प्रस, पर्सा, १३ कात्तिक/
जिल्ला वन कार्यालय पर्सालगायत प्रहरी र साझेदारी वनको संयुक्त अभियानले जिल्लाको ग्रामीण क्षेत्रमा जङगलसंग टांसिएका गैरकानूनीरूपमा सञ्चालित समिलहरूलाई बन्द गर्ने क्रम बढेको छ। वन, सशस्त्र, जनपद र साझेदारी वन व्यवस्थापन समितिका पदाधिकारी सदस्यहरूको संयुक्त टोलीले अवैधरूपमा गैरकानूनीरूपमा सञ्चालित समिलविरुद्ध कात्तिक १० गतेदेखि अभियान सञ्चालन गरेपछि ग्रामीण क्षेत्रमा रहेका समिल धमाधम बन्द हुन थालेका छन्।
केही वर्षदेखि पर्साको ग्रामीण क्षेत्रमा जङगलसंग टांसिएको पांच किमी क्षेत्रभित्र सरकारी नियमविरुद्ध समिल खोलेर व्यापकरूपमा जङगल फडानी गरी गुलिया काठ, फेन्टाहरू भारत तथा वीरगंजमा पुर्याउने काम हुंदै आएकोमा साझा अभियान अर्न्तर्गत छापामारी सुरु भएपछि थुप्रैले अवैध समिल बन्द गरेका छन्।
संयुक्त टोलीले अभियान छेडेर समिलविरुद्ध कारबाई तीव्र गरेपछि पर्साको सात स्थानमा रहेका समिलहरू सिज भएका छन्। कौवा वनकटैया, बागवाना, रघुनाथपुर, डौकैला बहुअरीमा रहेको सातवटा समिललाई सिज गरिएको छ। टोलीले बागवानामा समिल सिज गरेपछि अन्यत्रका समिलहरू हटाउन सञ्चालकले कार्य सुरु गरेपछि केही स्थानमा टोलीले अवैध गैरकानूनी समिललाई सिज गर्न सफल भएको हो।
यसक्रममा टोलीले केही सामानहरू पनि नियन्त्रणमा लिएको छ। स्रोतले जनाए अनुसार डोकैला बहुअरीमा दुइवटा, रघुनाथपुरमा एउटा, बागवानामा एउटा, पिडारीगुठीमा एउटा, कौवा वनकटैयामा एउटा समिललाई सिज गरिएको बताइएको छ। पर्सामा दुइ दर्जनको सङख्यामा गैरकानूनीरूपमा समिल सञ्चालन भएको वन कार्यालयले जनाएको छ।