होनोलुलु हवाई, १२ कात्तिक/एएफपी
केही हप्ता यता अमेरिका र चीनको सम्बन्ध चिसिंदै गएकोमा यसलाई तत्काल अरू ब्रि्रन नदिई पुनस्थापन गर्न अमेरिका प्रयासरत रहेको जनाइएको छ ।
अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन एसियाली मुलुकहरूको २ हप्ते महत्त्वाकाङ्क्षी भ्रमणमा निस्केकी र बाटोमा पर्ने अमेरिकी द्वीपीय राज्य हवाईमा केही समय रोकिएको बखत उनले उक्त कुरा बताएकी हुन् ।
राष्ट्रपति बराक ओबामाले आउंदो महिना दक्षण्िा कोरियाको राजधानी सियोलमा चिनियां राष्ट्रपति हु जिन्ताओसंग भेटघाट गर्ने कार्यक्रम रहेको र चीन अमेरिका सम्बन्धमा देखिएको चिसोपन निर्मूल पारी पहिलाको स्थितिमा यथावत् फर्काउन दुवै राष्ट्रपतिले प्रयास गर्ने समेत क्लिन्टनले बताइन् ।
आगामी नोभेम्बर ११ का दिनदेखि सियोलमा जी-२० राष्ट्रहरूको शिखर सम्मेलन हुन गइरहेको र यसभन्दा पहिले नै चीन तथा अमेरिकी राष्ट्रपतिबीच सौहार्दपूर्ण भेटघाट छलफल हुने जनाइएको छ ।
अमेरिका र चीनबीच अमेरिकी व्यापार घाटा, चीनको मुद्राको तुलनामा अमेरिकी डलरको अवमूल्यन, चीनमा मानव अधिकार उलङ्घनबारे अमेरिकी चासो र चिन्ता जस्ता विषयमा विस्तारै मनमुटाव सुरु भई केही हप्ता यतादेखि चीन अमेरिका सम्बन्ध ब्रि्रन पुगेको थियो ।
अमेरिकी विदेशमन्त्री क्लिन्टनले हालको भ्रमणमा चीनको हाइनान द्वीपमा चिनियां राज्य काउन्सिल दाईबिङओसंग द्विपक्षीय सम्बन्धबारे कुराकानी गर्नछिन् ।
साथै आगामी जनवरी महिनामा चिनियां राष्ट्रपति हु जिन्ताओ पनि अमेरिका भ्रमणमा जाने कार्यक्रम रहेको जनाइएको छ । रासस