प्रस, पर्सा, ८ कात्तिक/
सद्भावना पार्टीका अध्यक्ष एवं कामचलाउ सरकारका वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले सङ्घीयता विरोधी शक्तिहरूले संविधान बनाउन आलटाल गरिरहेको आरोप लगाएका छन्।
वीरगंज उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजित पार्टी प्रवेश एवं कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री महतोले सङ्घीयताबाट देश टुक्रने मन्साय राखेका ठूला दलहरूले संविधान बनाउन विभिन्न बखेडा गरिरहेको बताए।
उनले ठूला तीन दलको कारण मुलुकमा राजनीतिक अस्थिरता सृजना भएको आरोप लगाए। मन्त्री महतोले देश परिर्वतनतर्फ उन्मुख भएको हुंदा सम्पूर्ण मधेसीहरू एकबद्ध भएर आफनो हक अधिकार सुनिश्चित गर्न लागिपर्नुपर्ने बताएका थिए।
अहिलेको अवस्थामा आफनो हक अधिकार सुनिश्चित नगरे भावी सन्ततिले माफी नदिने उनले बताए।
देशमा शासन गरिरहेका दलहरूले मधेसीहरूको अहिलेसम्म शोषण गरिरहेको हुंदा सबै खाले शोषणको अन्त्य सङ्घीयताबाट मात्र सम्भव हुने उनले बताए। समग्र मधेस एक प्रदेशप्रति पनि दलहरूको सोच सकारात्मक नभएको भन्दै मन्त्री महतोले जुनसुकै हालतमा समग्र मधेस एक प्रदेश बनाउने प्रतिबद्धता जाहेर गरेका थिए।
उनले मधेसमा मधेसीहरूकै शासन कायम गर्न आफनो पार्टीको अभियान रहेकोले बिघ्नबाधा सहय नहुने र जुनसुकै मूल्य चुकाउन पार्टी तयार रहने बताए। सो कार्यक्रममा बिनाविभागीय मन्त्री एवं सहअध्यक्ष लक्ष्मणलाल कर्णले माओवादीले प्रधानमन्त्रीको लागि मात्र मरिहत्ते गरिरहेको बताए। उनले एउटा हतियार बोकेको पार्टीलाई अर्को हतियारको अभिभारा सुम्पन कदापि नसकिने बताए।
उनले मधेसवादी अन्य दलले पनि माओवादीलाई सघाउन नहुने तर्क दिंदै सघाउनेलाई मधेसी जनताले माफी नगर्ने चेतावनी दिए। कार्यक्रममा अध्यक्ष महतोले १६७ जनालाई अबीर लगाई पार्टी प्रवेश गराएका थिए। जिल्ला अध्यक्ष नेजामुद्दिन समानीको सभापतित्वमा सम्पन्न कार्यकर्ता भेलालाई सङगठन विभाग प्रमुख एवं राज्यमन्त्री सरोज यादव, केन्द्रीय सदस्य बाबूलाल यादव, गया हजरा पासवान, महिला अध्यक्ष रेखा घिमिरे र सहमहासचिव सुरेन्द्र कुर्मीले सम्बोधन गरेका थिए।