जीतलाल श्रेष्ठ/निजगढ
करिब दुइ दशकदेखि सञ्चालनमा रहेका इंटा भट्टाका मालिकहरूले ७ वर्ष अगाडि इंटा भट्टा बन्द गर्ने लिखित सहमति जनाए पनि गाउं-बस्तीको पर्यावरणमाथि खेलवाड गर्दै आइरहेकाले इंटा भट्टा सञ्चालनमा रोक लगाउन सचेत युवा समूह निजगढका समाजसेवी, युवा, गाउंलेहरू एकजुट भई इंटा भट्टा र क्रसर उद्योग बन्द गर्न चेतावनी दिएका छन्। ँइंटा भट्टा र क्रसर उद्योग हटाऔं, सुन्दर निजगढ शहरलाई बगर हुनबाट बचाऔं’ भन्ने मूल नारा लिएर निजगढको गांउबस्ती, चोकचौतारोसम्म पर्चा, पम्पेट टांस गरिएको छ। युवा समूहले इंटा भट्टा र क्रसर उद्योग गाउं-बस्ती, खेतीयोग्य जमीन, खोला-बगर, राष्ट्रिय वन-जङगल, चुरे पहाड नजिकैबाट पूर्णरूपमा हर्टाई निजगढलाई खतरामुक्त सुन्दर नगर बनाउन एकजुट हुन सम्पूर्ण निजगढबासीलगायत अन्य सचेत समूहलाई समेत आग्रह गरेको छ ।
केही इंटा भट्टा सञ्चालकहरूले विभिन्न प्रपञ्च रच्दै वर्षौदेखि गाउं-बस्तीको खेतीयोग्य जमिन, लालबकैया खोला नजिकै रहेको खेतीयोग्य उर्वरा प्राकृतिक माटो बर्सेनि ठूलो परिमाणमा काट्दै इंटा बनाउंदै सम्पत्ति आय-आर्जन गरिरहेका छन्। निजगढको खेतीयोग्य जग्गालाई खाल्टो बनाउंदै र पर्यावरणसंग खेलवाड गरेको जनाउदै सो समूहले तुरुन्त इंटा भट्टा बन्द गर्न सम्बन्धित इंटा भट्टाहरूलाई लिखित जानकारीसमेत दिइसकेको सचेत युवा समूह निजगढ बाराका संयोजक एवं युवा समाजसेवी विनोद भारतीले बताएका छन्। गाउंलेहरूले पटक-पटक इंटा भट्टा बन्द गर्न जानकारी गराउंदा धन र बलको भरमा केही इंटा भट्टा सञ्चालकहरूले गाउं र गाउंलेहरूलाई समेत
बेवास्ता गर्दै आएकाले अब, सचेत युवा समूह निजगढले समझदारीपूर्ण ढङगले इंटा भट्टा तथा क्रसर उद्योगहरू बन्द गर्न गराउन लागिपर्दा पनि समूहको आग्रहलाई बेवास्ता गरे इंटा भट्टा र क्रसर उद्योगीहरूले भइपरि आउने घटनाको भागीदार तथा जिम्मेवार हुनुपर्ने संयोजक भारतीले बताएका छन् । कसैले धन र बलको धाकमा पचासौं हजार गाउंले र हजारौं हेक्टर भूभाग माथि खेलवाड गर्न नहुने युवाहरूले जनाएका छन्। सोको विरोधमा अब चरणबद्ध
र्सर्ङघषका कार्यक्रम र्सार्वजनिक गरिने सचेत युवा समूह निजगढले जनाएको छ ।
वर्षौदेखि सञ्चालनमा रहेका सावित्री इंटा उद्योग, राजेश इंटा उद्योग, राउत इंटा उद्योग, गृह शोभा इंटा उद्योग, गङगा इंटा उद्योग, बुद्ध इंटा उद्योग, हिमाल इंटा उद्योगले बर्सेनि हजारौं मेटि्रक टन खेतीयोग्य प्राकृतिक माटो काट्दै इंटा बनाउदै प्राकृतिक खेतीयोग्य जमीन नष्ट गर्दै आउनुका साथै करिब १ किलोमिटर हाराहारीमा रहेको राष्ट्रिय वन-जङगलबाट अवैधरूपमा हरियो रूख मास्दै इंटा पकाउन ठूलो परिमाणमा दाउरा प्रयोग गर्दै आएका छन्।
यहां रहेका अधिकांश इंटा भट्टाहरू लालबकैया खोला, राष्ट्रिय वन-जङगल, गाउं-बस्ती, खेतीयोग्य जमिनभन्दा १ किलोमिटरभित्रै निजगढ-४ कछडिया टोलमा रहेका छन् । जसले गर्दा उद्योगको प्रत्यक्ष र प्रतिकूल असर कछडिया बस्तीमा पर्ने हुनाले कानुनविपरीत सञ्चालनमा रहेका इंटा भट्टा र क्रसर उद्योगका सञ्चालकहरूले अधिकांश स्थानीय कछडिया समुदायका मजदुरहरू तथा बस्तीलाई ५ वर्षसम्म क्षतिपूर्ति दिनुपर्ने सचेत समूहको ठहर रहेको जनाइएको छ।