जीतलाल श्रेष्ठ, निजगढ १२ कात्तिक/
सचेत युवा समूह, निजगढले निजगढमा सञ्चालन हुंदै आइरहेका इंटा भठ्ठा र क्रसर उद्योग बन्द गर्न सम्बन्धित उद्योगलाई लिखित जानकारी गराए पनि सञ्चालकहरूले काम जारी राखेका छन् । निजगढको खेतीयोग्य प्राकृतिक माटो काट्दै इंटा बनाउन एक सातादेखि सुरु गरेका छन् । बसौर्ंदेखि सञ्चालित इंटा भठ्ठा सञ्चालकहरूले करिब ७ वर्ष अघि नै इंटा भठ्ठा बन्द गर्ने गांउलेलाई लिखित सहमति जनाए पनि उद्योग निरन्तर सञ्चालन भइरहेको छ । बरसेनि हजारौं मेटि्रक टन प्राकृतिक जमिन कटान गरी इंटा बनाउंदै आएका कारण लालबकैया खोला गांउबस्तीमा पसी गांउबस्तीलाई बगरमा परिणत गर्ने प्रबल सम्भावना रहेको छ ।
इंटा भठ्ठाकै कारण प्रत्येक वर्ष खेतीयोग्य उर्वरायुक्त जमीन खाल्टो हुने, राष्ट्रिय वनजङ्गल उजाडी चोरी तस्करी गरी ल्याइएका दाउराबाट इंटा पोल्दै आइरहंदा राष्ट्रिय वनजङ्गल मासिनुका साथै पर्यावरणमा समेत प्रतिकूल असर पुग्न गएको छ । क्रसर उद्योगहरूले पनि ढुङ्गा सड्ढलन गर्दै निजगढको गांउबस्ती डुबानमा पुर्याउन लागेकाले पर्चा, पम्पेट गर्दै उक्त समूहले इंटा भठ्ठा र क्रसर उद्योग गांउबस्ती, खेतीयोग्य जमीन, खोलाबगर, राष्ट्रिय वनजङ्गल, चुरे पहाड नजिकैबाट पूर्णरूपमा हर्टाई निजगढलाई खतरामुक्त सुन्दर नगर बनाउने कार्यमा एकजुट हुन सम्पूर्ण निजगढवासीमा आग्रह गरेको छ ।
निजगढको भविष्यमाथी खेलवाड नगर्न समूहले इंटा भठ्ठा र क्रसर उद्योग बन्द गर्न सम्बन्धित सबैलाई लिखित जानकारी दिइसकेको सचेत युवा समूह निजगढका संयोजक विनोद भारतीले जानकारी दिएका छन् । समझदारीपूर्ण ढङ्गले उद्योगहरू बन्द गराउन आग्रह गरेको जनाउंदै आग्रहको बेवास्ता गरे हुन सक्ने घटनाको जिम्मेवार इंटा भठ्ठा र क्रसर उद्योगीहरू हुनेछन्- संयोजक भारतीले बताएका छन् ।