर अछुत-अछुतबीच पनि त्यही वर्ग भेद,   उंचनीचको भावना विद्यमान रहेको देख्दा झन् आश्चर्य हुन्छ।
    विभेद र विभाजनको यस कुप्रचलनले सम्पूर्ण समाजले निकै क्षति बेहोरेको छ। भाषावाद, क्षेत्रवाद, सम्प्रदायवादका कारण गुटबन्दीको कोढ पहिले नै समाजमा व्याप्त थियो। यसमा जातिपाति, उंचनीचको काउछो पनि थपिनाले समाजको शरीरमा कुरूप व्रि्रूपताको छाप पनि पर्‍यो। भन्नका लागि मात्र हामी नेपाली छौं, तर भावनात्मक विभेदहरूलाई हेर्दा लाग्दछ एकताको शक्तिलाई हामी खण्डित गर्दै गइरहेका छौं। सुन्तला बाहिरबाट हेर्दा एउटै फल देखिन्छ तर त्यसको बोक्रा ताछेपछि थाहा हुन्छ त्यसभित्र कैयौं यस्ता खण्डहरू छन् जो एकअर्कासंग छुट्टाछुट्टै  छन्। यो दुःखद दर्ुभाग्यको विषय हो, र जुन कमी थियो त्यसलाई जातिवादले पूरा गरिरहेको छ। सङकीर्णता र कट्टरता प्रबल बनिरहंदा हामी सबै अनेक खण्डमा विभाजित भइरहेका छौं। यस्तो अवस्थामा अमोघ मानिने एकात्मक शक्ति अक्षुण्य रहनु कठिन छ।
    जातिगत लुछाचुंडीमा अरूलाई पराइ ठानेर उपेक्षा गर्ने चलन बन्दै गएको छ।  यस सङकीर्णताको दूरगामी परिणाम हुन्छ। व्यवसायमा, जागिरमा, निर्वाचनमा आफनो वर्गलाई छुट्टै लाभ प्राप्त हुने, बढी सफलता दिलाउने प्रयास चल्छ। यसको प्रतिक्रिया अरूमा हुन्छ। उनीहरू पनि जस्तोलाई त्यस्तै नीति अंगाल्छन् र यो खाडल चाक्लो हुंदै जान्छ। पछि गएर यही वैमन्यस्यता लडाइं-झगडा, गवाही, मुद्दाबाजी आदिमा दोहोरिन्छ। अनि न्याय-नीति ओझेलमा पर्छ र जातिवाद, सम्प्रदायवाद, क्षेत्रवादजस्तो कट्टरता प्रत्येक व्यवहारमा हावी हुन थाल्छ। कुरा कहांसम्म पुग्छ भने आफनो जातिको बाहुल्य खडा गरेर शासनसत्ता कब्जा जमाउने योजना पनि बन्न पुग्दछ। परिवार नियोजनद्वारा जनसङख्या बढ्न नदिने र्सवमान्य औचित्यको उपेक्षा हुन थाल्दछ र के सोच्न थालिन्छ भने हाम्रो वर्गमा अधिकाधिक सन्तान हुन् जसले गर्दा भोट बढोस् र आफना प्रतिनिधि जितून्। उनको संरक्षणमा आफना मानिसलाई बढीभन्दा बढी लाभ प्राप्त होस्। स्पष्ट छ यदि वर्गविशेषलाई अधिकाधिक लाभ प्राप्त हुन थाल्यो, त्यसको अनुचित पक्ष प्रतिक्रम चल्छ, अनि त्यसको प्रतिक्रिया हुन्छ। इंटाको जवाफ ढुङगाले दिने कुरा सोच्न थालिन्छ। फलतः कलह बढ्ने छ र यस्तो व्रि्रह प्रत्यक्ष हुनेछ जसको निवारण कठिन साबित हुनेछ।
    सबैलाई थाहा छ कि मिलेर बस्दा युक्ति र शक्ति विकसित हुन्छ र ठूल्ठूला लाभ प्राप्त हुन्छ। झाडूका खरहरू छरिए भने त्यसको उपयोगिता नष्ट हुन्छ। संयुक्त शक्ति विकसित भएका राष्ट्र जापान र इजरायलजस्ता साना भए पनि प्रगतिको पथमा तीव्रगतिले अग्रसर हुन्छन्। ठूला-ठूला व्यवधानलाई उछिन्न सक्छन्। तर जहां विखण्डनको बोलबाला रहन्छ त्यहां समस्त ऊर्जा आपसी लडाइं झगडामा समाप्त हुन्छर्।र् इष्र्या-द्वेषको आक्रमण प्रतिशोधका लागि प्रतिशोधको सिलसिला चलिरहन्छ र परिणति सबैका लागि सबै प्रकारले अहितकर नै हुन्छ।
    हाम्रो देशमा जातिपातिका साथै बिहेको उपक्रम पनि जोडिएको छ। मानिस आ-आफनै बिरादरीमा आफना छोराछोरीको बिहे गर्न चाहन्छन्। उपजातिमा, गोत्रमा विभाजित हुंदाहुंदा  हरेक वर्गको परिधि अत्यन्त सीमित भइसकेको छ। त्यसै परिधिमा केटाकेटी खोज्दा इच्छित स्तरको जोडी पाइंदैन। विवशताले तिनैमध्ये वरबधूको चुनाव गर्नुपर्छ। योग्य वरको मूल्य बढ्छ। अयोग्यमध्ये नै कुनैको चुनाव गर्नुपर्छ। यदि वरबधूको चुनावको परिधि विशाल भइदिने हो भने टाढा-टाढासम्म खोजी गर्नुपर्ने, खुशामद गर्नुपर्ने, महंगो दाइजो दिनुपर्ने आवश्यकता नै पर्ने थिएन। टोल छिमेकमैं राम्रा वरबधू पाइन्थे। उनका प्रकृति-परम्पराबारे पनि आवश्यक जानकारी रहन्थ्यो र बिहे पनि सफल हुने थियो। तर जब उपजातिको चक्करमा टाढा-टाढासम्म भौंतारिनर्ुपर्छ अनि त्यस परिवारको वास्तविक स्थिति तथा केटाकेटीको स्वभावको वास्तविक जानकारी पनि प्राप्त हुन सक्दैन। अनि जुवा खेल्नर्ुपर्छ। भनिरहनुपर्दैन यस्तोमा कैयौंपटक अनुपयुक्तता नै हात लाग्छ। आफनै उपजातिको लोभले केटाकेटीको बिहे समस्या बन्दै जान्छ। यसको सरल समाधान थियो। जातिभेदलाई व्यवधान बन्न नदिएको भए, डाक बढाबढ नगरी, सरलतापूर्वक, सस्तैमा सम्बन्ध बन्ने थियो। सङकीर्णताको बन्धन शिथिल हुने थियो र आत्मभावको परिधि बढ्ने थियो।
    हाम्रो देशमा पिछडापन पनि वर्ण, जातिसंग जोडिएको छ। मानिस मात्र पछि परेका छैनन्, वरन् समुदाय पनि जाति बन्धनमा बांधिएको कारण त्यस्तै रीतिरिवाज अंगालिरहनाले गएगुज्रेको अवस्थामा रहन्छ। जनजाति र अनुसूचित जातिहरू पछि पर्नुको कारण पनि यही हो कि उनीहरू गएगुज्रेको स्तर निर्वाह गर्न बाध्य छन्। यदि उनीहरूले विकसित मानिसहरूसंग घुलमिल गर्ने अवसर पाएको भए एकता र समताको अभिवृद्धि हुने थियो। कोही उन्नति र कोही अवनतिको फांटमा पर्दैनथ्यो। सबै मानिस एक स्थितिमा हुने थिए र मिलिजुली अगाडि बढ्ने, माथि उठ्ने लाभ समानरूपले प्राप्त गर्ने थिए। विभाजनले एउटा ठूलो समूहलाई आत्महीनताले ग्रस्त बनायो, उनीहरूलाई प्रगतिको दिशामा अग्रसर हुन रोक लगायो। यसलाई सामाजिक न्याय नै भन्न सकिन्छ।
    संविधानले यस किसिमको वर्गभेदलाई स्वीकार गरेको छैन, सबैलाई समान स्थितिमा ल्याउनका लागि आर्थिक र राजनीतिक प्रयत्नहरू पनि भएका छन् तर यतिमात्रले समस्या समाधान हुनेवाला छैन। यसका लागि भावनात्मक परिवर्तन ल्याउनर्ुपर्छ र पुरानो मान्यता बदल्नर्ुपर्छ। बानी लागेका ती परम्पराहरूमा आमूल परिवर्तन गर्नुपर्छ जसले आफनै समाजमा उंच र नीचको जातीय आधारलाई प्रोत्साहित गर्दै आएको छ।
    यसलाई बुद्धिमानहरूको मूर्खता नै भन्न सकिन्छ, जसले आफनै समाजमा विभेद र विभाजनको पर्खाल उभ्यायो। असङख्य व्यक्तिलाई जातिपातिको मिथ्या अभिमानबाट माथि उठ्न नदिन र अनेकौंलाई पददलित स्थितिमा परिरहनका लागि बाध्य तुल्यायो। यो मूर्खतालाई ठीक पार्ने यही समय हो। यस भूलले हिन्दू समाजको एउटा ठूलो भागलाई समतावादी धर्ममा सम्मिलित हुनका लागि प्रोत्साहित गर्‍यो, जुन अहिले झन् व्यापक बन्दै गएको छ। यसमा सुधार भएन यही स्थिति रहिरहने हो भने हिन्दू धर्मको जातिपाति व्यवस्था पनि अन्यायमूलक मानिने छ र मानिसहरू यसबाट पन्छिंदै जानेछन्।

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : विभेद र विभाजनका दुःखद पर्खाल
विभेद र विभाजनका दुःखद पर्खाल
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2010/11/blog-post_27.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2010/11/blog-post_27.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy