हिजोआज सडक-बन्द, बजार-बन्दको मेला समाप्त भएको छ। यस्तो बन्द गर्दा-गर्दा नेपालीहरू थाकेजस्तो छ। अब यदाकदा मात्र यस्तो बन्द सुनिन्छ। त्यो पनि केही घण्टाका लागि मात्र। तर बन्दको संस्कार बसिसकेको नेपाली मानसले बन्द चलाउन छोडेको छैन। अचेल बन्दको नाममा विभिन्न स्तरका शैक्षकि संस्थाहरूलाई तारो बनाइंदै छ। यस प्रकारको बन्द प्रायः ग्रामीण भेगमासामान्य भएको छ। शिक्षक अनुपस्थित भए, स्कूल बन्द, शिक्षक नियुक्ति भयो त्यसमा धांधली भएको भन्दै स्कूल बन्द, अनुदान रकममा गोलमाल भयो भन्यो स्कूल बन्द, विद्यालय व्यवस्थापन समितिको निर्वाचन भएन स्कूल बन्द, निर्वाचन भयो भने गोलमाल भएको अत्तो थापेर स्कूल बन्द। बुझनुपर्ने कुरा त के हो भने विद्यालयमा कुनै शिक्षक आएन भने विद्यार्थीको एउटा मात्र विषयको पढाइ हुंदैन, तर स्कूल बन्द गरिदिंदा सबै विषयको पढाइमा बाधा पुग्छ। त्यस कुरातिर कसैको ध्यान जांदैन, स्कूल बन्द गर्न पाए के के न बहादुरी गरेजस्तै कुनै निहु पायो कि, नपाए आफैंले उत्पन्न गरेर भए पनि, बन्द गर्न तम्सिहाल्छन्।
हुनत शैक्षकि कुरालाई लिएर राजधानीमा पनि लामो समयसम्म विवाद भएर शिक्षा परिषद्को कार्यालय बन्द रहयो। अहिले पनि बन्द नै छ। कहिले मन्त्रीले कुनै पदाधिकारीलाई हटुवा गरे भनेर, कहिले कुनै पदाधिकारीको नियुक्तिको विरोधमा। बीच-बीचमा अन्य बन्दहरू पनि भइरहन्छन् तर लाग्दछ शैक्षकि बन्द नेपालबाट कहिल्यै पनि बन्द हुने छैन। किनकि शिक्षा हमेशा चलिरहने विषय हो। यो सडक होइन, विद्युत् आयोजना होइन, नहर निर्माण होइन कि एकचोटी बनेपछि फेरि बनाउनुपर्दैन। स्कूलहरू शाश्वत गतिमान स्थल हुन्। त्यसैले कहिल्यै नसिद्धिने, कहिले समाप्त नहुने शिक्षा क्षेत्रतिर बन्दकर्ताहरूको ध्यान गएको छ र तुक वा बेतुक जेमा पनि स्कूलहरू बन्द भइरहेका छन्। यो रोग ग्रामीण भेगमा मात्र होइन, शहर-बजारका स्कूल, क्याम्पसहरूमा पनि देखा पर्दछ। शहर-बजारमा जुनसुकै निहुमा बन्द हुंदैन। ठोस कारण लिएर बन्द हुन्छ। त्यो ठोस कारण व्यक्ति, कुनै समूह, कुनै विद्यार्थी सङगठनको हितमा वा कुनै राजनीतिक दलकै हितमा किन नहोस्।
यसरी हेर्दा तराइ क्षेत्रमा स्कूल बन्दले अधिकता पाएको छ। तराइ क्षेत्र जसलाई अब मधेस भन्ने गरिन्छ र जसको उन्नति प्रगतिका लागि यताका नेताहरू सुत्दा-उठ्दा ँआन्दोलन चला देंगे’ भन्दछन्- त्यहां प्रायः स्कूलहरू बन्द रहन्छन्। मधेसले राज्यको सबै अङगमा समान सहभागिता पाएन भनेर मधेसी नेताहरू कुर्लन्छन्। मधेसीले समान सहभागिता किन पाएनन् भन्दा सबै मधेसी पूर्ण शिक्षित छैनन्। पूर्ण शिक्षित हुनका लागि स्कूल र क्याम्पसहरू निर्वाध सञ्चालन हुन पाउनर्ुपर्छ। यस्तो नहुंदा कि त मधेसी जनता निरक्षर रहन्छ कि चिट चोरेर पास हुन्छ। चिट चोरेर पास भयो भने प्रतिस्पर्धामा टिक्न सक्दैन। अनि कसरी मधेसी जनताले राज्य सञ्चालन कार्यमा सहभागिता पाउंछ - मधेसी नेताहरूले सोच्नुपर्ने बेला आएको छ। मधेसका जागरुक नागरिकले पनि सोच्नर्ुपर्छ राज्य सञ्चालनमा नेताहरूले सहभागिता दिलाउन सक्दैनन्, त्यसका लागि योग्यता नै चाहिन्छ। त्यसैले मधेसको हित चाहने नेता वा नागरिकले विद्यालय बन्दको संस्कृति हुर्कन दिनुहुंदैन।