- सञ्जय साह ँमित्र’
राजनीतिक अस्थिरता र सङक्रमणकाल बढ्दै जांदा राजनीतिक, सामाजिक, आर्थिक, प्रशासनिक तथा अन्य विकृतिहरूसंगै शैक्षकि विकृतिहरू पनि दिनानुदिन बढिरहेको पाइएका छन्। यसको अर्थ राजनीतिक स्थिरता कायम रहेको समाजमा कुनै विकृति नै हुंदैन भन्ने होइन। विगतमा राणा शासनकाल तथा राजतन्त्र कायम रहंदा पनि अनेकानेक विकृतिहरू विद्यमान थिए। निरङकुशता आफैमा एउटा राजनीतिक विकृति रहेको अन्तराष्ट्रिय अनुभवले समेत देखाएको छ। तर राजनैतिक व्यवस्था चाहिं प्रगत्योन्मुख भएमा विकृति तथा विसङगतिहरू हटाउने र नयां विकृतिहरू कम जन्मन दिनेतर्फ पनि ध्यान दिइन्छ, यसकारण खुला समाजमा भन्दा नियन्त्रित समाजमा तुलनात्मकरूपमा सामाजिक, राजनैतिक, प्रशासनिक, आर्थिक संगसंगै शैक्षकि विकृति कम हुन्छ। शिक्षालाई जनताको आधारभूत आवश्यकताभित्र समेटेको संवैधानिक व्यवस्था भएको मुलुकमा पनि तुलनात्मकरूपमा शैक्षिक विकृति कम हुने हुन्छ।
नेपालको अन्तरिम संविधान २०६३ ले शिक्षालाई नागरिकको मौलिक हकको रूपमा परिभाषित गरेको छ। प्राथमिक तहसम्म मातृभाषामा शिक्षा प्राप्त गर्न पाउने अधिकारलाई पनि सुनिश्चित गरेको छ। तर नेपालका अधिकांश भूभाग विकट पहाडले ढाकिएका हुनाले बस्तीहरू विकट स्थानमा हुनु, आधाभन्दा बढी नागरिक गरिबीको रेखामुनि जीवन बिताउन बाध्य भइरहनुले शिक्षाको प्रतिफल समानरूपमा हरेक नागरिकहरूमा पर्न सकिरहेको छैन। लामो समयदेखि राज्य पर्ुनर्संरचनाको चरण तथा अस्थिरताको दलदलमा फसिरहेको हुनाले शैक्षिक क्षेत्रमा अनेक विकृतिहरू देखिएका छन्, जसको निराकरणको लागि राज्य पक्ष्ँबाट कुनै पाइला नचाल्दा पनि नचाहिंदा विकृतिहरू झन् बढ्दै गएको देखिएको छ।
पश्चिम नेपालको एउटा जिल्लाको प्राथमिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्ष्ँबीच चर्केको विवादले प्रधानाध्यापकको छोराको अपहरण, साथै गएको साथीको हत्या, दस लाख फिरौती लिने तथा त्यसपछि पनि हत्या गरेर समितिका अध्यक्ष फरार रहेको समाचारले देशलाई नै स्तब्ध तुल्याएको थियो। सञ्चारमाध्यमहरूमा आएको खबरलाई आधार मान्ने हो भने प्रधानाध्यापक निर्दोष र समिति अध्यक्ष्ँ चाहिं पूर्णरूपेण दोषी देखिन्छ। एउटा शिक्षालयका सञ्चालक पक्ष -प्रअ तथा विव्यस अध्यक्ष) बीच चर्केको विवादले जुन परिणाम ल्यायो त्यसले त अपराधको सीमालाई उछिनेको छ। विवादको विषय र जरो खोतल्ने हो भने शिक्षा नीतिकारहरूलाई आगामी दिनमा यस्तो अपराध फेरि दोहोरिन दिन नपर्ने अवस्थातिर ध्यान जान सक्थ्यो।
खेताला शिक्षकको प्रसङग अझैं सेलाएको छैन। शिक्षक चाहिं आफनो पेशा वा अन्य व्यापारमा संलग्न तर बिना कुनै प्रक्रिया आफनो सट्टामा कुनै खेतालालाई विद्यालयमा थोरै तलब दिएर पढाउन लगाउनेजस्तो बेइमानी अरू के हुन सक्ला - अझ कतिपय शिक्षक त विदेशमा र तिनको ठाउंमा पढाउने अर्कै पनि भेटिएका खबरहरूसमेत सञ्चारमाध्यममा नआएका होइनन्। देशको शैक्ष्ँिक भविष्यलाई डोर्याउने जनशक्ति तयार गर्ने शिक्षकहरू आफनो कर्तव्यबाट च्युत भई वा आफनो कर्तव्यलाई भाडामा सञ्चालन गर्न दिएर शिक्षकीय मर्यादाको उल्लङघन गर्नुलाई कुनै पनि समाजले राम्रो मान्नुहुंदैन तर यस दुष्कार्यको एक्लो भागीदार सम्बन्धित शिक्षकलाई मात्र ठान्नुभन्दा पनि सम्बन्धित समाज र विद्यालय व्यवस्थापन समितिलाई पनि आंशिक दोष दिन सकिन्छ।
चार्डपर्वहरू आउनुभन्दा २/३ दिन पहिलेखि नै विद्यार्थीहरू कक्षामा उपस्थित हुन छोड्ने र शिक्षकले पनि पढाउन कम गर्दै जाने विकृति पनि देखिएको छ। विद्यालय खुलेको २/३ दिन भइसक्दा पनि पढाइले गति लिन पाउंदैन। अझ कतिपय ग्रामीण क्षेत्रका विद्यालयमा मेला लगाउने, नाच देखाउने, जन्ती राख्ने, यज्ञ गर्नेजस्ता कार्यहरू पनि गरिन्छन् जसले गर्दा पठनपाठन कार्य प्रभावित भइरहेको हुन्छ। कुनै पनि यज्ञ, उत्सव तथा महोत्सवलाई विद्यालय क्षेत्रबाट परै राख्नु जाती हुन्छ।
विद्यालयको गतिविधिलाई राहत तथा -परचाइल्ड फन्ड) दरबन्दीले पनि विकृतिमय बनाइदिएको छ। विद्यालयलाई दरबन्दी प्राप्त भएपछि त्यसमा आफनो मान्छे नियुक्त गर्न ठूलो कसरत हुन्छ। पहिलदेखि कम्तीमा काङग्रेस र एमालेमा विभक्त समाजमा माओवादी र फोरम समूह पनि थपिएका छन्। चार समूह चारतिर तानातान गरेर दरबन्दीमा शिक्षक भर्ना गर्न महिनौं लाग्छ। शिक्षक नियुक्तिका निम्ति स्वस्थ प्रतिस्पर्धा गराइन्न। कुनै दुइ बलिया समूह मिलेर नियुक्तिको प्रक्रिया मिलाएर नियुक्ति गर्छन्। यतिबेला समाजले यस कुरालाई पूर्णतया बिर्सिसकेको हुन्छ कि यही शिक्षकले हाम्रा नानीहरूको शैक्ष्ँिक भविष्यको इंट बसाल्ने काम गर्छन् भने यहां किन सम्झौता गर्ने - यति मात्र देखेका हुन्छन् कि एउटा दरबन्दीमा आफनो समूह वा पक्षको मान्छेलाई नियुक्त गरेर एउटा बेरोजगारीलाई हटाउन वा घटाउन सकें।
कथंकदाचित समुदायमा स्वस्थ प्रतिस्पर्धाको वातावरण बने पनि वा समाजको एकल निर्णयमा बिना प्रतिस्पर्धा कुनै पात्रलाई नियुक्ति दिने वातावरण मिले पनि सम्बन्धित विद्यालयको हेडमास्टरको चित्त बुझाउनुपर्ने हुन्छ। हेडमास्टरको आफनो मान्छे नियुक्त गर्नुपर्ने देखिएमा हेडमास्टर र व्यवस्थापन समितिबीच द्वन्द्व चर्किन्छ। चाहे जुनसुकै पक्षकाले नियुक्त पाऊन्, यदि स्वस्थ प्रतिस्पर्धाबाट भएको छैन भने त्यस्तो शिक्षकबाट गुणस्तर खोज्नु चाहिं गोरुबाट दूध खोज्नु जत्तिकै मूर्खता हुन्छ र शैक्षकि दृष्टिले आफैमाथि आत्मघाती आक्रमणभन्दा कम हुंदैन।
शैक्षकि विकृतिको अर्को कारण भ्रष्टाचार पनि हो। विद्यालयको आन्तरिक स्रोत र सरकारबाट प्राप्त हुने रकम कुम्ल्याउन व्यवस्थापन समिति र हेडमास्टरबीच द्वन्द्व चर्किन्छ। मिलोमतोमा रकम हजम भइहाल्यो भने लेखा परीक्ष्ँकले पनि थाहा पाउन मुश्किल हुन्छ तर रकममा भागबण्डा मिलेन, दुवै पक्ष आफू बढी खान खोज्यो वा एक पक्ष निस्स्वार्थ भइदिंदा समस्या बल्झिरहने हुन्छ।
विद्यालयमा पढाइमा खट्नुपर्ने शिक्षकहरूमध्ये केही वा कोही व्यवस्थापन समिति नजिकका र कोही वा केही हेडमास्टरका स्वघोषित प्रमुख सहयोगी बनिदिंदा त्यस्ता शिक्षक अरूमाथि हैकम चलाउन खोज्नुले पनि शिक्षाको आन्तरिक जीवनमा विकृति ल्याउंछ। यस्ता शिक्षकको हेपाइमा इमानदार शिक्षक परेपछि विद्यालयको पठनपाठनमा नकारात्मक असर परेको देखिन्छ। यो विकृति ग्रामीण तथा सहरी दुवै क्षेत्रका विद्यालयहरूमा विद्यमान रहेको पाइन्छ। यस विकृतिलाई हटाउन भने सजिलो छैन।
शिक्षकको मूल्याङकनदेखि विद्यार्थीको परीक्षासम्म विकृति भरिएका छन्। विकृतिहरूकै परिणति अब विद्यालयलाई राजनीतिको केन्द्र मानिन थालिएको छ। व्यवस्थापन समितिको निर्वाचनमा लाखौं खर्च गरिन्छ र यस्ता अनगिन्ती शैक्षकि विकृतिहरूलाई मुख्य गरी राज्य र समाजले निराकरण गर्नु जरुरी छ किनभने विकृतिको निराकरण भएपछि मात्र विद्यालयहरूको पठनपाठनको सुन्दर वातावरण बन्न सम्भव हुन्छ।