प्रस, निजगढ, ११ मङसिर/
तराइ-काठमाडौं जोड्ने द्रुत मार्गको रूख कटान मुछान कार्य सुरु हुने भएको छ। बाराको निजगढमा शनिवार संयन्त्र गठन गरी यही सोमवारबाट द्रुत मार्गभित्र छपान भइसकेका रूखहरू कटान मुछान कार्य तीव्रगतिमा बढाइने संयन्त्रका संयोजक बारा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी सुन्दरराज अर्यालले जानकारी गराएका छन्।
वन मन्त्रालयको निर्देशनमा गठन गरिएको संयन्त्रले बाराको निजगढबाट दु्रत मार्गमा पर्ने रूखहरूको कटान मुछान कार्य गर्ने भएको छ। गठित संयन्त्रमा जिल्ला प्रशासन कार्यालय बाराको संयोजकत्वमा जिल्ला विकास समिति बारा, जिल्ला वन कार्यालय बारा, इलाका वन कार्यालय निजगढ, दु्रत मार्ग आयोजना प्रमुख र दु्रत मार्ग भएर जाने सामुदायिक वन अर्न्तर्गतका कछाडिया सामुदायिक वन समूह, नागमणि सामुदायिक वन समूह, बकैया सामुदायिक वन समूह, जनहित सामुदायिक वन समूह र बागभैरव सामुदायिक वन समूहसहित सदस्य हुने गरी संयन्त्र गठन गरिएको छ।
दु्रत मार्गले बारा, मकवानपुर र ललितपुर हुंदै छिचोल्ने मार्गको बारामा मात्र करिब १२ किलोमिटर वन क्षेत्र पर्ने आयोजनाका प्राविधिक सल्लाहकार राजेन्द्रमान भण्डारीले जानकारी दिएका छन्।
बारामा मात्र ५ वटा सामुदायिक वन र राष्ट्रिय वन दु्रत मार्गमा पर्ने जिल्ला वन कार्यालय बाराले जनाएको छ। दु्रत मार्ग कार्य २०६७ जेठबाट सुरु भए पनि कटान मुछान कार्य यही साउन ४ गते रोकिएकोे थियो। यही असोज ५ गते मन्त्रिपरिषद्को निर्णयले जङगल कटान मुछान कार्य रोकिंदा द्रुत मार्गको कार्यसमेत अवरुद्ध भएको थियो।