-कुमार रुपाखेती जसरी मुलुक फोहरी राजनीतिमा चुर्लुम्म डुबेको छ, त्यसरी नै मुलुकमा ठूल्ठूला शहरका चोक र गल्लीहरूमा डुङगुरका डुङगुर फोहर देखिन थालेको छ। राजधानी काठमाडौंका सडकहरूमा असरल्ल देखिएका फोहरहरू वर्णन नगरिसक्नु छ। फोहरकै कारणले बटुवाहरू राजधानीमा नाक थुनेर हिंड्नुपर्ने, डेंगु र हैजाजस्ता रोगहरूले प्रश्रय पाउन थालेका छन्। अरू ठाउंको कुरा किन गर्ने - हाम्रो वीरगंज नगरी नै फोहरका निम्ति पर्याप्त उदाहरण बनेको छ। नेपालको प्रवेशद्वार भनिने यो शहर कुनै बेला सरसफाइका खातिर नेपालभरि नै प्रख्यात थियो। तर अहिले यो शहरको मूल सडक, सहायक सडक र पानी बग्ने नालाहरूको घिनलाग्दो हविगत देख्दा बान्ता आउन खोज्छ। नगरपालिकाबाट उपमहानगरपालिकामा पदोन्नति हुंदा वीनपाको कर्मचारी सङख्या र आम्दानी दुवै वृद्धि भएको थियो। वीरगंज उपमहानगरपालिकामा सरसफाइ हर्ेर्ने सयकडौं कर्मचारी छन्, छुट्टै सरसफाइ फांट र सरसफाइ हेर्ने हाकिम पनि छन्। तर पनि शहर फोहरले आक्रान्त, भयाक्रान्त छ। वीरगंज शहर दिनानुदिन ठूलो हुंदैछ, जनसङख्या बढ्दै छ, फोहर पनि बढ्दै छ। तर सफाइ कर्मचारीसंग न शहर सफा गर्ने आधुनिक औजारहरू नै छन्, न कुनै नयां तरिका। शहरको नाला सफा गर्ने र फोहर उठाउने कामलाई "नर्क उठाउने" काम पनि भन्न सकिन्छ। नगरका बासिन्दाहरूले फालेका फोहर, जूठो, फोहर सफा गर्ने, हामी बस्ने शहरलाई सफासुग्घर राख्ने, एकाबिहानैदेखि हातमा कुचो -झाडू) र कोदालो बोकेर हिंड्ने सफाइ कर्मचारीहरूलाई सानो एवं छुवाछुतजस्ता हेय -घृणा) को दृष्टिले हर्ेर्ने कुरीति पनि छ। बिहानैदेखि झाडू बोक्नेलाई आकर्षक तलबभत्ता पनि छैन। अनि कसैले निकाल्न नसक्ने स्थायी जागिर भएका यस्ता कुचिकारहरू पनि ढिट -निडर) भैसकेका छन्। तोकिएको काम नगरे पनि मासिक तलब कसैले हर्न सक्दैन, तलब पाकी हाल्छ त्यसैले यिनीहरू पनि बरू कार्यालय समयमा नै "नगद" पाउने ठाउंमा, नगदी आउने काममा सक्रिय रहन्छन्।
कुचो बोक्नेहरू साना जात होइनन् भन्ने चेतना नगरवासीमा जरूरी छ। अनि राजाको काम कहिले जाला घाम भन्ने प्रकृति पनि कार्मचारीहरूले त्याग्नु जरूरी छ। तर यसो हुन नसकेकाले हामी दुर्गन्धित र रोग व्याप्त शहरमा बस्न बाध्य छौं। केही निरास र सचेत नागरिकहरू बाध्य भई आफनो टोल, समाज मिलेर सरसफाइ गर्न गराउन थालेका छन्। विभिन्न वडामा रहेका टोल सुधार समितिहरूले स्थानीयसंग निर्धारित शुल्क उठाउंदै बत्ती, सडक, धारा र सरसफाइजस्ता कामहरू गर्न गराउन थालेका छन् तर सरसफाइको जिम्मा लिएको, करोडौं बजेट भएको वीरगंज उपमहानगरपालिका आन्तरिक र बाह्य कमाइदार गिद्धहरूको सिनो र दुहुनो गाई साबित हुंदैछ। तर्सथ शहरलाई फोहरमुक्त राख्न कुचो बोक्ने शहर सफा गर्ने कर्मचारीहरूलाई सम्मानको दृष्टिले हेर्नुपर्ने, उनीहरूलाई सफाइको आधुनिक उपकरण उपलब्ध गराउनुपर्ने, सुविधा बढाउनुपर्ने अनि कडाइका साथ आफनो कर्तव्य र जिम्मेवारी बोध गराउनु नितान्त जरूरी छ। अन्यथा अब भोकले होइन रोगले मर्ने देखिन्छ। झन् आजकाल शहरहरूको विकासको क्रममा ठूला-ठूला ५-१० तल्ले घर बनेका छन्, यस्ता एउटा-एउटा आलिशान भवनहरूबाट क्वीन्टलका क्वीन्टल फोहर बाहिर सडकमा फाल्ने चलन बढेको छ। समयमै ध्यान नपुर्याउने हो भने एकदिन हामी फोहरको डङगुरले छोपिने र रोगले अकाल मृत्युवरण गर्ने निश्चित छ। मान्छेहरू आफनो सानो घरमा सबै सुविधा र सफाइ देख्न चाहन्छन् तर बाहिरी वातावरणप्रति उनीहरू सचेत देखिंदैनन्। यो उपमहानगरपालिकाका थुप्रै वडाहरूमा आज पनि नालामा हग्ने, हगाउने, सडकमै खाने, सुत्ने, गाईवस्तु बांध्ने, फोहर गर्ने अधिकार पाएका छन्। यस्तो प्रवृत्ति पनि सरसफाइको बाधक देखिन्छन्। मूल सडकका व्यापारीहरूसमेत दिनभर ब्रि्री भएका सामानका खोल र प्लास्टिकहरू पसल बन्द गर्दा सडकमै हुत्याएर जान्छन्। छाडा गाईवस्तु, टमटम (टाङगाघोडा) को लिदी आदि पनि फोहरका कारण हुन्।
समग्रमा भन्नुपर्दा मुलुकको अन्यौलपूर्ण, फोहरी राजनीतिले गर्दा मुलुकको प्रत्येक क्षेत्रमा दण्डहीनताको सन्देश फैलिरहेको कुरा जिम्मेवार नेताहरूले बुझनु जरूरी छ। आफैं रांड, देशै भाडको अवस्थाबाट मुलुकलाई मुक्त गर्न अगुवाहरूले बाटो हगुवा नीति त्याग्नुपर्छ। सफा, स्वच्छ रोगरहित, भयरहित समाज हामी सबैको चाहना हो, सबैको दायित्व हो। चेतना भया।