$type=ticker$count=12$cols=4$cate=0

अनमिन पनि धर्मसङ्कटमा

SHARE:

    नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय मिसन -अनमिन) पटक-पटक विवादमा आउने गरेको छ । यसपालि एकपटक फेरि ए. माओवादीकै कारण ऊ विवादमा आएको छ । सरकार तथा अनमिनको अनुमतिबेगर माओवादीका कमान्डरहरू चीन भ्रमणमा गएको कुरा सरकारलाई मन परेको छैन र सरकारले यस घटनाप्रति आफनो गम्भीर आपत्ति प्रकट गरेको छ । सरकारले अनमिनसंग पनि यस विषयमा जवाफ मागेको छ । अनमिनको जवाफपछि सरकारले आफनो नीति प्रस्ट पार्ने सम्भावना छ । अनमिन माओवादीप्रति उदार भएको आरोप उसमाथि सुरुदेखि नै लाग्दै आएको छ ।
    नीतिगतरूपमा विशेष समिति मातहत आइसकेकाले लडाकू कमान्डर विदेश भ्रमण जांदा समितिबाट अनुमति लिनु आवश्यक थियो भन्ने तर्क सरकारको छ भने ए. माओवादीको विचारमा  १२ प्रतिश्ात लडाकूले बिदा लिन पाउने प्रावधान रहेका कारण ती लडाकू बिदा लिएर जहांपनि जानसक्ने भएकाले अनमिनसंग जवाफ मागिरहन आवश्यSm छैन । सबैभन्दा दुःखद र विवादास्पद भूमिका उत्तरी छिमेकी चीनको रहयो जसले जानीजानी माओवादी लडाकूलाई बोलाउने काम गर्‍यो र सरकारद्वारा गठित विशेष समिति र अनमिन मातहत रहेका लडाकूलाई अतिथिकोरूपमा बोलाउनु दर्ुभाग्यपूर्ण कार्य गर्‍यो । यसले के साबित गर्दछ भने उत्तरी छिमेकी जानीजानी एउटा दल विशेषलाई नेपालको वैधानिक  सरकारभन्दा बढी महत्व दिन चाहन्छ । सेनाको सवालमा सधैं आक्रामक रहेको अनमिनको भूमिका यसपालि हेर्न बांकी छ । मध्य जनवरीसम्मको म्याद पाएको अनमिन पनि धर्मसड्ढटमा परेको छ ।     
    बृहत् शान्ति सम्झौता सम्पन्न भएलगत्तै सन् २००७ को सुरुमैं आएको अनमिनलाई मुख्यतः दुइवटा कामका लागि नेपाल बोलाइएको थियो । पहिलो, नेपाल सरकारको आग्रहमा संविधानसभा निर्वाचनका लागि चाहिने आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनु र माओवादी लडाकूहरू र हातहतियारहरू शिविरभित्र तोकिएको निश्चित स्थानमा सीमित गर्नु र नेपाली सेनाका सम्बन्धमा उनीहरू ब्यारेकभित्र रहने र हातहतियार अर्को पक्षविरुद्घ  उपयोग हुन न दिने गरी सुनिश्चित गर्नु । यसको अर्थ अनमिनको काम सहयोगीको हो र यो नेपाल सरकारलाई सहयोग गर्न यहां बोलाइएको हो । यी दुइ कार्यादेशमध्ये पहिलो काम सम्पन्न भइसकेको छ । माओवादी लडाकूहरूको समायोजन र व्यवस्थापन प्राविधिक काम हो र यो प्राविधिक टोलीले पनि गर्न सक्दछ । यसका लागि अनमिनकै खांचो पर्दैन ।
    विस्तृत शान्ति सम्झोैताको बुंदा १०.५ समेतले अन्तरिम व्यवस्थापिका संसद् गठन भएपछि यस सम्झौतामा उल्लिखित  दुइ पक्षको अवधारणा तथा स्थिति स्वतः समाप्त हुनेछ र यसपछि यस सम्झौतामा उल्लिखित सम्पूर्ण अभिभारा कार्यान्वयन गर्ने-गराउने दायित्व अन्तरिम मन्त्रिपरिषद्ले व्यवस्था गरे बमोजिम हुनेछ भनी स्पष्ट उल्लेख छ । अन्तरिम संविधानको निर्माण, व्यवस्थापिका संसद्को गठन र अन्तरिम सरकारको गठन माओवादीको पूर्ण र्समर्थन, सहयोग र सहभागिताका कारण दुइ पक्षको अवधारणा समाप्त भइसकेको छ । संविधानसभाको निर्वाचनपश्चात् एकीकृत माओवादी देशको सबैभन्दा ठूलो दलको रूपमा स्थापित भई सरकारको नेतृत्वसमेत गरिसकेको कारण अनमिनले सेना र माओवादीलाई एउटै तराजुमा राखेर वजन गर्नु ठीक होइन । नेपालको अन्तरिम संविधानले नेपाली सेना र माओवादी लडाकूको हैसियत स्पष्टरूपमा परिभाषित गरेको छ । धारा १४४ -१) र १४४ -३) ले नेपाली सेनालाई राष्ट्रिय सेनाको रूपमा परिभाषित गरेको छ । जबकि माओवादी लडाकूलाई विशेष समिति अर्न्तर्गत राखिएको छ र त्यो समितिले नै तिनको सुपरिवेक्षण, समायोजन र पुनःस्थापनको व्यवस्था गर्नेछ ।
    नेपाली सेनाको काम, कर्तव्य, जिम्मेवारी एवं जवाफदेहितालाई देशको संविधान र कानुनले परिभाषित गरेको छ तथा संसद्प्रति उत्तरदायी छ । संविधानसभाको निर्वाचनमा पनि नेपाली सेनाले कुनै पक्षमा नलागी आफनो निष्पक्षता र तटस्थताको प्रमाण दिइसकेको छ । बृहत् शान्ति सम्झोैताको बुंदा ४.८ अनुसार नेपाली सेनाले परम्परागतरूपमा गर्दै आएको सीमा सुरक्षा, आरक्षण श्रेय, र राष्ट्रिय निकुञ्जको सुरक्षास बैंक, विमानस्थल, विद्युत्गृह, टेलिफोन टावर, केन्द्रीय सचिवालय तथा विशिष्ट व्यक्तिहरूको सुरक्षाजस्ता कार्यलाई निरन्तरता दिने स्पष्ट व्यवस्था उल्लेख छ । यस्तो अवस्थामा सेनालाई शिविरमा बसेका माओवादी लडाकूसंग तुलना गरी तिनलाई अनमिनको निगरानीमा राख्नु सरासर अन्याय र अनुचित हो ।
    नेपाली सेनासंग लडाकूको तुलना हुनै सक्दैन, किनभने नेपाली सेना देशको सेना हो भने माओवादी लडाकू एउटा दलविशेषको र राजनीतिक विचार बोकेेको सङ्गठन हो । अनमिनबारे नेपाली सेनाको धारणा राम्रो छैन किनभने अनमिन एकपक्षीय भएको सेनाको ठहर छ । सेनाले अनमिनमाथि लगाएका आरोपहरूको सूची निकै लामो छ ।
    सेनाका अनुसार अनमिनले ए. माओवादीसंग सांठगांठ गरेको र शान्तिप्रक्रिया अनुगमनको आवरणमा म्यान्डेटविपरीत विभिन्न गतिविधि गरेको छ । हतियार र लडाकू व्यवस्थापन लम्ब्याएर राजनीतिकरूपमा संसदीय व्यवस्था र नेपाली सेनालाई कमजोर बनाउने योजनामा उद्धत माओवादीलाई  अनमिनले सघाएको छ । 
    सेनाका आरोपहरू निकै गम्भीर र राष्ट्रिय सुरक्षाप्रति संवेदनशील प्रकृतिका छन् । अनुगमनका नाममा अनमिनले सेनाका संवेदनशील सूचना लिक गरेर माओवादीसम्म पुर्‍याई  राष्ट्रिय सुरक्षा कमजोर बनाउन सहयोगी भूमिका निर्वाह गरेको ठहर सेनाको छ । यसका अतिरिक्त हत्या, डांकाजनी र अवैध हतियार प्रकरणमा पक्राउ परेका व्यक्तिलाई अनमिनले छुटाउने प्रयास गरेको र कतिपय घटनामा बेवास्ता गरेको आरोप पनि छ । अनमिनले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेकै कारण शान्तिप्रक्रिया टुङ्गोमा पुग्न नसकेको निष्कर्षसेनाको छ । यसमा अतिरिक्त सैनिक भर्ना प्रकरणमा यसले सर्वोच्च अदालतलाई चुनौती दिएको र अदालतको फैसला र शान्ति सम्झौताको गलत व्याख्या गरी नेपाली जनता र अन्तर्रर्ााट्रय जगतलाई भ्रममा पार्न खोजेको आरोप पनि अनमिनमाथि छ । माओवादी कमान्डरको चीन भ्रमणले एकपटक फेरि सेनालाई जिस्क्याउने काम गरेको छ ।         ः शान्ति सम्झौताको बुंदा १०.५ विपरीत अन्तरिम संसद्को गठनपछि पनि दुइ पक्षको अवधारणालाई जीवित राखेर द्वन्द्वलाई निरन्तरता दिन खोजेको, जनमुक्ति सेनालाई मेडल बांड्न छुट दिएर समानान्तर सरकार र सेना बनाउन खोजेकोे तथा वाइसिएलको संरचनाको वकालत गरेको र अनुगमनका नाममा सेनाको ब्यारेकमा दिनैपिच्छे विदेशीलाई छिराउने गरेको आरोप पनि  अनमिनमाथि छ । त्यसैगरी अनमिनमाथि म्याद सकिन लाग्दा लडाकू व्यवस्थापनको ६० हप्ते योजना ल्याएर शान्तिप्रक्रिया लम्ब्याउन खोजेको, म्यान्डेड बाहिर गई दलहरूबीच खेल्ने प्रयास गरेको र तर्राईका सशस्त्र समूहलाई भेटघाट गरेको दोषारोपण पनि छ ।
    राष्ट्रिय सेनामाथि अनमिनको अनुगमन हर्टाई माओवादी शिविरको अनुगमन कडाइका साथ गर्ने र विशेष  समिति मातहत सचिवालय गठन गरेर शान्ति प्रक्रियाका बांकी काम पूरा गर्न सकिन्छ भन्ने पक्षमा सेना देखिन्छ ।             
    अनमिन माओवादीप्रति एकपक्षीय  हुने गरेकोले उसको भूमिका निष्पक्ष हुन नसकेको साथै नेपाल सरकार र नेपाली  सेनाको राष्ट्रिय दायित्व निर्वाहमा  समेत  अवरोध सिर्जना गर्ने गरेकोले अनमिनको  म्याद थप्न आवश्यक  नरहेको र बांकी काम नेपालको अन्तरिम संविधान २०६३ ले व्यवस्था गरेबमोजिम सम्पन्न हुन सक्ने  सुझाव छ । अनमिनले पाएको  जिम्मेवारी  नेपालको अन्तरिम संविधान  अनुसार विशेष समितिमा रहने र विशेष  समितिले व्यवस्थापन उपसमिति र सचिवालय गठन गरी रेखदेख, पुनर्स्थापन,  समायोजन आदि काम गर्न सघाउने छ । प्रमुख राजनितिक दलका प्रतिनिधि  तथा संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिलगायत दातृ निकायबाट प्रतिनिधिहरू सम्मिलित    आयोज गठन गरी त्यसको रोहबरमा  कन्टेनरमा रहेका माओवादी हतियार  बर्बाद गर्न अथवा राज्यलाई बुझाउने सुझाव सेनाको छ  ।
    ः सुरुमा अनमिनलाई साम्राज्यवादी अमेरिकाको पिछलग्गु भनेर त्यसको विरोध गर्ने ए. माओवादी अचेल अनमिनको प्रवक्ता भएको छ । माओवादी अध्यक्षद्वारा पार्टीको सैन्य प्रशिक्षणमा अनमिन प्रमुखबाट आन्तरिक सहयोग भइरहेको टिप्पणी गर्नुले अनमिनको निष्पक्षतामाथि शड्ढा उब्जाइदिएको छ । माओवादी नेताका अभिव्यक्तिसंग मिल्दो भनाइ र क्रियाकलापले पछिल्ला दिनमा पनि अनमिनको विश्वसनीयतामाथि धेरै कोणबाट प्रश्न उठिसकेको छ ।
    अनमिन जानीजानी लामो समयसम्म नेपालमा बस्न चाहन्छ भन्ने आरोपलाई आधारहीन भन्न सकिंदैन । प्रधानमन्त्री माधवकुमार नेपालले त संविधान लेखनमा अप्ठ्यारो पुगेको र प्रचलित कूटनैतिक माध्यम प्रयोग नगरेको भन्ने गम्भीर आरोप अनमिनमाथि लगाएका छन् । नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले त अनमिनले माओवादीसंग सांठगांठ गरेर लडाकू समायोजन तथा पर्ुनर्संरचना कार्ययोजना ल्याएको तथा अनमिनको सबै काम माओवादीसंग मिलेमतो गरेर भइरहेको आरोपसमेत लगाएका छन् । यसको खण्डन अनमिनले गर्न सक्नुपर्दछ ।
    संविधानसभाको म्यादभित्र लडाकू समायोजनलगायत संविधान निर्माण भइसक्नर्ुपर्ने संवैधानिक प्रावधानविपरीत ६० साता लामो कार्ययोजना तयार पारेर अनमिनले आफनो क्षेत्राधिकार बाहिर गएर संविधान बन्न नदिने काम गरेको प्रधानमन्त्रीको आरोप पूर्णतः सत्य हो । संविधानसभाको म्याद ४० साता पनि बांकी छैन, तर ६० साताको लडाकू समायोजने कार्ययोजना तयार पार्नु हास्यास्पद पनि हो । नयां संविधान बन्ने बित्तिकै देश आम निर्वाचनमा जान्छ, त्यसैले अनमिनले जानेर वा नजानिकन माओवादीको प्रस्ताव अनुसार आफनो कार्ययोजना र्सार्वजनिक गरेको हो । यद्यपि अनमिनले कार्यक्षेत्र भित्रै रहेर कार्य गरिरहेको सफाइ दिइरहेको छ । तर अनमिनको भनाइ र गराइमा ठूलै भिन्नता देखिएकोले अनमिनको भनाइप्रति सहजै विश्वास गरिहाल्ने अवस्था छैन । अनमिनको विगतको भूमिका पनि खासै राम्रो देखिएन ।
    अनमिन आफनो क्षेत्राधिकारभन्दा बाहिर जानु भनेको यसको उद्देश्यविपरीत पनि हो । माओवादी नेताको अभिव्यक्तिसंग मिल्दो भनाइ र क्रियाकलापका कारण पछिल्ला दिनमा पनि अनमिनको विश्वसनीयतामा धेरै कोणबाट प्रश्न उठिसकेको छ । नेपाल सरकारको आग्रहमा नै अनमिन यहां आएकोले नेपाल सरकारकै इच्छा अनुसार चल्नु उपयुक्त हुनेछ ।
    राष्ट्रसङ्घीय पदाधिकारी नेपालमा माओवादी लडाकूको हतियार व्यवस्थापन र तिनलाई राजनीतिको मूलधारमा समाहित गराउन सहयोग गर्ने उद्देश्यले आएका छन् । जनमुक्ति सेनाको समारोहमा अनमिनको उपस्थिति दुःखद हो । शान्ति सम्झौता कार्यान्वयन गराउने जिम्मेवारी जसको हो, उसैले हतियार र सेनाको परर््दर्शनमा अतिथि भएपछि शान्ति कसरी कायम हुन्छ - इयान मार्टिनको पालादेखि नै अनमिनको भूमिका विवादास्पद रहेको छ । त्यसैले होला नेका सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संयुक्त राष्ट्रसङ्घका महासचिव वान की मूनको नेपाल भ्रमण ताका इयान मार्टिनकै सामु अनमिनको भूमिका र निष्ठाको आलोचना गरेका थिए ।
    उनीपछि आएकी करिन लेङग्रेनका भनाइहरू पनि सरकारलाई अप्ठ्यारोमा पार्ने र माओवादीलाई सहज पार्ने खालको रहेको साबित भएका छन् । राष्ट्रसङ्घका राजनैतिक मामिला हेर्ने उप-महासचिव विलिन पास्कोले अनमिनको रिपोर्टिंगको आधारमा दिएको अभिव्यक्तिले देशमा ठूलो विवाद चर्काउने काम गर्‍यो । बाध्य भएर सरकारले आधिकारिक रूपमैं आपत्ति जनाउनुपर्‍यो र कूटनीतिक मर्यादाभित्र रहेर बोल्न आग्रहसमेत गर्‍यो । राष्ट्रसङ्घको सदस्य राष्ट्र भएको सरकारले आपत्ति जनाउनर्ुपर्नेसम्मको अवस्था र उसको नियतमाथि आशड्ढा उत्पन्न हुने आधारहरू अनमिनले नै निम्त्याएको  हो ।
    संयुक्त राष्ट्रसङ्घ र नेपाल सरकारबीच भएको सहमति र निर्धारित सीमाहरूको उलङ्घन नहोस् भन्ने आम चाहना छ । संयुक्त राष्ट्रसङ्घको मर्म र भावनाविपरीत यसका पदाधिकारीहरूले काम गर्नुहुंदैन भन्ने सबैको अपेक्षा
रहेको छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : अनमिन पनि धर्मसङ्कटमा
अनमिन पनि धर्मसङ्कटमा
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2010/10/blog-post_29.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2010/10/blog-post_29.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy