गोकुल घोरसाइने, निजगढ बाढी पसेर हरिया रूख सुक्न थालेपछि बाराको पसाहा इलाकाको हजारौं हेक्टर घना वन कांसघारीमा परिणत भएको छ। रूख सुकेर घांस उम्रिन थालेपछि घना वन कांसघारीमा परिणत भएको हो।
पसाहा नदीको भङगालो कांट नदीमा मिसिएर जङगलमा बाढी पसेपछि जङगल कांस र सिरूघारीमा परिणत भएको छ। कांसघारी फैलिएपछि घना वन विनाश भएको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत योगेन्द्रप्रसाद साहले जानकारी दिए। "बाढीले जरामा थुपारेको माटो र बालुवाले सुकेर वन बगर बनेर कांस घांसघारीमा परिणत भएको साहले बताए।
वन संरक्षण गर्न सम्बन्धित निकायले चासो नदेखाएपछि वन विनाशको क्रम हरेक वर्ष बढ्दै गएको छ। अघिल्लो ४ वर्षदेखि यस क्षेत्रको जङगलमा पस्दै आएको पसाहा नदी नियन्त्रण गर्न सम्बन्धित निकायले चासो देखाएको छैन। सुरुका वर्षमा सानो भङगालोबाट आउने गरेको बाढी अघिल्लो वर्षदेखि पसाहा नदीको मूल धार नै जङगलबाट बग्न थालेपछि वन विनाशको क्रम बढेको हरैया गाविसका पूर्व गाविस अध्यक्ष टङगप्रसाद सुवेदीले जानकारी दिए। बर्सेनी बाढी बढेर आउंदै छ, नियन्त्रणमा कसैले ध्यान दिएको छैन"- सुवेदीले भने। बाढी नियन्त्रण हुन नसक्दा तल्लो भेगका गाविसका बासिन्दासमेत प्रभावित बनेको सुवेदीले बताए। गाउंमाथिको जङगलमा बाढी पस्न थालेपछि कांटगाउं, हरैया, बोधवन र परसौना र करैयाजस्ता बस्ती पुरिने खतरा बढ्दै गएकोले समयमैं नियन्त्रण गरिनुपर्ने सुवेदीको भनाइ छ।
बाढी नियन्त्रणको काम आफनो क्षेत्रभित्र नपर्ने भन्दै वन कार्यालयले नियन्त्रणमा चासो देखाएको छैन। नदी नियन्त्रणको काम भूसंरक्षण कार्यालयले गर्नुपर्ने वन कर्मचारीहरूको भनाइ छ। भूसंरक्षण कार्यालय सहायक राजनाराण साहले भने ठूलो रकम खर्च लाग्ने भएकोले कार्यालय एक्लैले नदी नियन्त्रण गर्न नसक्ने बताए। "धेरै रकम खर्च लाग्ने देखिएकोले दाताको खोजी भइरहेको छ"-साहले भने। युएनडिपीले पसाहा नदी नियन्त्रणमा चासो देखाएको पनि उनले जानकारी दिए।
बाढीले पुरेर विनाश भएपछि यस क्षेत्रको वनमा रहेका महत्त्वपूर्ण वनस्पति र वन्यजन्तुसमेत लोप हुने अवस्थामा पुगेका छन्। केही वर्ष अघिसम्म जिल्लाको घना वनको रूपमा चिनिने यो क्षेत्र साल, सिसौ र सतिसालजस्ता बहुमूल्य वनस्पतिको लागि प्रसिद्ध छ। बाढी पसेर जङगल क्षेत्रमा पर्ने महेन्द्र राजमार्गको सडकमा समेत क्षति पुगेको छ। बगरमा बालुवा थुप्रिएर राजमार्ग अर्न्तर्गत पर्ने काट नदीको पुल पुरिएपछि आवागमनमा समस्या उत्पन्न भएको छ।
वन क्षेत्रको उत्तरी भेगमा अमलेखगंज गाविसमा सञ्चालित क्रसर उद्योगले नदीबाट बालुवा, ढुङगा र गिट्टी निकाल्न थालेपछि पसाहा नदीको धार बदलिएर कांट नदीमा मिसिएर केही वर्षदेखि जङगलमा बाढी पस्न थालेको हो। क्रसर उद्योगहरूले जथाभावी दैनिक ठूलो परिमाणमा बालुवा र ढुङगा निकाल्न थालेपछि चुरे क्षेत्रमा गएको पहिरोले गर्दा जङगलमा बाढीको प्रकोप वृद्धि भएको स्थानीय बासिन्दाको भनाइ छ। क्रसर उद्योगहरूले अनुमतिबिना नदीमा ठूला उपकरण प्रयोग गरेर चुरे पहाड र नदीको बगरबाट जथाभावी ढुङगा-बालुवा निकाल्ने गरेका छन्।