-श्रीमननारायण
कुनै जमानामा हत्या, हिंसा, अपराध र अराजकताका लागि प्रसिद्ध भारतको बिहार राज्यमा प्रान्तीय सदनको निर्वाचनमा यसपालि विकास नै एकमात्र राजनीतिक मुद्दा बनेको छ। बिहारका वर्तमान मुख्यमन्त्री नीतीश कुमारको कुशल नेतृत्वमा बिहारले ५ वर्षमा उल्लेखनीय प्रगति गरेको छ। बिहारको चर्चा भारतमा मात्रै होइन, भारत बाहिर पनि हुने गरेको छ। जाति, पैसा र लठ्ठीको प्रभाव रहंदै आएको बिहारको चुनावमा यसपालि विकास मात्रै राजनीतिक मुद्दा बन्नु नेपालको लागि पनि सुखद सङकेत हो किनभने भोलिका दिनमा नेपालमा पनि विकास नै राजनीतिक मुद्दा बन्ने अपेक्षा गर्न सकिन्छ।
सन् २००५ मा बिहारको नेतृत्व सम्हाल्दा इन्जिनियर मुख्यमन्त्री नीतीशकुमार सामु थुप्रै चुनौती थिए। जर्जर आर्थिक अवस्था, मृतप्रायः कानुन-व्यवस्था, अराजकता, हत्या, अपरहण, चन्दाअसुली, हिंसा र असुरक्षित जनजीवन नै बिहारको पहिचान थियो। राजनीतिमा अपराधीहरूको वर्चस्व थियो । प्रशासन नामको कुनै चीज थिएन । अपहरण र चन्दा आतङकका कारण उद्योग-धन्धा चौपट्ट थियो। उद्यमीहरू बिहारबाट पलायन गरिसकेका
थिए। विकास भन्ने कुरै थिएन।
बलियो जातीय समीकरणका कारण लालूप्रसाद यादवको एकमना शासन थियो बिहारमा । १५ वर्षसम्म उनले
नेतृत्व गरे तर बिहारको विकास हुन सकेन।
अनेकौं चुनौतीका बावजुद नयां मुख्यमन्त्री नीतीशकुमारले बिहारका लागि केही गर्ने आंट देखाए। राजनेतामा दृढ इच्छाशक्ति भएमा विकास गर्न कठिन छैन भन्ने उनले साबित गरेर देखाइदिए। जादूको छडी हुंदो रहेछ भन्ने कुरालाई उनले साबित गरेर देखाए। मुख्यमन्त्री बन्ने बित्तिकै र्सवप्रथम जनतामा विश्वास जगाउने काम गरे। प्रहरी-प्रशासनलाई दबाबमुक्त भएर काम गर्न निर्देशन दिए। अपराधीहरूलाई थुनामा राख्ने काम भयो। ५ वर्षमा तीस हजारभन्दा बढी अपराधी थुना परे । यीमध्ये आनन्दमोहन सिंह, पप्पु यादव, सुरजमान सिंह र सैयद सहाबुद्दिनजस्ता पूर्व सांसदहरू पनि छन्। कतिपय विधायक र पूर्व विधायकहरू पनि थुना परे। आज बिहारमा अपराधको नामनामेसी छैन। राति १२ बजेसम्म घुम्न सक्नुहुन्छ। चोरी-डकैतीजस्ता अपराध समाप्तप्रायः छ। प्रहरी-प्रशासन सामु शिकायत लेखाउन कुनै नेता, दलाल र चाटुकारको आवश्यकता पर्दैन। मुख्यमन्त्री, सरकारका मन्त्रीहरू र स्थानीय अधिकारीहरू स्वयं गाउं-गाउं गई तिनको समस्या सुन्ने र समाधान गर्ने प्रयास गर्दछन्। अब बिहारमा अपराधीको पक्षमा कोही बोल्दैन। अपराधीहरू या त जेलमा छन् अथवा बिहार बाहिर। प्रहरी-प्रशासनको क्रियाकलाप पारदर्शी, स्वच्छ र विवादरहित छ। सरकारप्रति जनताको विश्वास जागेको छ। राज्यको उपस्थिति चारैतिर छ। कानुन-व्यवस्थामा सुधार नै सुशासनको पहिलो खुड्किलो हुन सक्दछ भन्ने कुरा मुख्यमन्त्री नीतीशकुमार लाई राम्ररी थाहा छ। प्रहरी प्रशासनको मनोबल बढाउने काम भएको छ। शायद त्यसैले होला विपक्षी दलका नेताहरू उनीमाथि राज्यमा कर्मचारीतन्त्र हावी गराएको आरोप लगाउंछन्।
नीतीशकुमारले गाउं-गाउं र टोल-टोलमा पक्की सडक बनाए। गुणस्तरीय काम नगर्ने ठेकेदारको जमानत राशि जफत गरिदिने र सजाय गर्ने घोषणाले विकास निर्माण कार्य प्रभावकारी ढङगले भएको छ। शहरी क्षेत्रको सडक नगर निगम अर्न्तर्गत आउने भएकोले शहरी क्षेत्रको सडकमा खासै सुधार नआए पनि ग्रामीण क्षेत्रको सडक विकासमा उल्लेखनीय प्रगति भएको छ। बिहारको कुनै पनि जिल्ला सदरमुकामबाट मात्र ५ घण्टामा राजधानी पटना पुग्न सकिने मुख्यमन्त्रीको घोषणा आधारहीन छैन । बिहारको कुनै पनि गाउंमा पुग्नुस् पक्की सडक अवश्यक हेर्न सक्नुहुन्छ।
सडकका अतिरिक्त शिक्षा र स्वास्थको क्षेत्रमा पनि उल्लेखनीय सुधार भएको छ। डाक्टरहरू सरकारी अस्पतालमा आउन थालेका छन्। जिल्लास्तरीय अस्पताललाई सुविधायुक्त बनाइएको छ भने राजधानीको पटना मेडिकल कलेज अस्पतालमा सुविधायुक्त उपचार सस्तो दरमा सम्भव गराइएको छ। खुला मैदानमा शौचका लागि जाने मानसिकता निरुत्साहित गर्न गरीबी रेखा मुनिका परिवारलाई साढे दुइ हजार र गरीबी रेखामाथिका परिवारलाई दुइ हजार दुइ सय रुपियां आर्थिक सहायता बिहार सरकारले दिइराखेको छ। यसले निजी शौचालय बनाउने मानसिकता विकसित भएको छ । बिहारमा दाइजोप्रथा अन्त्य गर्नु सहज नभएको कुरा महसुस गरी सरकारले जन्म हुने बित्तिकै केटीको नाममा एकमुष्ट रकम जम्मा गर्ने नीति बनाएको छ। यो रकमको सम्बन्धित केटी वयस्क भएपछि अभिभावकको सिफारिसमा भुक्तानी पाउने व्यवस्था गरिएको छ। महिलाहरूको मानसिकता उकास्न स्थानीय निकायमा ५० प्रतिशत स्थान महिलाका लागि मात्रै आरक्षित गरिएको छ भने सामाजिकरूपले अति पिछडिएकालाई पनि आरक्षण प्रदान गरिएको छ। दलित र आदिवासीका लागि आरक्षणको व्यवस्था छंदैछ। यसको सकारात्मक परिणाम देखा परेको छ। महिलाहरू आफनो अधिकारप्रति जागरुक भएका छन्। माध्यमिक विद्यालयमा पढ्ने छात्राहरूको लागि निश्शुल्क साइकल र पोशाकको व्यवस्थाका अतिरिक्त प्रोत्साहन शुल्क पनि दिने व्यवस्था राज्य सरकारले गरेको छ। वर्षौंदेखि उपेक्षित संस्कृत र उर्दू भाषाका शिक्षकहरूलाई पनि प्रोत्साहित गर्ने काम भएको छ। मुख्यमन्त्री नीतीशकुमारको पार्टी जनता दल एकीकृतको मुख्य सहयोगी भाजपा हिन्दूवादी पार्टीको रूपमा चर्चित रहेको कारण मुसलमानहरूको र्समर्थन पाउन अप्ठयारो नहोस् भन्ने अभ्रि्रायले अल्पसङख्यक मुसलमानहरूको हितमा पनि थुप्रै काम भएको छ। कब्रिस्तान र्रर् इदगाहको घेराबन्दी तथा तिनको धर्मस्थलको सुरक्षा आदि कार्य गरिएका छन्। चर्चित भागलपुर सामुदायिक उन्मादका दोषीलाई सजाय दिने काम भएको छ। नीतीशकुमारको ५ वर्षको कार्यकालमा एउटा पनि साम्प्रदायिक दङगा भएन जबकि लालु यादवको शासनकालमा दङगा पनि भयो र जातीय दङगा पनि। दलितले उपल्लो जातिको नरसंहार गर्ने र उपल्लो जातिका रणवीर सेनाले दलित जातिको।
नीतीशकुमारको विकासलाई विपक्षीहरूले पनि मुद्दा बनाएका छन्। १५ वर्षसम्म बिहारको नेतृत्व गरेका लालुप्रसाद यादव र उनका सहयोगी रामविलास पासवानले पनि विकासलाई नै मुख्य मुद्दा बनाएका छन्। आफू रेलमन्त्री भएका बेला थुप्रै विकास गरेकाले अब बिहारको पनि विकास गर्ने प्रतिबद्धता लालु यादव व्यक्त गरिरहेका छन्। नीतीशकुमारको सुशासनको नाराप्रति व्यङग्य गर्दै उनले मुख्यमन्त्रीलाई ँसुशासन बाबू’को नाम दिएका छन् । लालु यादव पुनः सत्तामा र्फकन निकै कसरत गरिरहेका छन् तर सम्भव होलाजस्तो लागिरहेको छैन । अखिल भारतीय राष्ट्रिय काङग्रेसले केन्द्रीय सरकारको नेतृत्व गरे पनि बिहारमा यसको प्रभाव सार्है न्यून छ। पार्टी अध्यक्ष सोनिया गांधी, महासचिव राहुल गांधी र प्रधानमन्त्री डा. मनमोहन सिंह पार्टीको उम्मेदवारको पक्षमा प्रचार गर्न पटक-पटक बिहार आइसकेका छन् तर यसले काङग्रेसलाई खासै फाइदा पुग्ने सम्भावना छैन। कम्युनिस्टहरूको अवस्था पनि दयनीय नै छ। यसपालिको चुनावमा पनि नीतीशकुमार नेतृत्वको एकीकृत जनतादल, भारतीय जनता पार्टीको एनडीए मोर्चा र लालु, रामविलास पासवानको राजद-लोजपा मोर्चाबीच नै मुख्य प्रतिस्पर्धा हुने निश्चित छ।
ग्ाणतन्त्रको जननी वैशाली, चर्चित विश्वविद्यालय नालन्दा, गौतम बुद्धको तपोभूमि, चाणक्य, चन्द्रगुप्त, विद्यापति, गुरु गोविन्द सिंह र महावीरजस्ता अनेकौं महापुरुष, विद्वान्, साहित्यकार र दार्शनिकको भूमि बिहारमा भइरहेको निर्वाचनको प्रभाव त्यसको उत्तरी छिमेकी नेपालमा पनि पर्ने निश्चित छ। नेपालका राजनीतिज्ञहरूले पनि नीतीशकुमारबाट शिक्षा लिन आवश्यक छ। नेपाललाई लालुको बिहारबाट नीतीशको बिहार बनाउने दृढ इच्छाशक्ति कुनै नेपाली राजनेतामा छ कि - गरिबी, बेरोजगारी, महंगी, राजनीतिक अन्योल, अराजकता र दण्डहीनताबाट देशलाई मुक्त गरी विकास र शासनको मार्गमा लैजाने व्यक्ति नै राष्ट्रनेता बन्न सक्नेछ ।