-बि.एन. महतो - अहिलेको वर्तमान अवस्थामा हाम्रो देशका सम्पूर्ण व्यक्ति -महिला,पुरुष र बालबालिका)ले आ-आफनो अधिकारको लागि अवाज उठाइरहेको देखिन्छ। तर अधिकार प्राप्त गर्नको लागि कर्तव्य पनि गर्नुपर्छ भन्ने कुरा कमैलाई थाहा छ। कर्तव्य बुझेको व्यक्तिले पनि बुझपचाइ आफनो व्यक्तिगत स्वार्थ पूरा गर्न विभिन्न गलत बाटो अपनाई विभिन्न क्रियाकलापहरू गरिरहेको देखिन्छ। जस्तै विद्यार्थी र शिक्षक, भूमिगत समूह,राजनीतिक दलका नेताहरूले जनताको अधिकार प्राप्त गराउनुको लागि सट्टा आ-आफनै स्वार्थ पूरा गर्न शिक्षा क्षेत्रमा बन्द, हडताल गर्नु, शिक्षक छनोटमा गुणस्तर नहेरी व्यवस्थापन समितिले आफनो नातागोतामा पर्ने व्यक्तिलाई जागिर दिनु, नेताहरूले संविधान बनाउन छोडेर कुर्सी बचाउ, कार्यकर्ता बचाउजस्ता कार्यहरू गरेको मात्र देखिन्छ। तर यी व्यक्तिहरू भन्ने के गरेका छन् भने हामी जनताको लागि गरिरहेको छौ। तर्सथ हरेक व्यक्ति, बालबालिकाले आफनो अधिकार र कर्तव्यबारे जानकारी प्राप्त गरी व्यवहारमा लागू गरेमा व्यक्ति, समाज र राष्ट्र शान्त, अनुशासित हुन सक्छ।
कुनै पनि एक व्यक्तिले वैधानिक वा सामाजिकरूपले मान्यता पाएको कारण गर्ने वा निजबाट अरूको सापेक्षमा गरिने निश्चित व्यवहार अर्थात् विभिन्न जात-जाति, लिङग तथा वर्गले समानुपतिक उपयुक्तस्तरको खान, लाउन, बस्न, स्वस्थ्य, शिक्षा र सुरक्षाको उपयोग गर्न पाउनु नै अधिकार हो।
र् कर्तव्य, जिम्मेवारी तथा उत्तरदायित्व सबैलाई पर्यावाची शब्दको रूपमा पनि बुझने गरिन्छ तर कर्तव्य र दायित्वमा केही फरक अवश्य छ। नेपाली शब्दकोष -शब्दसागर) का अनुसार कर्तव्य भनेको गर्नुपर्ने काम नगरी नहुने खालका क्रिया-प्रक्रिया वा आचरण बुझिन्छ।
भनिन्छ अधिकार र कर्तव्य भनेको एउटा सिक्काको दुइ पाटा हुन्। यस अर्थमा अधिकार र कर्तव्यलाई छुट्याएर हेर्न सकिंदैन । अधिकार र कर्तव्य संगसंगै हुनर्ुपर्दछ । यसकारण हामीले अधिकार बुझने क्रममा कर्तव्यलाई कदापि भुल्नुहुंदैन।
अधिकार र कर्तव्यको सर्न्दर्भलाई अझ प्रस्टसंग बुझनका लागि अधिकार र कर्तव्य भनेको एउटा रथका दुइ पाङग्रा हुन् भन्न पनि सकिन्छ। रथको एउटा पाङग्रा ब्रि्रेमा रथ चल्न सक्दैन अर्थात् रथबाट काम लिनको लागि दुइ वटै पाङग्रा उतिकै जरुरी छ।
प्रायःजसो कर्तव्यले अधिकारलाई डोर्याउने गर्दछ। कर्तव्यसंगसंगै अधिकार जोडिएर आउने गर्दछ। कतिपय अधिकार हामीले कर्तव्य गर्दै जाने क्रममा आफैं प्राप्त हुंदै जान्छ। यस्तै हामीले कर्तव्य नगरेमा पाइरहेको अधिकार पनि गुम्न सक्छ वा अधिकारबाट वञ्चित हुनर्ुपर्दछ। यसकारण अधिकार प्राप्त गर्नको लागि कर्तव्यवारे बुझेर कर्तव्य पालना गर्नु एकदमै आवश्यक हुन्छ।
र् कर्तव्य गरेमा अधिकार कसरी प्राप्त हुन्छ भन्नेबारे हेला सम्बन्धी एउटा उदाहरण लिन सकिन्छ। दुर्व्यवहार, हेला हुनबाट जोगिन पाउनु हाम्रो अधिकार हो भने अरूलाई पनि हेला र दुर्व्यवहार नगर्नु हाम्रो कर्तव्य हो। हामीले कुनै कक्षामा पढिरहेको अवस्थामा पढाइ सम्बन्धी हामीले गर्ने सबैभन्दा राम्रो कर्तव्य भनेको परीक्षामा प्रथम हुनु हो। जुन विद्यार्थी कक्षाभरिमा सर्वोत्कृष्ट हुन्छ उसैले पढाइको सर्न्दर्भमा सबैभन्दा राम्रो कर्तव्य गरेको हुन्छ। अब त्यसरी राम्रो कर्तव्य गरेको विद्यार्थीले प्रथम हुने विद्यार्थीलाई दिने पुरस्कार मागिरहनु पर्दैन, उसले स्वतः सो पुरस्कार प्राप्त गर्दछ, किनकि त्यो उसको अधिकार हो। त्यसैले कतिपय विद्यालयमा प्रथम हुने विद्यार्थीलाई निश्शुल्क शिक्षाको व्यवस्था गरिएको हुन्छ। प्रथम हुने विद्यार्थीले म प्रथम हुं, मलाई निश्शुल्क पढाउनुपर्छ भनिरहनुपर्दैन। अब कोही विद्यार्थी पढाइमा हेलचेक््रयाइं गरी बारम्बार फेल भइरहन्छ भने त्यस्तो विद्यार्थीलाई उसको घरबाट अब पढ्नुपर्दैन भनेर पढ्न पठाइंदैन र उसलाई पढ्न पनि त्यति मन लाग्दैन, उसले पढ्न सक्दैन। यसो हुनुको मतलब के हो भने उसले पढ्न पाउने अधिकारबाट वञ्चित हुनुपर्यो वा उसले पढ्न पाउने अवसर गुमाउनुपर्यो। किनकि उसले पढाइप्रति आफनो कर्तव्य पूरा गर्न सकेन।
उत्तरदायित्व वा जिम्मेवारी भनेको जवाफदेहिता हो। अर्थात् कुनै पद वा कामको जिम्मेवारी लिएपछि तोकिएको कामकाज गर्नु दायित्व वा जिम्मेवारी हुन आउंछ।
सामान्यतया कर्तव्य भनेको नगरी न हुने वा गर्नैपर्ने काम हो तर हामीले कर्तव्यलाई अझ यसरी बुझन सक्यौं भने झन् राम्रो हुन्छ। कर्तव्य भनेको आफूले गर्नुपर्ने कामहरू अरूले अर्हाउनु अघि आफैंले बुझेर गर्नु हो। अरूले अर्हाइसकेपछि कर्तव्य नभएर काम हुन जान्छ।
काम र कर्तव्यलाई फरक किसिमले बुझन सकिन्छ। कर्तव्य गर्नु भनेको आफनो लागि हो भने काम गर्नु भनेको अरूको लागि हो। अरूले अर्हाएपछि गरिएको कामले आफूलाई कमै फाइदा पुग्दछ। अरूको लागि गरिने हुनाले काम गर्न त्यति जांगर पनि लाग्दैन, जति कर्तव्य गर्दा लाग्छ। कर्तव्य गरेमा राम्रो प्रतिफल पाइन्छ, काम गर्दा खासै प्रतिफल पाइंदैन। यसकारण हामीले गर्ने हरेक क्रियाकलाप काम हो वा कर्तव्य छुट्याउनर्ुपर्छ । जहिले पनि हामी काम होइन कर्तव्य गर्न खोज्नुपर्दछ। प्रायःजसो कामलाई पनि कर्तव्य बनाएर प्रतिफल पर्दछ। जहिले पनि हामी काम होइन कर्तव्य गर्न खोज्नुपर्दछ। प्रायःजसो कामलाई पनि कर्तव्य बनाएर प्रतिफल आउने गरी गर्न सकिन्छ। कसैले अर्हाएको काममा आफूले पनि केही राम्रो गर्छु भन्ने सोचेर अझ राम्रो गर्न अर्हाएको भन्दा थप क्रियाकलाप भयो भने त्यसले राम्रो नतिजा दिन सक्छ। यसकारण अरूले अर्हाएको कामलाई पनि आफनो बुद्धि, विवेक प्रयोग गरी उसले भनेको भन्दा बढी गर्यौं भने त्यसलाई पनि कर्तव्य भन्न सकिन्छ। माथि नै चर्चा गरिएको छ कर्तव्य र अधिकार जहिले पनि संगसंगै हुन्छ। हाम्रो हरेक अधिकारसंग कर्तव्य जोडिएको हुन्छ भने हरेक कर्तव्यसंग अधिकार जोडिएको हुन सक्दछ। खेल्न पाउनु हाम्रो अधिकार हो भन्छौं भने खेल्ने सामग्रीको राम्रो जतन गरेर राख्नु र खेल्नु हाम्रो कर्तव्य हो। यदि हामीले त्यस्तो खेल्ने सामग्री जतन गरेर नखेली जथाभावी फुटाउने वा नष्ट गर्ने काम गर्र्छौ भने अवश्य पनि हामीले पाइरहेको खेल्ने अधिकार हामीबाट गुम्छ ।
हरेक घरायसी काम गर्ने बेला वा पढ्ने बेलामा आफनो कर्तव्य के हो भनेर आफैंले महसुस गरी सही समयमा सही काम गर्न सक्यौं भने जीवनमा सफल हुन सक्छौं।