प्रस, जीतपुर, १२ कात्तिक/
गाविस भवानीपुर जीतपुर-६ स्थित बकुलिया भवानीपुरको दोस्रो गोल्ड कप फूटबल प्रतियोगिताको ९ औं दिनको खेलमा आज भारत, नरकटियागंजका महिला खेलाडी दुइ गोल गरी विजयी भएका छन् ।
जन कल्याणकारी युवा क्लब बाराको आयोजनामा सञ्चालित बकुलिया भवानीपुर-६ को दोस्रो गोल्डकप फूटबल प्रतियोगितामा आज ९ औं दिनको खेल नरकटियागंजका महिला खेलाडी समूह र सिमरा बाराका महिला खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । जसमा शून्य गोलको विरुद्ध दुइ गोलले नरकटियागंज विजयी भएको छ ।
उक्त खेलमा नरकटियागंजबाट जर्सी नं. १० की खेलाडी नेहा राशले खेलको मध्यान्तरपछि चौथो मिनेटमा प्लान्टीको अवसर पाई पहिलो गोल गरेकी थिइन् र सोही मध्यान्तरपछिको २५ औं मिनेटमा नेहा राशले नै अर्को गोल गरी टीमलाई जित हासिल गराइन् । उनी खेलको उत्कृष्ट खेलाडी बनी म्यान अफ दि म्याच घोषित भइन् ।
नेहा राश तथा उक्त टिमलाई प्रमुख अतिथि जगदम्बा स्टिल इन्डस्टि्रज प्रा.लि.का निर्देशक पवनकुमार गुप्ताले पहिलो पुरस्कार ट्रफी, सिल्ड र मेडल वितरण गरेका थिए भने अर्का अतिथि नेपाली काङ्ग्रेसका कान्छा नेता श्यामबाबू गुप्ताले सिमरा टीमलाई द्वितीय पुरस्कार सिल्ड तथा मेडल वितरण गरेका थिए ।
भोलि अन्तिम दिनको फाइनल खेल एफसी इन्टरनेट हेटौंडा र मजदुर शहीद स्मृति क्लब काठमाडौंबीच हुने गोल्डकप फूटबल प्रतियोगिता समितिका सचिव राजेन्द्र चौधरीले बताए ।