प्रस, कलैया, ९ मङसिर/
कलैया-७ निवासी लालबाबु साह र उनकी आमा वसन्ती देवी बिहीवार अत्यन्त खुशी भएका छन्। उनीहरू खुशी किन नहुनु उनीहरूमाथि एक महिलालाई बेपत्ता बनाएको भनी परेको उजुरी मिथ्या साबित भएको छ। लालबाबु र वसन्ती देवीमाथि पर्सा विरञ्चीबर्वाका २० वषर्ीया मनिता साहलाई बेपत्ता
पारेको उजुरी परेको थियो।
भदौ ७ गतेदेखि बेपत्ता भनिने मनिता साहलाई जिल्ला प्रहरी कार्यालय, बाराले सार्वजनिक गरेपछि उनीहरूमाथि लागेको आरोप गलत भएको हो। कलैया-७ निवासी मनिताका तत्कालीन पति लालबाबु साह र उनकी सासू वसन्ती देवीले आफनो बहिनीलाई बेपत्ता पारेको भनी पर्सा विरञ्चीबर्वा बस्ने मनिताका दाजु लक्षमण साह कलवारले प्रहरीमा उजुरी गरेका थिए। साउन ४ गते मनिता र लालबाबुको बिहे भएकोमा दाजुलाई राखी बांध्न भदौ ७ गते कलैया घरबाट गएपछि उनको अवस्था एकाएक अज्ञात भएको थियो।
सार्वजनिक कार्यक्रममा मनिताले राजीखुशी कलैयाबाट र भारत बिहार घोडासहन निवासी दिनेश साह कलवारसंग विवाह गरेको र उनीसंगै जीवन बिताउने बताएकी थिइन्।
मनितालाई माइती गाउंकी लालसा देवीले लगेकी थिइन्। मनितालाई बेपत्ता बनाएको भन्दै बारा र पर्साका ११ वटा संस्थाले कारबाईको माग गरेका थिए। कार्यक्रममा मनिताका दाजु लक्ष्मणले बिनासित्ति निर्दोषउपर उजुरी गरेको भन्दै पछुताउ गरे। जटिल केस समाधान भएकोमा प्रहरी हरि्षत छ। मनितालाई उनका दाजु लक्ष्मणको सक्रियतामा प्रहरीको सहयोगमा सार्वजनिक गर्न सफलता पाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।