जब गुरु नानकदेव साधु वेश धारण गरेर धर्म-प्रचारका लागि निस्के, उनी एउटा गाउं सैयदपुर (जिल्ला गुजरानवाला) पुगे। त्यहां गाउं बाहिर एकजना गरीब सिकर्मी लालोको झुपडी थियो, उनले त्यहीं आसन जमाए। सिकर्मी गरीब भए तापनि धर्म-प्रेमी र परोपकारी भावना भएका व्यक्ति थिए। यसले गर्दा गाउंमा के समाचार प्रसारित भयो भने एउटा उच्च जाति -खत्री) मा उत्पन्न सन्त अछुत लालोको घरमा बास बसेका छन र उसैले पकाएको खान्छन पनि। यो समाचार त्यस गाउंका मुखिया मालिक भागोले पनि सुने। त्यसै दिन उनीकहां एउटा ठूलो भोजको आयोजन थियो, त्यसैले नानक देवकहां पनि उनले निमन्त्रण पठाइदिए। निमन्त्रण पुर्याउन गएका व्यक्तिलाई बडो आश्चर्य लाग्यो जब नानक देवले भागोको असल मिर्ठाईहरूभन्दा लालोको सुख्खा रोटीलाई श्रेष्ठ बताए। समाचार सुनेपछि भागोले नानकदेवलाई आफूकहां बोलाए र आफनो भोजनको अपेक्षा लालोको रोटीहरूमा के विशेषता छ भनी सोधे।
नानक देवले भने-"निश्चय नै लालोको रोटी यी पकवानहरूभन्दा श्रेष्ठ छन र तिनमा मलाई दूध र महको पनि स्वाद आउंछ। कारण के हो भने उसले जे पनि कमाउंछ, कठिन परिश्रम गरेर कमाउंछ र त्यसैबाट केही जोगाएर यथाशक्ति खांचो परेका व्यक्तिहरूको सेवामा खर्च गर्दछ। तर तपाईं त परिश्रम गरेर केही पनि उपार्जन गर्नुहुन्न, अपितु घूस, अत्याचार र हुकुमतको डर देखाएर धन प्राप्त गर्नुहुन्छ। त्यसैले मलाई तपाईंको भोजन-सामग्री रगतमा मुछिएकोजस्तो लाग्छ।"
एकपटक नानक देवद्वारा स्थापित करतारपुरको गुरुद्वारामा एउटा भोजको आयोजन थियो। भोजन पस्किसकेपछि शिष्यहरूले भने-"महाराज १ आरम्भ गर्नुहोस्।" गुरुजीले चारैतिर हेरे अनि भने-"अहिले होइन, रोटी पकाउनेहरू त आएकै छैनन, जब उनीहरू आए तर पनि खाना सुरु गरेनन र झाडू लगाउने व्यक्तिलाई टाढा उभिएको देखेर भने-"उसलाई पनि बोलाऊ।"
यी दुवै घटना नानकदेवको महानताका नमुना हुन। बितेको पांच सय वर्षमा उनीद्वारा स्थापित सिख समुदायले जुन अपूर्व एकता, सङगठन, त्याग, बलिदानको परिचय दिएको छ, त्यसको मूलमा उपर्युक्त सत्य सिद्धान्त समाविष्ट भएर हो। वैषम्यको विषले समाजमा असन्तोष एवं अव्यवस्था उत्पन्न गर्दछ र त्यसका सदस्यहरू न्याय-मार्गमा हिंड्नुको अपेक्षा जोर-जबर्जस्ती गर्न थाल्दछन। यस्तो आर्थिक विषमता प्रायः शोषण र अपहरणको कारण नै उत्पन्न हुन्छ, त्यसैले समाजमा फुट हुन्छ र समाज अनेक टुकडामा विभक्त हुन्छ। केही मानिस निर्धन, अभावग्रस्त भएर साना ठानिन थाल्छन र अन्य केही व्यक्ति धन, सुन-चांदीको बलमा ँठूलो’ बन्न पुग्दछन। यस्तो समाज पाशविक बलको आधारमा केही समयका लागि भलै ठूलो बनोस् तर त्यसको अस्तित्व स्थायी रहंदैन। छिटै ती ठूला कहलिनेहरूमा पनि स्पर्धा र अहड्ढारको कारण खटपट हुन थाल्छ र शीघ्र नै उनको पतन हुन्छ।
गुरु नानकदेवको जन्म जुन बेला भएको थियो, त्यस बेला भारतीय समाजको अवस्था यस्तै थियो। त्यहां उंच-नीचको विष अत्यधिक व्याप्त भइसकेको थियो। अचेल हामी युरोप, अमेरिकामा एकै प्रकारको उंच-नीचको भाव देख्दछौं जुन धनमा आधारित छ, तर त्यस समय भारतमा हिन्दूहरूबीच धन, वर्ण, जाति, सम्प्रदाय, वंश आदि सम्बन्धी यति प्रकारका भेदभाव उत्पन्न भइसकेका थिए कि तिनको उपस्थितिमा एउटा सुदृढ र सक्रिय समाजको कल्पना सम्भव नै थिएन। यसैको परिणाम थियो त्यो समाज प्रतिदिन विदेशी एवं विधर्मीहरूको आक्रमणको शिकार भइरहेको थियो र त्यस बेला त स्थायी रूपले मुसलमानहरूको अधीन भएर घोर अपमान र निकृष्ट जीवन व्यतीत गरिरहेको थियो। यद्यपि त्यस समय पनि उच्च वर्ण हिन्दू आफनो समाजभित्र आफूलाई ँजगतगुरु महरि्षहरू’को वंशज भनेर धाक देखाउंदथे र मुसलमानहरूलाई यवन, म्लेच्छ आदि हीनता प्रदर्शक नामले बोलाउंदथे, तर आफूमा भएको फुट र अयोग्यताका कारण दिनरात उनीहरूको प्रहार सहन्थे। नानकजीको समयमा नै बाबरले हिन्दुस्तानमाथि आक्रमण गरे र आफूलाई र्सवश्रेष्ठ ठान्ने प्रमुख हिन्दूहरूको जुन दुर्दशा गरे त्यो देखेर गुरुजीको मन क्षोभले भरियो।
उनी सच्चा समाज-भक्त थिए र
त्यसको दोषहरूसंग राम्ररी परिचित
थिए।
हामी गुरु नानकलाई जनहितकारी मनोवृत्ति भएका सन्त भन्न सक्दछौं, मध्यकालीन सन्तहरूमा उनको स्थान निस्सन्देह अद्वितीय छ। त्यस युगमा भारतमा सन्तहरूको कमी थिएन र तिनको महत्तालाई समाजले स्वीकार पनि गर्दथ्यो, तर खेद के कुराको थियो भने उनीहरूमध्ये अधिकांशर् इश्वरका सामु दैन्यभाव प्रकट गरेर व्यक्तिगत भक्ति साधनाको उपदेश गर्ने मात्र थिए। त्यस बेलाको भारतीय समाजका सन्तहरूमा ँमो सम कौन कुटिल खलकामी’, ँमाधो, मैं पतितन को राजा’, ँरघुवर, तुमको मेरी लाज’ जस्ता दीनता र आत्मग्लानीका भावनाहरू नै बढी पाइन्थ्यो, जसको प्रभाव समाजमाथि समग्रमा राम्रो पर्दैनथ्यो। यसको साटो नानकजीले समाजको वास्तविक स्थिति र त्रुटिहरूमा ध्यान दिए र उनलाई एउटा सशक्त र कार्याक्षम सङगठन बनाउन सफलता प्राप्त हुन सक्यो।
यद्यपि उनी आफैं एकजना राजकर्मचारी -पटवारी) का पुत्र थिए र आरम्भमा साना जागीरदारहरू र पठान शासकहरूको नजिक थिए, तर उनको रीति-नीति उनलाई कहिल्यै मन परेन। उनका पिताले उनलाई खेती, व्यापार, सरकारी जागिर आदि जति काममा अल्झाए उनी कहीं पनि टिक्न सकेनन। कारण यति मात्र थियो कि त्यस समय समाजको अवस्था नै नष्ट-भ्रष्ट भइसकेको थियो र सबै मानिस ँअत्याचार गर्ने’ र ँअत्याचार सहने’ जस्तो ँपाप’ गरिरहेका थिए। यस्ता मानिस धेरै कम थिए जो यी दुवै पापबाट पृथक भएर कर्तव्यनिष्ठ भई पुण्य-मार्गमा हिंडून। गुरु नानकजीलाई समाजको यो दुरवस्था निकै बिझयो र घर-गृहस्थी, स्त्री-पुत्र, धन, सम्पत्ति सबै भएर पनि उनले र्सवस्व त्याग गरेर जनतालाई जाग्रत गर्ने र माथि उठाउनका लागि जीवनदान गरिदिए। त्यसै कारण एउटा ँपन्थ’ या ँसम्प्रदाय’ को प्रवर्त्तक भएर पनि उनी भारतीय समाजका महान नेता र मार्गदर्शक मानिन्छन। उनको उपदेश मात्र आदर्शवादी र रहस्यवादी नभएर पूर्णरूपमा व्यावहारिक र ठोस धरातलमा आधारित छन, यो उनको सबैभन्दा ठूलो विशेषता हो।
आफनो यसै उद्देश्य पूर्तिका लागि गुरु नानकजीले सदैव देश-भाषाको प्रयोग गरे। यद्यपि धेरै ँविद्वानहरू’ को दृष्टिमा यो हीनताको लक्षण मानिन्छ। गुरु नानक आफनो सिद्धान्तको प्रचार बडो सरलताले गर्दथे, यसको एउटा नमुना-
जाति का गरब न कर मूरख गवारा।
इस गरब से चलहिं बहुत विकारा।।
माटी एक सगल संसारा।
बहु विधि भांडै घडो कुंभारा।।
पंच तत्त, मिल देही का आकारा।
घट बध को करै विचारा।।
अर्थात्-"हे मूर्ख, गंवार जातिको घमण्ड छाडिदे, किनकि यसबाट धेरै खराबीहरू उत्पन्न हुन्छन। समस्त संसारमा एउटै माटो छ र कुमालेले त्यसैबाट थरीथरीका भांडाहरू बनाउंछ। यस प्रकार पांच तत्त्व मिलेर यो मनुष्य शरीरको ढांचा बन्दछ। यसमा सानो-ठूलो भनी विचार गर्नु नै र्व्यर्थ हो।"
नानकजीलाई आफनो मिशनमा पूर्ण सफलता प्राप्त भयो र उनले आफनै सामुन्ने देश तथा धर्ममा बलिदान दिन तयार मानिसहरूको एउटा सुदृढ सङगठन तयार गर्न सके। यस समुदायले सदीयौंसम्म हिन्दुत्वमाथि हुने विधर्मीहरूको आक्रमण रोक्न धेरै काम गर्यो। गुरु गोविन्द सिंहको समयमा त्यसको प्रत्यक्ष फल देखिन थाल्यो। यस दृष्टिले नानकजीले भारतीय समाजको जुन सेवा गरे त्यो बिरलै सन्तहरूद्वारा सम्भव हुन सक्यो।