प्रस, पर्सा ९ कात्तिक/
सदभावना पार्टीका अध्यक्ष एवं कामचलाउ वर्तमान सरकारका वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले संविधान बन्नमा भइरहेको ढिलाइले परिवर्तनपछि मधेसी जनताले पाउने हकअधिकारबाट वञ्चित त हुने होइन भन्ने डर बढ्दै गएको बताएका छन्। वीरगंजमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री महतोले संविधान बन्नका लागि शान्ति प्रक्रिया टुङगो लाग्नर्ुपर्नेमा त्यो हुन सकेको छैन भन्दै माओवादीको एकतर्फी हठका कारण सबथोक रोकिएको आरोप लगाए। शान्ति प्रक्रिया, संविधान लेखन र सरकार गठन सबै माओवादीले आफू अनुकूल चाहेकोले सहमति बन्न नसकेको उनले आरोप लगाए। उनले जनताको काम रोकिने र मुलुकको अर्थतन्त्र नै ठप्प हुने हुंदा जुनसुकै शर्तमा पनि कात्तिक मसान्तभित्र बजेट ल्याउने दाबी गरे। मन्त्री महतोले कामचलाउ सरकारले कहीं पनि पूर्ण बजेट ल्याएको उदाहरण नभएको कुरा स्वीकार गर्दै, तर कामचलाउ सरकारले चार महिना पूरा गरेको उदाहरण पनि कतै नरहेको बताउंदै सरकारले बजेट रहरले नभएर बाध्यताले ल्याउन लागेको बताए। पत्रकारले सोधेको प्रश्नको जवाफ दिंदै मन्त्री महतोले जनतालाई मर्का पर्नेगरी हडतालमा जानुभन्दा निगमसंग वार्ता गरेर समस्या समाधान गर्न पेट्रोलियम व्यवसायीलाई सुझाएका थिए। एक अर्काे प्रश्नको जवाफमा उनले फोटोसहितको मतदाता परिचयपत्रका लागि आफूलगायत मधेसवादी पार्टीले सहमति दिए पनि निर्वाचन आयोगले कानुनविपरीत नागरिकताको अत्तो थापेकोले विरोध गरेको बताए। उनले नागरिकताको विकल्पमा नागरिक हुने पहिचान खुलेको प्रमाणलाई पनि आधार बनाइनर्ुपर्ने मागमा सहमत भएपछि सहज भएको बताए। उनले यो घटनामा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको अभिव्यक्ति आपत्तिजनक भएको चर्चा गर्दै यादवले मधेसवादी दललाई सत्ता र भत्ताको लोभमा फसेको भन्ने हैसियत गुमाइसकेको बताए। महतोले आफू मोर्चाबाट रातारात सहमति तोडेर सत्ताको लोभमा भाग्ने अनि अरूलाई आक्षेप लगाउने सुहाउंदो कुरा नभएको बताए।