प्रस, निजगढ, १३ कात्तिक/
प्राकृतिक स्रोतसाधन व्यवस्थापन समितिले खोलानाला तथा बगरबाट ढुङगा, बालुवा उत्खनन् गर्न र झिक्न रोक लगाउंदै आए पनि प्राकृतिक ढुङगा उत्खनन् कार्य अझै पनि रोकिएको छैन। बाराको उत्तरी भेगस्थित चुरे पहाडबाट बग्ने करिब एक दर्जन साना ठूला खोलाबाट र चुरे पहाडको फेदबाट दिनहुं सयौं ट्रयाक्टर प्राकृतिक ढुङगा चोरी तस्करी हंुदै आइरहेको स्थानीय सचेत नागरिकले जानकारी दिएका छन्।
यसरी कानुनविपरीत निकालिएको ढुङगा खोलाबगरनजिकैको राष्ट्रिय वनजङगल क्षेत्रमा सङकलन गर्दै सरकारी जमीन कब्जामा लिंदै आए पनि जिल्ला वन कार्यालय मौन रहंदै आएको छ। बाराको लाल रतनपुरी, निजगढको लालबकैया खोलानजिकैको वन क्षेत्र, भरतगंज सिगौलको खोलाबगरको वन क्षेत्र, राजमार्ग अर्न्तर्गतको पसाह, बालगङगा, दुधौरा खोला पुलनजिकैका वनजङगल क्षेत्रमा निर्वाधरूपमा महिनौं दिनदेखि ढुङगा सङकलन गरिंदै आएपछि वन क्षेत्रमा हर्ुर्किएका विभिन्न प्रजातिका हजारौं बोटबिरूवाको नष्ट हुने क्रम बढ्दो छ ।
यसरी अवैधरूपमा थुपारिएका ढुङगाले लगभग ३० हेक्टरभन्दा पनि बढी बाराको राष्ट्रिय वनजङगल ओगटी बोटबिरूवा हुकनलाई समेत बाधा पुगी रहेको नाम नछाप्ने र्सतमा एक वन कर्मचारीले बताए।
उनले स्रोत गोप्य राख्न जनाउंदै भने- वनजङगल क्षेत्रमा सङकलन गरी ढुङगा राखेवापत इलाका वन हुंदै जिल्ला वनका प्रमुखहरूले समेत ढुङगा ठेकेदारहरूबाट रकम असुल्ने गरेको छ। यसरी कानुनविपरीत वनजङगल क्षेत्रमा ठूलो मात्रामा ढुङगा सङकलन गरी राखिएको बारे आफूलाई यथार्त् जानकारी नभए पनि यसबारे बुझी आवश्यक कारबाई अघि बढाउने भर्खरै केही साताअघि आएका जिल्ला वन कार्यालय बाराका प्रमुख कृष्णराज बासुकलाले बताएका छन्।