प्रस, पर्सा १० कात्तिक/
पर्सा, मधुवन मथवल गाविस-७ मा अवैधरूपमा खोलिएको एउटा चिरान मिललाई आज प्रहरी-प्रशासनले सिज गरेको छ।
पर्साका प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठले बिनाइजाजत गैरकानूनीरूपमा समिल सञ्चालन गरेको पाइएकोले सिज गर्नुपरेको बताएका छन्। उनले समिलमा रहेको १४७ क्युबिक फिट काठ पनि कब्जामा लिएको र समिल सञ्चालकविरुद्ध कार्यवाही प्रक्रिया अगाडि बढाएको बताएका छन। पर्साका प्रजिअ नागेन्द्र झा, सशस्त्रका एसपी, वनका डिएफआको संयुक्त टोलीले पर्सा जिल्लाको ग्रामीण क्षेत्र निरीक्षणको क्रममा आज उक्त स्थानको समिल सिज गरेका हुन्।
जनस्तरबाट पर्सा जिल्लाको विभिन्न स्थानमा बिनाइजाजत गैरकानुनी समिलहरू सञ्चालन भइरहेको सूचनाको आधारमा प्रहरी, प्रशासन र वन समेतको संयुक्त टोलीले अनुगमन सुरु गरेको हो। टोलीले बिरुवागुठी गाविसको बडनिहारबाट पनि २३० क्युबिक फिट काठ बरामद गरेको छ।
स्रोतका अनुसार पर्साको जङगल क्षेत्रसंग जोडिएका एकटांगा, पिडारीगुठी, देकुली, महादेवपट्टी, पचरूखी, शङकरसरैया, डोकैला बहुअरी गाविसमा पनि निर्वाध अवैध समिल सञ्चालन भइरहेको छ।
अझ बफरजोनमा रहेको विजयबस्ती गाविसमा पनि समिल खोलिएको छ। प्रशासनले कडाइ गरेपछि त्यहांबाट रातारात समिल हटाउन सुरु भएको बताइएको छ।
प्रहरी प्रशासनले सूचना पाएको खण्डमा अभियानलाई नियमितता प्रदान गर्ने बताएको छ। पर्सामा व्यापक रूपमा वन फडानी भएपछि अहिले संयुक्त टोली बनाएर छापामारी, अनुगमन सुरु भएपछि काठको अवैध कारोबारमा केही मन्दी आएको महसुस हुन थालेको छ।