Posts

Showing posts from November, 2010

माओवादी खोक्रो राष्ट्रवाद देखाउंदै छ-कटुवाल

Image
प्रस, पर्सा, १३ मङसिर/     नेपाली सेनाका पूर्व सेनापति रूकमाङगत कटुवालले माओवादीले भारतविरोधी मानसिकता देखाएर खोक्रो राष्ट्रवादको प्रदर्शन गरेको आरोप लगाएका छन्। राष्ट्रवादी संयुक्त मोर्चाको प्रथम अञ्चलस्तरीय भेलाको आज वीरगंजमा उद्घाटन गर्दै पूर्व सेनापति कटुवालले नेपालमा राष्ट्रिय स्वार्थ हेर्ने नेताको खांचो रहेको औल्याए। उनले विश्वमा सेनाले प्रजातन्त्रको रक्षा गरेको उदाहरण नभएपनि नेपाली सेना त्यसको उदाहरण बनेको बताएका थिए। नेपालमा सेनाले प्रजातन्त्रको रक्षा गरेको उनले दाबी गरे।     कटुवालले माओवादीका दुइ चारजना नेताको कारण शिविरमा रहेका लडाकूहरूको जीवन बर्बाद भइरहेको बताए। उनले लडाकूहरूको चार वर्ष खेर गएको बताउंदै माओवादी जीवनभर युद्ध लड्ने र गृहयुद्ध मचाउने योजनामा रहेको आरोप पनि लगाए। नेपालको एकीकरणमा बडा महाराजाधिराज पृथ्वी नारायण शाहको योगदानको चर्चा गरेका थिए। उनले आफू वीरगंजमा कुनै वादको पक्षमा लागेर नआएको स्पष्टीकरण दिंदै आफू राष्ट्रवादी, नेपालवादी र प्रजातन्त्रवादी भएको हुंदा सोही अनुरूप बुझिदिन खासगरी सञ्चारकर्मीहरूलाई आग्रह गरेका थिए।     कटुवालले व्यक्तिगत स्वार्थलाई ति

पर्सा क्रिकेटमाथि बाराको विजय

प्रस, कलैया, १३ मङसिर/     कलैयामा सञ्चालित क्षेत्र स्तरीय १९ वर्ष मुनिको क्रिकेट प्रतियोगिताको उपाधि बाराले हात पारेको छ। सिद्धेश्वर खेल परिसरमा हालै सम्पन्न फाइनलमा बाराले पर्सालाई ५७ रनले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको बाराले अमित श्रेष्ठको २५ रन र जटाशङकर र्सराफको ३२ रनको मदतले एकसय १७ रन बनायो।     पर्साका अविनाश कर्ण एवं हासिमले दुइ विकेट हासिल गरे। जवाफी ब्याटिङमा ओर्लेको पर्सा ६० रन बनाई मैदानबाट बाहिरियो। बाराका विवेक दलीले पांच विकेट लिए। उनलाई म्यान अफ द म्याच रोजियो। प्रतियोगिताको उत्कृष्ट बलरमा अविनाश कर्ण, उत्कृष्ट ब्याटसम्यानमा सुरज पटेल तथा म्यान अफ द सिरिजमा हासिम हवारी घोषित भए। विजयी टिम तथा खेलाडीलाई बारा जिल्ला क्रिकेट सङघका सचिव उदित गुप्ताले पुरस्कार वितरण गरेका थिए।

हरियो काठ, दाउरा चोरी तस्करी रोकिएन

Image
-जीतलाल श्रेष्ठ/निजगढ वनजङगल क्षेत्रबाट दाउरा काठ ओसारपसारमा सरकारले प्रतिबन्ध लगाएपनि काठ तस्करहरू दैनिक सयौं साइकल हरियो दाउरा चोरी-पैठारी गर्दै आएका छन्। बाराको राष्ट्रिय वन, सामुदायिक वन क्षेत्रबाट दैनिक उल्लेखनीय मात्रामा काठ-दाउरा चोरी निकासी हुंदै आएको छ। पूर्व-पश्चिम लोकमार्गको निजगढ-पथलैया सडकखण्ड हुंदै दैनिक तस्करहरूले दिनदहाडै साल, सिसौंलगायत हरियो गिन्डा, दाउरा अनियन्त्रितरूपमा चोरी गर्दै आइरहेपनि नियन्त्रण हुन सकेको छैन।     सरकारले वनजङगल पस्नसमेत निषेध गरेपनि तस्करहरू हरिया लाथ्रा काटी दाउरा बनाउंदै चोरी गरिरहेकै छन्। जिल्ला वन कार्यालय, बारा मातहत रहेको विभिन्न इलाका वन कार्यालय तथा पोस्टका कर्मचारीहरूको निगरानी नपुगेकै कारण साइकल तस्करहरू राजमार्ग नैं ढाकिने गरी निर्धक्क हरियो काठ, दाउरा तस्कर गरिरहेका प्रत्यक्षदर्शीहरू बताउंछन्। पेशेवर काठ, दाउरा चोरी गर्ने गिरोह दक्षिणी भेगबाट आई राजमार्ग छिचोली चुरे पहाडको फेदसम्म पुगी काठ-दाउरा लैजाने गरेका छन्।     रातभरि हरियो काठ, लाथ्रा ढाल्ने र ओसारपसार गर्नेसमेत गरेको स्थानीय स्रोतले जनाएको छ। राजमार्गको बालगङगा, दुधौरा, पि

दरबन्दी ७, चिकित्सक एकः 'रिफर सेन्टर’ बन्दै हेटौंडा अस्पताल

Image
रामशरण पुडासैनी/हेटौंडा .     मकवानपुरको एकमात्र सरकारी हेटौंडा अस्पतालमा एकजना पनि विशेषज्ञ डाक्टर नहुंदा उपचारमा समस्या परेको छ।     दरबन्दीमा रहेका दुइजना विशेषज्ञ डाक्टर लामो समयसम्म अनुपस्थित रहंदा उपचारमा समस्या परेको हो। स्त्रीरोग विशेषज्ञ डाक्टर सुरेन्द्र चौधरी मकवानपुर नै नआई बारा गएका छन् भने बालरोग विशेषज्ञ डाक्टर नारायणबहादुर थापा लामो बिदा लिएर भरतपुर गएपछि हेटौंडा अस्पताल विशेषज्ञ-डाक्टरविहीन भएको हो। चौधरी जिल्ला स्वास्थ्य कार्यालय, बारामा प्रमुखको रूपमा कार्यरत छन्। क्षेत्रीय अस्पतालको बोर्ड झुन्ड्याइएपनि सरकारले यस अस्पताललाई दुइजना विशेषज्ञसहित ७ जना चिकित्सकको दरबन्दी दिएको छ।     अहिले अस्पतालमा जिल्ला स्वास्थ्य कार्यालयको प्रमुखको रूपमा कार्यरत मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामलखन साहबाहेक कुनै पनि दरबन्दीका मेडिकल अफिसर कार्यरत छैनन्। जसका कारण सामान्य बिरामीसमेत भरतपुर वीरगंज, काठमाडौंलगायत स्थानमा रिफर गर्न अस्पताल बाध्य छ।     अस्पतालमा स्त्रीरोग, बालरोग विशेषज्ञ, मेडिकल अफिसर तीनजना, नर्सिङ सुपरभाइजर एकजना, एक्सरे रेडियोग्राफी, अहेब एकजनाको पद रिक्त रहेको छ।

मधेसको गाउंले एकताको नमुना गाउं सर्लाहीको पिडारी

-अधिवक्ता वीरेन्द्रप्रसाद यादव .     मधेसको यतिखेरको प्रमुख समस्या छ नागरिक-नागरिकबीच एकता कायम हुन नसक्नु। २०४६ साल पूर्व सामाजिक एकताको फलस्वरूप प्रायः सामाजिक कार्य, आर्थिक सहयोग र  श्रमदानले हुने गरे पनि यतिखेर सानोभन्दा सानो काममा नागरिक सहभागिता हुन छोडेको छ। र्सार्वजनिक सरोकारका चीज-वस्तु नासिंदा-मासिंदा पनि सामूहिक रोकथाम भइरहेको देखिन्न। २०४६ साल पूर्व कृषिको निम्ति बर्सेनि खोलामा बांध बांध्ने, कुलो-पैनी सफा गर्ने, बाटोघाटो निकाल्ने मरम्मत सम्भार गर्ने, कुवां इनार सरसफाइ गर्ने, मठ मन्दिर पर्ति गौचरनलगायत र्सार्वजनिक सम्पत्ति संरक्षण गर्ने, चार्डपर्वमा नाटक खेलेर परम्परा र संस्कृति संरक्षण गर्नेलगायत कार्य सामूहिक सहयोग र श्रमदानबाट हुंदै आएको थियो। यतिखेर यो सबै गतिविधि नष्ट मात्र भएका छैनन् सरकारी स्वामित्वका नहर र वनजङगल अतिक्रमण हुंदा कसैले रोकछेक गर्दैन। कुंवा-इनार त संरक्षणबेगर सखाप नै भएका छन्। एकताबेगर मधेसका कतिपय संस्कृति लोपोन्मुख छ। गैसस र स्थानीय निकायले बीसौं हजार लगानी गरेर पानी धारा गाडिदिएपनि त्यसमाका एउटा नट खराब भयो भने सामूहिक सहयोगले लगाउन सकिन्न।     २०४६

जारी छ महिला हिंसा

    विरोधाभास मानव जीवनको अभिन्न विशेषता हो।  यो प्राकृत छ भने चिन्ताको विषय होइन, अध्ययन र त्यसमाथि विजय पाउने अवसर हो तर मानवकृत हो भने चिन्तित हुनुपर्ने कारण बन्दछ। हामीले एउटा बानी बसालेका छौं प्रत्येक विकृति-विसङगतिविरुद्ध आवाज उठाउने, गर्न चाहिं केही नगर्ने। अन्यथा जुन समाजमा महिला हिंसाविरुद्ध सम्पूर्ण सरकार लागेको छस नेपाल र नेपालीको भलो सोचेर नेपाली समाजलाई प्रगतिशील बनाउन तन-मन-धनले सहयोग गर्ने दातृ राष्ट्र र दातृ संस्थाहरू लागेका छन्, संविधानसभामा थुप्रै महिला प्रतिनिधिहरू छन् जो अहर्निश महिला कल्याणमा होमिएका छन् र संविधानमा महिलाहित मात्र समावेश गर्न प्रतिबद्ध छन्, असङख्य राष्ट्रिय र अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरू छन्, जसको मानौं जीवन नै महिला हिंसाविरुद्ध समर्पित छ, त्यसै समाजमा महिलामाथि दर्ुदमनीय हिंसा भइरहेको छ। दोस्री पत्नी भित्र्याउने ध्येयले पहिलीलाई मार्ने चेष्टा गरिन्छ। विष ख्वाउने प्रयत्न गरिन्छ, हातखुट्टा बांधेर नृशंस कुटपिट गरिन्छ, राज्यीय निकाय चाहिं प्रमाण नपाएर कारबाई गर्न सक्दैन।     वीरगंजको मध्यभागस्थित रानीघाटमा नेहा रौनियारलाई मानव सेवामा कार्यरत एक

षड्यन्त्रपूर्वक प्रधानाध्यापकमाथि दुर्व्यवहार भएको छानबिन समितिको प्रतिवेदन र्सार्वजनिक

Image
प्रस, वीरगंज, १२ मङसिर/     नेपाल राष्ट्रिय विद्यापीठ उच्च माध्यमिक विद्यालय, श्रीपुरका प्रधानाध्यापकमाथि षड्यन्त्रपूर्वक दुर्व्यवहार गरिएको आज खुलासा भएको छ।     विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दरप्रसाद कुर्मीले रिपोर्र्टर्स क्लबद्वारा आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शङकरकुमार कर्ण निर्दोष भएको बताउंदै भनेका छन्- "घटनामा प्रधानाध्यापकले केटी पक्षलाई अपशब्द बोलेको अवस्था देखिएको छैन।"     गत ५ गते आइतवार प्रधानाध्यापक कर्णसंग अमित गिरीलगायत केही व्यक्तिले दुर्व्यवहार गरेका थिए र घटनाका दिन उनीहरूले प्रधानाध्यापकले केटीलाई अपशब्द बोलेको आरोप लगाएका थिए।     घटनापछि सत्यतथ्य जांच गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुर्मीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन भएको थियो। समितिका सदस्यहरूमा जुमाद्दिन शेख हवारी, जन्नत अन्सारी, मीरा प्रधान, अशोकप्रसाद साह, फजिल मियां तेली र रेणुका मिश्र रहेका थिए।     उक्त समितिले आज आफनो प्रतिवेदनमा केटी पक्षका अमित गिरीलगायत संलग्न समूहले प्रधानाध्यापकसंग जुन व्यवहार गरे र घटनापूर्व मिडिया त्यह

वीरगंजमा महिला हिंसाविरुद्ध १६ दिने कार्यक्रम यही एउटी महिलालाई कुटेर दांत झारियो

Image
प्रस, पर्सा, १२ मङसिर/     दोस्रो पत्नी ल्याउने पतिको प्रस्ताव अस्वीकार गरेपछि वीरगंजमा एक महिला चरम यातनाको शिकार बनेकी छन्। चरम यातनाको शिकार हुने वीरगंज रानीघाट निवासी राजबाबू रौनियारकी पत्नी नेहा रौनियार हुन्। लामो समय यातनाका शिकार बन्दै आएकी नेहा आज न्यायका लागि जिल्ला प्रशासन कार्यालय पर्सा पुगेकी थिइन्।         भारत छपरा गारवा गांधी चोक जन्मेकी नेहाको छ वर्षपहिले सामाजिक परम्पराअनुसार राजाबाबूसंग बिहे भएको थियो। पछि राजाबाबूले लागूपदार्थ प्रयोग गर्न थाले र विजाम पुनर्स्थापन केन्द्रमा भर्ना गराएपछि उनी ठीक भएको नेहाले बताइन्। ठीक भएपछि एक प्रतिष्ठित एनजीओमा काम पनि पाए। काम पाएपछि जीवन सुखमय भयो भनेर खुशी थिएं तर खुशी लामो समयसम्म रहेन। त्यही संस्थामा काम गर्ने एक युवतीको चक्करमा फसेर दोस्रो पत्नी बनाइ भित्र्याउने सुरमा यातना दिन थाले। पटक-पटक विष खुवाउने टाउकोमा बियरको बोतल प्रहार गर्ने र कुटपिट गर्दा दांत भांचिको दुखेसो प्रजिअ नागेन्द्र झासमक्षा बताइन्। पतिसंगै सासूले पनि पिट्ने, ससुराले अनैतिक सम्बन्ध राख्न खोज्ने गर्दा सहन नसकेर प्रशासनको शरणमा पुगेको बताइन्।     बितेको बि

एउटा धाराबाट सय घरपरिवार पानी खान बाध्य

Image
-दिवाकर भण्डारी/पथलैया बारा डुमरवाना-७, टांगिया बस्तीका करिब सय घरपरिवार एउटै धाराबाट पानी उपभोग गर्न बाध्य छन्।     बस्तीमा पानीको सुविधा सहज नभएको कारण करिब सय घरका बासिन्दा एउटै ट्युबवेलबाट पानी खान बाध्य भएका हुन्। उनीहरूले पानीका लागि घन्टौं पालो कुर्नुपर्ने बाध्यता भोगिरहेका छन्।     "एक गाग्रो पानी थाप्न घन्टौं कुर्नुपर्छ", स्थानीय पूर्णबहादुर मगरले भने "नत्र पालो पाइंदैन।"     एउटै धाराबाट धेरै घरपरिवारका बासिन्दाले पानी उपभोग गर्नुपर्ने भएका कारण पालो पर्खेर मात्र पानी भर्नुपर्ने बाध्यता रहेको मगरले सुनाए।     गाउंमा पानीको सुविधा नभएका कारण रेडक्रसले निर्माण गरिदिएको उक्त ट्युबकलमा बिहान ४ बजेदेखि राति ८ बजेसम्म पानी भर्नेहरूको भीड लाग्नेगरेको स्थानीय बासिन्दा बताउंछन्। रेडक्रसको सहयोगमा निर्माण भएको बस्तीकै अर्को ट्युबकल बिग्रिएको दुइ वर्षहुंदासम्म पनि मरम्मत हुन नसकेकोले एउटै ट्युबकलमा भीड लाग्ने गरेको हो।     "बस्तीकै अर्को ट्युबकल ब्रि्रेको दुइ वर्षति भइसक्यो", पानी भर्नका लागि पालो पर्खंदै गरेका शङकर सुन्दासले भने-"त्यसको मरम्मत ह

सुरक्षाकर्मी नगरको सरसफाई गरी नाम कमाउंदै

Image
-आरके पटेल/वीरगंज     जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइ र सुरक्षाकर्मीहरूको सहयोगमा आज जिल्लाका सदरमुकाम वीरगंजको  विभिन्न स्थानमा सरसफाइ भएको छ।  नेपालका विभिन्न स्थानमा  लामखुट्टेबाट सर्ने डेंगुलगायत विभिन्न रोग देखापरेपछि नगरवासीको सुरक्षा मध्यनजर गरी वीरगंजको  पुरानो बसपार्क र घण्टाघर चोक तथा विपिन उद्यानको सरसफाइ गरिएकोे छ। वीरगंज केन्द्रमा रहेको पुरानो बसपार्क र बिपि उद्यान अत्यधिक फोहर भएको र नगरवासीमा लामखुट्टेजन्य रोग सर्ने खतरा बढ्दै गएको कारण लामो समयदेखि घरटहरा बनाई बसेको घर-टहरा हटाइए पनि ती  स्थानको सरसफाइ भएको थिएन। सो  ठाउंमा फोहरको डुंगुर व्यापक मात्रामा देखा परेकोले सरसफाइ गरिएको प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले बताएका छन् । पुरानो बसपार्कमा पार्किङस्थल  र वीरगंज माईस्थानमा लाग्ने र मीना बजार बिपि उद्यानमा सारिने भएको कारण पनि दुवै स्थानको विशेष तरिकालेे सफाइ गरिएको प्रजिअ झाले जानकारी दिए। मीनाबजार एवं बसपार्कको निर्माण कार्य तत्कालै सुरु हुने भएको कारण मीना बजारलाई केही दिनभित्रै बिपि उद्यानमा सारिने योजना रहेको प्रजिअ झाले बताए। सफाइ कार्यक्रममा कालीगंज गण

खरिद व्यवस्थापन

-इ. गोपाल श्रेष्ठ खरिद व्यवस्थापन एउटा चुनौतीपूर्ण काम हो। चुनौतीपूर्ण काम भएकोले नै हाम्रो देशमा बृहत् राशि खर्च हुने खरिदका कामहरू हुन सकेका छैनन्। उदाहरणको लागि नेपाल वायु सेवा निगमको जहाज खरिद गर्ने काम। एउटा उच्च व्यवस्थापन जान्छ, अर्काे आउंछ तर जहाज खरिद हुंदैन। तर अचम्मको कुरा(हाम्रो देशको नेपाल वायुसेवा निगम संग न्यून सङख्यामा जहाज रहे तापनि यति ठूलो कम्पनी अस्तित्वमा छ। जहाज किन खरिद गर्न सकिएन त भनेर हामीले सूक्ष्म विश्लेषण गर्दा जे पाउंछौ त्यो नै खरिद व्यवस्थापनको चुनौतीपूर्ण अदृश्य पाटो हो। यो अदृश्य पाटोको कुशल व्यवस्थापन गर्नु चानचुने कुरा होइन। यसका लागि समन्वयात्मक भूमिका खेल्न सक्ने बलियो व्यक्तित्व चाहिन्छ। कारण प्रस्ट छस जहाजको खरिद मूल्य अर्बौं रुपियां पर्छ, अनि एक डेढ प्रतिशत कमिशनले पनि करोडौं रुपियां कमिशनको चलखेल हुन्छ। यो चलखेलको व्यवस्थापन कुशलतापूर्वक गर्‍यो भने जहाज खरीद गर्न सकियो अन्यथा सकिएन।     जहाज खरिद एउटा प्रतिनिधि उदाहरण मात्र हो। हाम्रो देशमा ठूला-ठूला योजना/आयोजनाहरू प्राविधिक कारणले भन्दा पनि यस्तै अदृश्य कारणले थन्किन्छन्। केहीगरी कार्यन्वयनमा

तराइ-मधेसको शैक्षिक अवस्था र चुनौतीहरू-२

-अनन्तकुमार लाल दास - जनआन्दोलन ६२/६३ हुंदै मधेस व्रि्रोहसम्म आइपुग्दा शिक्षा क्षेत्रले सिकेको पाठ के हो भने पाठ्क्रममा व्यापक सुधार हुनुपछ। पाठ्यक्रम समावेशी हुनर्ुपर्छ। पाठ्यक्रम देशमा द्वन्द्व निम्त्याउने होइन, शान्ति प्रवर्द्धनकारी हुनुपर्छ। यसरी गर्दा मधेसको शैक्षिक अवस्थामा सुधार ल्याउन सकिन्छ। मधेस व्रि्रोहले शैक्षिक क्षेत्रको संशोधन होइन, परिमार्जन होइन नवलेखन खोजेको छ, किनभने मधेसले सही शिक्षा पायो भने मात्र मधेसीको सोच, व्यवहार, कार्यप्रणाली र समग्रमा हाम्रो सामाजिक पद्धतिमा सुधार हुन सक्छ। भनिन्छ जस्तो शिक्षा त्यस्तो दीक्षा। शिक्षामार्फत् नै भविष्यको मधेसी समाज उत्पादन गर्न सकिन्छ। हामीकहां देखा परेको द्वन्द्व, हिंसाको प्रवृत्ति, विभेद, विधिको शासनको उपहास, दण्डहीनताको संस्कृति सबैको कारण केलाउंदा र्सवाधिक चुकेका हामी शिक्षा क्षेत्रमा नै हौं भन्ने प्रमाणित हुन्छ।     भनिन्छ राजनीति बलियो र स्थिर भयो भने धेरै कुरा सप्रिन्छ। तर वर्तमानमा राजनीतिकर्मीहरूसंग राजनीति बाहेक मार्गचित्रहरू प्रकट भइरहेको पाइंदैन। यतिखेर मधेसमा चर्चामा रहेका नाराहरूमा समावेशी, सङघीयता, स्वायत्तता क

चोरलाई माला साधुलाई शूली

    देशमा सङमणकाल भएर हो वा नेपालीहरूमा विवेकको कमीले चोरलाई माला र साधुलाई शूली दिने चलन लोकतान्त्रिक गणतन्त्रमा पनि जारी छ। अन्तर्राट्रय दातृ संस्था वा सरकारले जुन क्षेत्रमा बढी लगानी गर्न खोज्छ त्यस क्षेत्रमा नचिताएको विकृतिहरूको बाढी आइपुग्छ। लोकतन्त्र भनेको लोकतन्त्रको अर्थ नै बुझने नागरिकको व्यवस्था हो। त्यसैले नागरिकलाई बुझने बनाउन सरकार र दातृ संस्थाहरूले अहिले शिक्षामा अपरिमित लगानी गरिरहेका छन्। तर लगानी लक्षति समूहसम्म पुर्‍याउने कुरा कति हास्यास्पद छ भन्ने कुरा बारा जिल्लाको एउटा घटनाले प्रस्ट पारिदिन्छ। बारा जिल्लाको रतनपुरी गाविस-४को रामथलीमा एउटा मञ्जुश्री प्रावि छ। त्यहांको विद्यालय भवन हावाहुरीले भत्काएको डेढ वर्षभइसकेको छ। साना विद्यार्थीहरू घाम-पानी भन्दैनन् भताभुङग विद्यालयमा पढिरहेका हुन्छन्। झन् अहिले स्यांठ चल्ने बेलामा विद्यालयमा परीक्षा पनि चलिरहेको छ। लुगलुग काम्दै आफनै घरबाट ल्याएको आसनमा बसेर उनीहरू परीक्षा दिइरहेका छन् तर सरकारी नियत यति खोटो छ कि तमाम साधन र साधन हुंदैहुंदै पनि विद्यालय निर्माण वा मरम्मत गर्न तातेन। पछि तात्यो पनि त अहिलेसम्म निर्माण कार्य

सिमरौनगढ पर्यटन विकासको रकम हिनामिना

गोकुल घोरसाइने, निजगढ, ११ मङसिर/     जिल्ला विकास समिति बाराका केही कर्मचारीहरूको मिलेमतोमा सिमरौनगढ क्षेत्रको पर्यटन विकासका लागि पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले उपलब्ध गराएको ४५ लाख रुपैयां काम नगरी हिनामिना भएको छ।     स्थानीयस्तरमा गठन गरिएको अनुगमन समितिका सदस्यहरूसंग सम्पर्क नै नगरी जिविसका कर्मचारीहरूले अमानतमा काम गरेर रकम हिनामिना गरेका हुन्। रकम अनुसारको पूरा काम नभएको जनाउंदै अनुगमन समितिका अध्यक्ष हरेन्द्र कुशवाहाले भने,"खर्च नगरी कर्मचारीहरूले पेश्की फछ्र्यौट गर्ने तयारी गरेका छन।" मन्त्रालयले जिल्लाको ऐतिहासिक र धार्मिक महत्त्वको सिमरौनगढ क्षेत्रको पर्यटन विकासका लागि जिविसमार्फ् दुइ वर्षअघि  सो रकम उपलब्ध गराएको  थियो।     जिविसले कङकाली र रामजानकी मन्दिरमा रङगरोगन र केही भागमा पर्खाल र इशरा तथा झरोखर पोखरीमा पक्की घाट निर्माणको काम मात्र गरेर रकम सिध्याएको कुशवाहाले जानकारी दिए। "दश लाख पनि खर्च भएको छैन", कुशवाहाले बताए। अनुगमन समितिले पनि खर्चको हिसाब राखेकोे र आवश्यक परे देखाउने कुशवाहाले बताए। अनुगमन समिति र जिविसबीच सो रकममध्ये १९ लाख क

दु्रत मार्ग पूरा गर्न संयन्त्र समिति गठन

प्रस, निजगढ, ११ मङसिर/     तराइ-काठमाडौं जोड्ने द्रुत मार्गको रूख कटान मुछान कार्य सुरु हुने भएको छ। बाराको निजगढमा शनिवार संयन्त्र गठन गरी यही सोमवारबाट द्रुत मार्गभित्र छपान भइसकेका रूखहरू कटान मुछान कार्य तीव्रगतिमा बढाइने संयन्त्रका संयोजक बारा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी सुन्दरराज अर्यालले जानकारी गराएका छन्।     वन मन्त्रालयको निर्देशनमा गठन गरिएको संयन्त्रले बाराको निजगढबाट दु्रत मार्गमा पर्ने रूखहरूको कटान मुछान कार्य गर्ने भएको छ। गठित संयन्त्रमा जिल्ला प्रशासन कार्यालय बाराको संयोजकत्वमा जिल्ला विकास समिति बारा, जिल्ला वन कार्यालय बारा, इलाका वन कार्यालय निजगढ, दु्रत मार्ग आयोजना प्रमुख र दु्रत मार्ग भएर जाने सामुदायिक वन अर्न्तर्गतका कछाडिया सामुदायिक वन समूह, नागमणि सामुदायिक वन समूह, बकैया सामुदायिक वन समूह, जनहित सामुदायिक वन समूह र बागभैरव सामुदायिक वन समूहसहित सदस्य हुने गरी संयन्त्र गठन गरिएको छ।     दु्रत मार्गले बारा, मकवानपुर र ललितपुर हुंदै छिचोल्ने मार्गको बारामा मात्र करिब १२ किलोमिटर वन क्षेत्र पर्ने आयोजनाका प्राविधिक सल्लाहकार राजेन्द्रमान भण्डारील

खरेल र लामालाई मकवानपुर प्रतिभा पुरस्कार

Image
प्रस, हेटौंडा, ११ मङसिर/     साहित्य सङगम मकवानपुरले मकवानपुर प्रतिभा पुरस्कारबाट शनिवार साहित्यकार देवराज खरेल र कलाकार ज्ञानभक्त लामालाई सम्मानित गरेको छ।     २०६५ सालको लागि साहित्यतर्फहेटौंडा- ५ का खरेल र २०६६ सालका लागि चित्रकलातर्फलामालाई नगद ५ हजार १ रुपैयांसहित प्रतिभा पुरस्कारबाट सम्मानित गरिएको हो। सङगमको शनिवार भएको १८१ औं नियमित साहित्य सन्ध्याका अवसरमा दुइ दशकभन्दा बढी समय साहित्य र कला क्षेत्रमा साधना गरेका दुवै सष्टालाई सो पुरस्कारबाट सम्मानित गरिएको हो।     सङगमका अध्यक्ष निमेष निखिलको अध्यक्षता तथा स्थानीय विकास अधिकारी युवराज सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। कार्यक्रममा साहित्यकारहरू आनन्दराम पौडेल, आरआर चौलागाईं, नवराज शर्मा, आरसी रिजाल, कौशल पाण्डे, रमेशमोहन अधिकारी, हयग्रीव आचार्य, भीमप्रसाद भट्टराइ, शम्भुप्रसाद बांस्कोटा, माधव भण्डारी, डा. गणेशकुमार पौडेल, रामकुमार एलन, गिरिजा अधिकारी, सम्मानित व्यक्तित्वद्वय खरेल र लामा तथा सङगमका उपाध्यक्ष श्यामकुमार बानियां, सचिव रामशरण पुडासैनीलगायतले रचना तथा मन्तव्य व्यक्त गरेका थिए।     सङगमले एक दशकबाट ज

यार्सागुम्बाबारे जानकारी

Image
    यार्सागुम्बा हिमाली क्षेत्रको उच्च भागमा पाइने बहुउपयोगी र बहुमूल्य जडीबुटी हो। यसलाई यार्चागुम्बु अथवा यार्चागुम्बा पनि भनिन्छ। तिब्बती भाषामा यार्सागुम्बाको अर्थ हुन्छ "वर्षोझार हिउंदे कीरा"। हिउंदमा हिउंभित्र कीराको रूपमा रहने र हिउं पग्लेपछि वनस्पतिको रूपमा जमीनमाथि देखिने कीरा र वनस्पति दुवैको अन्तरसम्बन्ध भएको एउटा उदाहरण हो यार्सागुम्बा।       नेपाली भाषामा यसलाई जीवनबुटी, कीराझार अथवा कीराच्याउको नामले चिनिन्छ भने संस्कृतमा जिङगणी र अङग्रेजीमा Chinese Caterpillar Fungus jf Chinese Caterpillar Mushroom भनिन्छ। यसको जमीनमुनिको भागमा पुतलीको लार्भा (झुसिलकीरा) र जमीनमाथिको भागमा लार्भामाथि उम्रने परजीवी (च्याउ) हुन्छ। यो च्याउको यस्तो प्रजाति हो, जसले आफ्नो आधा जीवनचक्र पुतलीको लार्भाभित्र नै व्यतित गर्छ। यार्सागुम्बा लार्भा अवस्थामा लाग्ने रोग अर्थात् ढुसी हो, जुन लार्भाको मृत्युपछि मात्र बाहिर उम्रन्छ।     आत्रेय संहितामा यार्सागुम्बालाई भूसञ्जीवनी भनी उल्लेख गरिएको छ। शक्तिबर्द्धन औषधि मानिने यार्सागुम्बाको प्रयोग चीनमा विगत २००० वर्षदेखि र तिब्बतमा करिब १५०० वर

विभेद र विभाजनका दुःखद पर्खाल

संसारमा अनेक जातिका प्राणी बस्दछन्। तिनका आकृतिमा क्षेत्रविशेषको आधारमा केही अन्तर पाइन्छ। तर पनि त्यस जातिको नाम एउटै हुन्छ। हात्ती, घोडा, गोरु, गदहा आदि पशु तथा मयुर, परेवा, हांस, भङेरा आदि पक्षी संसारभरि एउटै नामले चिनिन्छन्।  सांप, बिच्छी, कमिला, धमिरा आदिको पनि आ-आफना जाति छ। ती जहांसुकै होऊन् चिनिन्छन् आफनै नाउंअनुरूप। मानिस पनि एउटा प्राणी हो। ऊ संसारको कुनै क्षेत्रमा रहोस्, कुनै पनि भाषा बोलोस् अनुहारमा केही अन्तर होला तर ऊ मनुष्य नै मानिन्छ। मनुष्यको एउटा जाति छ, उसका अङग अवयव एकैनासका हुन्छन्। कहींका पनि बासिन्दा, छालाको रङग जस्तो भएपनि उसको जाति मनुष्य नै हो।        जातिको एउटा पहिचान के पनि हो भने उनीहरू आफनै वर्गमा सन्तानोत्पादन गर्न सक्छन्। जातिको भिन्नता भयो भने जोडी बन्दैन। न उनीहरू प्रणय गर्न सक्छन् न प्रजनन गर्न  समर्थ हुन्छन्। मानिसको यदि अनेक जाति भइदिएको भए उनकाबीच प्रणय सम्बन्ध बन्ने थिएन। प्रजनन गर्न सक्दैनथे। तर यस्तो अन्तर कहीं पनि देखिंदैन। मनुष्य जातिका सबै प्राणीबीच यत्किञ्चित भिन्नता रहंदा पनि यौनाचार गर्छन् र वंश वृद्धि गर्न समर्थ छन्। यस्तो अवस्थामा उनको

सरकारबाट प्राप्त रकम दाखिला नै नगरी खर्च

प्रस, पर्सा, ९ मङसिर/     वीरगंज उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत शिवदत्त भट्टर्राईले गैरकानुनी तरिकाबाट १२ करोड रुपियां खर्च गरेको रहस्योदघाटन भएको छ।     कोष तथा लेखा नियन्त्रण कार्यालयबाट गत आर्थिक वर्ष ०६६/०६७ मा वीरगंज उपमहानगरपालिका कार्यालयमा जम्मा पौने ५ करोड मात्र दाखिला भएको भेटिएपछि १२ करोड अनियन्त्रित तवरबाट खर्च भएको रहस्योदघाटन भएको हो।     कोलेनिकाबाट आएको रकम कायर्ँलयमा दाखिला नै नगरी खर्च गर्नु गैरकानुनी भएको कार्यकारी अधिकृत शिवदत्त भट्टर्राई स्वयं स्विकार्छन्। उनी भन्छन्-"लेखा अधिकृतको बदमाशी हो ।" यस्तो काम लज्जास्पद भएको उनको तर्क छ। किन सबैखाले चेकमा कार्यकारी अधिकृत र लेखा अधिकृतको अनिवार्य हस्ताक्षर हुनर्ेगर्छ। कार्यकारी अधिकृत आफू बिदामा रहंदा निमित्त बाहेक चेकमा हस्तक्षर गर्ने अधिकार प्रत्यायोजन पनि गरेका छैनन्। यो अवस्थामा लेखा अधिकृत मात्रको बदमाशी दाबी गर्नु कार्यकारी अधिकृतलाई  सुहाउंदो कुरा होइन।     भरपर्दो स्रोतका अनुसार लेखा अधिकृत र कार्यकारी अधिकृतले कार्यालयमा दाखिला गर्दा पुरानो बक्यौता लिनेहरूको भीड लाग्ने र कर्मचारीबाटै रक

बेपत्ता भनिएकी मनिता अर्कैसंग बिहे गरी बसिछन्

Image
प्रस, कलैया, ९ मङसिर/     कलैया-७ निवासी लालबाबु साह र उनकी आमा वसन्ती देवी बिहीवार अत्यन्त खुशी भएका छन्। उनीहरू खुशी किन नहुनु उनीहरूमाथि एक महिलालाई बेपत्ता बनाएको भनी परेको उजुरी मिथ्या साबित भएको छ। लालबाबु र वसन्ती देवीमाथि पर्सा विरञ्चीबर्वाका २० वषर्ीया मनिता साहलाई बेपत्ता पारेको उजुरी परेको थियो।     भदौ ७ गतेदेखि बेपत्ता भनिने मनिता साहलाई जिल्ला प्रहरी कार्यालय, बाराले सार्वजनिक गरेपछि उनीहरूमाथि लागेको आरोप गलत भएको हो। कलैया-७ निवासी मनिताका तत्कालीन पति लालबाबु साह र उनकी सासू वसन्ती देवीले आफनो बहिनीलाई बेपत्ता पारेको भनी पर्सा विरञ्चीबर्वा बस्ने मनिताका दाजु लक्षमण साह कलवारले प्रहरीमा उजुरी गरेका थिए। साउन ४ गते मनिता र लालबाबुको बिहे भएकोमा दाजुलाई राखी बांध्न भदौ ७ गते कलैया घरबाट गएपछि उनको अवस्था एकाएक अज्ञात भएको थियो।     सार्वजनिक कार्यक्रममा मनिताले राजीखुशी कलैयाबाट र भारत बिहार घोडासहन निवासी दिनेश साह कलवारसंग विवाह गरेको र उनीसंगै  जीवन बिताउने बताएकी थिइन्।     मनितालाई माइती गाउंकी लालसा देवीले लगेकी थिइन्। मनितालाई बेपत्ता बनाएको भन्दै बारा र पर्सा

क्रसर उद्योगका कारण खेतीयोग्य जमीन कटान र मरूभूमीकरण

Image
-जीतलाल श्रेष्ठ/निजगढ     चुरे पहाडको फेद नजिकै सञ्चालित क्रसर उद्योगको असर केही वर्ष पनि नबित्दै चुरे आसपासका क्षेत्र तथा तर्राईका खेतीयोग्य फांटमा देखा पर्न थालेको छ। क्रसर उद्योगका कारण अमलेखगंज-९ नयांबस्तीका करिब दुइ दर्जन गाउंलेहरूको खेतबारीमा खोला बाढी पसी कटान गरी क्षति पुर्‍याउनुका साथै जिल्लाकै दक्षिणी फांट मनहर्वा गाविसमा करिब सय हेक्टर खेतीयोग्य जमीन बालुवाले पुरी मरुभूमि बनाइदिएको छ।     क्रसरका कारण अमलेखगंज-९ का स्थानीय रामबहादुर भुलन, लालबहादुर भुलन, निशान भुम्जन, लाल सिंह भुम्जन, भीमबहादुर गोले, सोनाम सिंह तितुङ, चन्द्रमान तितुङ, वीरबहादुर तितुङ लगायत करिब २०-२५ बिघा खेतबारीमा बाढी पस्नुका साथै खेतीयोग्य जमीन कटान गरी क्षति पुर्‍याउने क्रम बढ्दो छ। चुरे पहाडबाट बारा रतनपुरी गाविसको डमरपुरस्थित शक्ति खोला भएर बग्ने ढुङग्रे खोला र राजमार्ग छोचोली बग्ने पसाह, दुधौरा, बालगङगा खोलामा आएको बाढीले सो क्षति पुर्‍याएको स्थानीय रामबहादुर भुलनले बताएका छन्।     पर्सा वन्यजन्तु आरक्षको मध्यवर्ती वन क्षेत्र र चुरे पहाड छिचोल्दै बग्ने ३ नम्बर खोलाभित्रै सञ्चालित बागमती क्रसर उद्योग

उद्योगीकरणतर्फ अग्रसर गराउने राजस्व नीति

-शीतलप्रसाद महतो     सरकारले आर्थिक वर्ष २०६७/६८ बजेटमार्फत् आन्तरिक साधन र स्रोतको अधिकतम परिचालनबाट दिगो, आत्मनिर्भर, पारदर्शी तथा स्वावलम्बी अर्थतन्त्रको विकास गर्दै मुलुकलाई उद्योगीकरणतर्फ अग्रसर गराउने ध्येयका साथ राजस्व नीति तथा कार्यक्रम ल्याएको छ।     यस बजेटको राजस्व नीतिमा करको दायरामा नआएका व्यक्ति तथा क्षेत्रहरू पहिचान गरी दायरा विस्तार गर्ने, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने उद्योगहरूलाई विशेष सहुलियतका साथ संरक्षण र संवर्द्धन गर्दै देशको अर्थतन्त्रलाई उद्योगीकरणतर्फ अगाडि बढाउने, आन्तरिक स्रोत र बाहय लगानी  आकरि्षत गर्न लगानीमैत्री वातावरण सिर्जना गर्ने र निकासी प्रवर्द्धन गरी व्यापार घाटा न्यून गर्ने उल्लेख छ।     त्यसैगरी राजस्व चुहावट, विदेशी विनिमय अपचलन र सम्पत्ति शुद्धीकरणसम्बन्धी सूचनाहरूको सङकलन र व्यवस्थापन गरी आर्थिक अपराध न्यूनीकरण गर्ने, गैरकर राजस्वको योगदानलाई समग्र राजस्व सङकलनको महत्त्वपूर्ण स्रोतको रूपमा विकास गर्ने, राजस्व प्रशासनको वर्तमान सङगठनात्मक संरचना र कार्य प्रणालीलाई समयानुकूल परिमार्जन गरी स्वच्छ, पारदर्शी, व्यावसायिक र करदातामैत्

सामाजिक कार्यमा मधेसी समाजको तुलनात्मक अध्ययन

- वीरेन्द्रप्रसाद यादव- मधेसी समाजको २०४६ को परिवर्तन अघि र पछिको अवस्था पृथक छ। २०४६ सालअघि मधेसी समाज सामाजिक कार्यप्रति जति एकबद्ध र जागरुक थियो त्यति २०४६ पछि देखिंदैन । २०४६ सालअघि स्थानीय निकायमा सरकारी बजेट त्यति नभए पनि नागरिकको आपसी सहयोग र श्रमदानबाट सामाजिक कार्य तथा गाउंको बाटो-घाटो, कुलो-पैनी, बांधलगायत विकास तदारुकताका साथ हुंदै आएको थियो। सामाजिक एकता र सदभावले गाउंको विकास मात्र भएको थिएन सामाजिक एकता र सदभाव पनि स्थापित थियो। सामूहिक सहयोगले गर्दा जात, धर्म, सम्प्रदायको खासै महत्त्व थिएन। कुनै सार्वजनिक सरोकारको कार्य सफल पार्न नेतृत्वले आह्वान गर्न मात्र पर्दथ्यो हरेक घरबाट मानिस काममा जुट्थे।     २०४६ अघि केही सामाजिक विकृति रहेपनि आपराधिक गतिविधि खासै थिएन। एकाध अपराधी बेलाबखत समाजमा देखिएपनि कानुन भन्दा पहिले समाजले नै कडा सजाय गरेर निरुत्साहित गर्दथ्यो। टाढा-टाढाका गाउंमा कुनै अपराधी घटना घटेपछि सरुवा रोग सरह गाउंमा नसरोस् भनेर सम्पूर्ण गाउंले चिन्तित भएर जागरुकता अपनाएको पाइन्थ्यो। फलस्वरूप अपराधीको न कसैले पक्ष लिने गर्दथ्यो न कुनै शक्ति संरक्षणमा लाग्थ्यो। अपर

अधिकार र कर्तव्य

-बि.एन. महतो -     अहिलेको वर्तमान अवस्थामा हाम्रो देशका सम्पूर्ण व्यक्ति -महिला,पुरुष र बालबालिका)ले आ-आफनो अधिकारको लागि अवाज उठाइरहेको देखिन्छ। तर अधिकार प्राप्त गर्नको लागि कर्तव्य पनि गर्नुपर्छ भन्ने कुरा कमैलाई थाहा छ। कर्तव्य बुझेको व्यक्तिले पनि बुझपचाइ आफनो व्यक्तिगत स्वार्थ पूरा गर्न विभिन्न गलत बाटो अपनाई विभिन्न क्रियाकलापहरू गरिरहेको देखिन्छ। जस्तै विद्यार्थी र शिक्षक, भूमिगत समूह,राजनीतिक दलका नेताहरूले जनताको अधिकार प्राप्त गराउनुको लागि सट्टा आ-आफनै स्वार्थ पूरा गर्न शिक्षा क्षेत्रमा बन्द, हडताल गर्नु, शिक्षक छनोटमा गुणस्तर नहेरी व्यवस्थापन समितिले आफनो नातागोतामा पर्ने व्यक्तिलाई जागिर दिनु, नेताहरूले संविधान बनाउन छोडेर कुर्सी बचाउ, कार्यकर्ता बचाउजस्ता कार्यहरू गरेको मात्र देखिन्छ। तर यी व्यक्तिहरू भन्ने के गरेका छन् भने हामी जनताको लागि गरिरहेको छौ। तर्सथ हरेक व्यक्ति, बालबालिकाले आफनो अधिकार र कर्तव्यबारे जानकारी प्राप्त गरी व्यवहारमा लागू गरेमा व्यक्ति, समाज र राष्ट्र शान्त, अनुशासित हुन सक्छ।     कुनै पनि एक व्यक्तिले वैधानिक वा सामाजिकरूपले मान्यता पाएको कारण ग

गरिबी र अर्थ व्यवस्था ७ प्रतिस्पर्धात्मक लाभ

वर्तमान प्रतिस्पर्धात्मक व्यापारिक युगमा व्यापार गर्ने परम्परागत पद्धतिले व्यापारमा सफलता प्राप्त गर्न गार्हो हुने मात्र होइन संगठनको अस्तित्व जोगाउन समेत कठिन हुने स्थिति सृजना भएको छ। कुशल श्रमको प्रगोग र पूँजीको मात्रमा व्यापक वृद्धि गरी ठूलो परिणामा उत्पादन गरेर बढी मुनाफा आर्जन गर्न सकिने स्थिति छैन अब। त्यसकारण अहिलेको युग भनेको पूँजीको युग होइन ज्ञानको युग हो। बढी मुनाफा गर्न धनी राष्ट्रहरुमा व्यापारीहरुले अहिले पूँजीमा होइन ज्ञानमा जोड दिइरहेका छन। ज्ञानद्वारा नै प्रतिस्पर्धात्मक लाभ (Competitive advantage) प्राप्त गर्न सकिन्छ। र प्रतिस्पर्धात्मक लाभलाई आज भोलि व्यवसायिक सफलताको साँचो मान्न थालिएको छ। प्रतिस्पर्धात्मक लाभ भनेको व्यवसायीमा रहेको त्यस्तो खास किसिकमको ज्ञान वा अवस्था हो जसको प्रयोग गरेर उसले बजारमा रहेको आफ्नो प्रतिस्पर्धीलाई जित्न सक्छ। माइकल पोर्टरले मुख्य रुपमा दुई कुराहरुलाई प्रतिस्पर्धात्मक लाभको रुपमा मानेका छन। ती दुई कुराहरु हुन –(१) लागत लाभ ( Cost advantage (२) भिन्नता लाभ (Differentiation advantage). प्रतिस्पर्धीले  विक

गरिबी र अर्थ व्यवस्था ६ आर्थिक जागरणको युग

आम नेपालीमा रहेको कामलाई सानो र ठूलो भनी हेर्ने त्रुटीपूर्ण  दृष्टिकोणलाई पनि  देशको आर्थिक विकासको बाधकको रुपमा लिन सकिन्छ। यो काम ठूलो र यो काम सानो भनी हेर्ने परम्परागत घारणाले वहुसंख्यक नेपालीलाई पिरोलेको छ र सजिलै आर्थिक विकासको पथतिर लम्किन दिइरहेको छैन। पौराणीक कालमा भएको जात वा समुदाय अनुसारको कार्यको बिभाजन अहिले पनि समाजमा विद्यमान छ, त्यसमा व्यापक किसिमबाट परिवर्तन गर्न सकिएको छैन। यथार्थमा भन्ने हो भने कुनै व्यक्तिले कुनै काम उसमा रहेको सिपद्वारा गर्ने हो, यो जातीले यो काम गर्ने वा त्यो जातीले त्यो काम गर्ने भन्ने होइन। र, काम आफैमा सानो वा ठूलो होइन पनि। समाजमा व्याप्त परम्परागत धारणाले मात्र यो कार्य ठूलो र  यो कार्य सानो भनी एउटा काल्पनिक सिमा रेखा कोरेको हो,  त्यो पनि खास गरी विकासशील मुलुकहरुमा। हुनत, पौराणीक कालमा पनि कार्यको विभाजन व्यक्तिमा भएको सिप अनुसार भएको हो र पछि मात्र ,समाज विकासको क्रममा, कार्य विभाजन जात वा समुदाय अनुसार गर्ने परिपाटिको विकास भएको हो। विकसित मुलुकहरुबाट  जाती अनुसारको काम गर्ने  धारणा हराई सक्यो भने  पनि हुन