गम्भीरा सहनी जीतपुर, १२ कात्तिक/
सर्वोच्च अदालतको परमादेश कार्यान्वयन नगरेको विरोधमा मुलुकको सरकारविरूद्ध नेपाल माध्यमिक विधालय अमलेखगंजका छात्रछात्रा, शिक्षक, कर्मचारी, अभिभावक, जनप्रतिनिधि, बासिन्दाहरूले विषादि गोदाम अगाडि सडकमा आज चेतावनीमूलक तीन घण्टा चक्का जाम गरेको समाचार छ ।
३५ वर्षदेखि भण्डारण गरिएको ५० मेटि्रक टन कृषि विषादिलाई अमलेखगंजबाट अन्यत्र हटाउन पटक- पटक लिखित, मौखिक आग्रह गर्दा पनि कसैले केही गरिदिएन र सोही क्रममा सर्वोच्च अदालतमा रिट दायर गरियो र जसमा सर्वोच्च अदालतको संयुक्त इजलासले विषादि एक वर्षभित्र अन्यत्र हटाउन परमादेश भयो तर हालसम्म सो सम्बन्धमा केही नभएकोले सबै समुदाय सजग भई सहयोग-र्समर्थन गर्न तत्कालीन अमलेखगंज पञ्चायतका प्रधानपञ्च सहदेव घिमिरेले सञ्चारकर्मीहरूलाई विषादि गोदाम देखाउंदै चक्काजाम समापन कार्यक्रमबीच आज आग्रह गरे ।
विषादिको प्रभावले अमलेखगंजको सम्पूर्ण वातावरण, जीवजन्तु, वनस्पति, प्राणीहरू प्रभावित भई विभिन्न रोगका शिकार भएका छन् । यसको व्यवस्थापन र यहांबाट तत्काल विर्सजन हुनुपर्छ, होइन भने सशक्त सङ्घर्ष गर्ने स्थानीय केन्द्र गुरुङ, ने.मा.वि अमलेखगंजका प्र.अ किशोरी राम, पशुपति गिरी, जयन्ती थापा, गङ्गा रावललगायतले चक्काजाम कार्यक्रममा धम्कीपूर्ण वक्तव्य दिएको समाचारमा जनाइएको छ ।
विषादि पीडित समाज अमलेखगंजका संयोजक हीरामाया क्षत्रीको सभापतित्वमा महासचिव शिव अधिकारीले सो सभा सञ्चालन गरेको सहसंयोजक गङ्गा बलले सञ्चारकर्मीलाई जानकारी दिएकी थिइन् ।