प्रस, हेटौंडा, ९ कात्तिक/
पतिपत्नीको झगडामा पत्नीकैे उजुरीपछि वाइसिएलले छानबिन गर्न नियन्त्रणमा लिएको हांडीखोलाका एक युवक तीन वर्षदेखि बेपत्ता छन्। उनको अहिलेसम्म अत्तोपत्तो नहुंदा परिवार चिन्तित बनेको छ।
हांडीखोला-४, झुल्यानपाखाका २२ वर्षीय सोमलाल ब्लोनलाई बेपत्ता पारिएको हो। संविधानसभाको चुनाव नजिकिंदै गर्दा २०६४ साल फागुन ११ गते राति माओवादीको भातृ सङगठन योङ कम्युनिस्ट लिगका स्थानीय कार्यकर्ताहरूले उनलाई अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएका थिए।
स्थानीय वाइसिएल कार्यकर्ता हीरालाल स्याङतान, वीरबहादुर घलान र चन्द्रबहादुर मोक्तानको सक्रियतामा उनलाई नियन्त्रणमा लिई वीरबहादुरको घरमा लगी यातना दिएको प्रत्यक्षदर्शीहरू बताउंछन्।
पतिपत्नीको झगडालाई राजनीतिकरण गरी वाइसिएलले सोमलाल ब्लोनलाई यातना दिई पत्नीको पक्षमा वकालत गरेको थियो। घरैबाट नियन्त्रणमा लिइएका घलानलाई वीरबहादुरको घरमा शारीरिक र मानसिक यातनापछि हात बांधेर चुरे जङगलतिर लगिएको र त्यसपछि बेखबर भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
ँउनलाई हात बांधेर जङगलतिर लगेको देखेका हौं’-एक स्थानीय बासिन्दा त्यतिखेरको घटना सम्झन्छन्। घटनाबारे जिल्ला प्रहरी कार्यालयमा त्यतिखेरै उजुरी गरिएको थियो। संगसंगै मानव अधिकारवादीहरूको शरणमा समेत गएका परिवारजनले घलानबारे भने कुनै जानकारी पाएनन्। जिल्ला प्रहरी कार्यालयमा भएको छलफल र अनुसन्धानपछि परिवार पक्ष र माओवादी पक्ष दुवै मिलेर घलानको यथाशीघ्र खोजी गर्ने सहमति भएको थियो । तर सहमतिे कार्यान्वयन गर्नुको सट्टा वाइसिएल एमालेका मान्छेहरूले घलानलाई लुकाएको आरोप लगाएर पन्छिएको थियो। पति बेपत्ता भए पनि कुनै चासो नदेखाएकी पत्नी सुन्तली यतिखेर वैदेशिक रोजगारीको सिलसिलामा देशबाहिर रहेकी बताइएको छ। उनले न पति बेपत्ता भएकोबारे चासो राखिन्, न खोजीका लागि पहल नै गरिन्। "सुन्तलीले नै चासो नलिएकोले पनि घटना शङकास्पद छ’-घलानको पारिवारिक स्रोतले भन्यो-ँसोमलाललाई बेपत्ता पार्नेहरूकै सक्रियतामा अहिले सुन्तलीलाई वैदेशिक रोजगारीका लागि पठाइएको हल्ला चल्न थालेको छ। ८ वर्षका छोरा सुनील ब्लोनलाई काठमाडौंस्थित छात्रावास राखेको बताइएको छ।
घटनाबारे सत्यतथ्य छानबिन हुनर्ुपर्ने परिवारजनले माग गर्दै आइरहेको छ। हिमराइट्सलगायत मानव अधिकारवादीको अनुसन्धानका क्रममा २ सातापछि सोमलालले प्रयोग गरेको एउटा चप्पल जङगलमा भेटिएको थियो ।