-ए.सी. सुमन
पावन पर्व तीज, चौडचनर्,र् इद, जितिया सकिसकेको छ। अब दशैंको माहोल छ। चार्डपर्व हाम्रो सांस्कृतिक सम्पदा हुन्। नेपालीहरूको महान् चाड दशैं आउन लाग्दा पूजापाठलगायत नयां-नयां कपडा, खानपिनका सामग्रीहरूको र्सजाममा सबै जुटेका छन्। अदुवा, लसुन, जीरा, मरिच, गरम मसालासंगै खसी, बोका, भेडा, च्याङग्रा, रांगाको विशाल खरिदारी पनि हो। कतिपयले शक्तिपीठहरूमा भाकल वा आस्था अनुसार पशुबलि दिने गर्छन्। हातभरि पैसा बोकी खसी, बोका, भेडा, च्याङग्रा, रांगा, भैंसीको ढाड छाम्न व्यस्त छन् मानिसहरू। मासुको स्तर हेरी मोलतोल गर्छन्। प्रायः घरहरूमा छिनाल्न खुंडा, खुकुरी, चक्कुलगायत हतियारमा अग्रीम सान -धार) चढाइ राख्छन्।
अष्टमीको दिन पर्खिबसेका ती धारिला हतियारहरू निर्दोष प्राणीको गर्दनमा बज्रने गर्छन्। अरू दिनभन्दा धेरै परिमाणमा जुटाइएको मरमसाला तिनको मासुमा मिसाइ विभिन्नथरिका स्वादिष्ट परिकारका साथ खुब रमाइलो गरिन्छ। लाग्छ निर्दोष पशु होइन त्यो दिन संसारका सृष्टिका ठूलै दुश्मनको अन्त्य भएको छ। त्यो दिन लाखौं प्राणी सांसारिक जीवनबाट बिदा हुन्छन्। रगतको खोलो बग्छ। नेपालमा यस दिन जति जीव हत्या हुन्छ, सायद वर्षमा अरू कुनै दिन नहोला। पांच वर्षमा लाग्ने गढीमाई मेलाको प्रमुख पूजाको दिन दिइने पशुबलिबाहेक। धर्मको नाममा अबोध, अमूक पशुपक्षीको बलि दिएर आफना इष्टदेवीलाई खुशी पार्ने वरदान प्राप्त गर्न मानव तंछाडमछाड गर्छन्।
अब केही प्रश्न उठ्छ, जसलाई हामी पन्छाउने गछौर्ं। के बांच्ने अधिकार मानवलाई मात्र छ - यो संसार अनि सृष्टि मानवको मात्र हो - मानवले मात्रै सृष्टिको अस्तित्व सम्भव छैन - मानवको मानव अधिकारजस्तै पशुपक्षीको पनि बांच्न पाउने अधिकार छ। जुन कुराहरू विभिन्न धार्मिकग्रन्थहरूमा उल्लेख छन् । यसलाई विश्वका कतिपय राष्ट्रले न्यूनतमरूपमा लागू गर्न थालेका पनि छन् । मानव अधिकारको कुरा गरेर नथाक्ने हामीहरू मानवइतर प्राणीको जीवन अधिकार त बासस्थान, पिउने
पानी, सुरक्ष्ँा र संरक्षण गर्नेतर्फ पनि सोच्दैनौं ।
कुनै एक मानवले अर्को मानवलाई असाध्यै दुःख दियो भने हामी भन्ने गर्र्छौ कस्तो पशुवत् व्यवहार। यसको मतलब पशुलाई जे गर्दा पनि हुन्छ भन्ने मानसिकता हो । हामीले चाहेजति शासन गर्न र पशुको ज्यान लिने हाम्रो जन्मसिद्ध अधिकार हो, ती हाम्रै आहारको लागि अवतरित भएका हुन् भन्ने ठान्छौं। र् धर्मको नाममा अबोध र अमूक पशुको गर्दन छिनाउनु धर्म हुनै सक्दैन। आफनो स्वार्थका लागि कुनै जीवको हत्या गर्नु कुनै पनि दृष्टिकोणबाट उचित देखिंदैन। निर्धा प्राणीको रगत पिएर देवी दुर्गा खुशी हुंदिनन्। धर्मले कतै पनि बलि दिनर्ुपर्छ भनेको छैन। रिस, राग, द्वैषजस्ता विकारलाई धर्मले पशुत्व भनेको छ। मान्छेले त्यो पशुत्व विकार नत्यागे प्रायः पशुवत् नै
हुन्छ। रिस, राग त्यागी शान्त, आनन्दित र करूणापूर्ण अवस्था एउटा
बेग्लै हुन्छ।
हिन्दू धर्मको आस्थाले एउटा निर्जीव ढुङगालाई पनि देउताझैं पुजिन्छ । किनभने त्यो ढुङगा पनि मानव जीवन र सृष्टिका लागि अपरिहार्य छ। तर्सथ अबोध, निर्दोष प्राणीको बलि चढाउनु हिन्दूत्व होइन। केही वर्षयता पशुबलिविरुद्ध आवाज हाम्रै मुलुकमा पनि नउठेको होइन। विगतका दिनभन्दा पशुपक्षी अधिकार, विविधता संरक्षणका स्वरहरू ठूलैरूपमा उठ्दैछ। आस्थामा आघात नपुग्ने गरी विकल्पको खोजीमा हामी लाग्नर्ुपर्छ। आस्थालाई सम्मान गर्ने हो भने नरिवललाई हामी पशुको ठाउंमा लिन सक्छौं। पूर्ण नरिवल फुटाइ शक्तिपीठहरूको पूजा गर्न सकिन्छ। शक्तिपीठहरूका पूजन सामग्रीहरूमा नरिवलले प्रमुख स्थान लिंदै गएको छ। परापूर्वकालदेखि नै जसले पशुबलि दिन सक्दैन त्यसले पूर्ण नरिवल फुटाइ आफनो आस्था आफना देवीप्रति पूरा गर्दै आएका छन्। तर्सथ यसलाई पशुबलिको स्थानमा लिन सक्छौं। पशुबलिलाई विस्थापित गरी पूर्ण नरिवलको बलि दिई पूर्ण पूजाको संस्कारलाई अंगालौं। विचरा निरपराध प्राणीलाई बलिको बोका नबनाऔं।
स्वास्थ्यको हिसाबले पनि मांसाहारी हुनु राम्रो मानिंदैन। वैज्ञानिकका अनुसार हाम्रो दांत एवं शरीरका पाचन प्रणालीहरू मांसाहारी प्रकृृतिको छैन। शाकाहारी किसिमको छ। मासुको परिकार राम्रो होइन। मासुकै कारण पर्वमा ऋण काढ्न बाध्य हुनेहरू पनि धेरै छन्। संसारमा थरिथरिका स्वादिष्ट खानेकुराहरू छन्। पेट भर्न, अतिथि सत्कार गर्न वा दशैंलाई रमाइलो गरी मनाउन मासु नै चाहिन्छ भन्ने छैन। यसपालिको दशैंमा हामी पशुको बलि होइन आफूभित्रको पशुत्वको बलि चढाउने प्रण गरौं।