यद्यपि व्रत वा बर्त भनेको सामान्य दैनन्दिनको जीवनमा कुनै धार्मिक तिथि मितिमा भोकै बस्नुलाई मानिन्छ। तर बर्तको यहां त्यो अभियान, अनुष्ठान हो जसलाई गर्न मन लागेको हुन्छ। आफनो आत्मशुद्धि, विचारशुद्धि, शरीरशुद्धिका लागि जे कुरा हामी अपनाउंछौं र जसलाई प्राणपणले पूरा गर्ने निश्चय गर्दछौं, त्यही बर्त हो। महाभारतका प्रसिद्ध पात्र देवव्रतले आजीवन अविवाहित रही सिंहासनको वफादार रहने बाचा गरे। त्यो उनको बर्त हो। त्यसैले उनले भीष्मको उपाधि पाए। भीष्म भनेको कठोर। आजीवन अविवाहित रहनु र सिंहासनको वफादार रहनु अति कठिन बर्त हो। जसलाई पूर्ण गर्न सकेको हुंदा देवव्रत अर्थात् भीष्मको गौरवगाथा आजसम्म स्मरणीय रहेको छ। यहां यसै सर्न्दर्भमा यो लेख प्रस्तुत गरिएको छ।
मानिस कतिथरिको विचार गर्दछ। यीमध्ये केही निश्चय स्तरका पनि हुन्छन्, तर के देखिएको छ भने तीमध्ये केही मात्रको निर्वाह गरिन्छ। जसको निर्वाह गरिन्छ, ती पनि धेरै दिन टिक्न सक्दैनन्। उत्साह केही समयका लागि रहन्छ, तर जसै मनोबल क्षीण हुंदै जान्छ, उत्साह पनि त्यही गतिमा ठण्ढा हुंदै जान्छ। पुराना संस्कारहरू फेरि हावी हुन थाल्छन्। नयां निश्चय शिथिल हुंदै जान्छ र अन्तमा त्यो दिन आउंछ, जब आदर्शवादी निश्चय समाप्तप्रायः हुन्छ। पुरानो बानी पुनः र्फकन्छ। अगाडि बढाएको पाइला फिर्ता लिंदा मनमा केही सङकोच त हुन्छ, तर मनलाई जसैतसै सम्झाइन्छ। कैयौं यस्ता तर्क खोजिन्छन्, जसका कारण सेलाएको उत्साह र निश्चयमा आएको न्यूनताले औचित्य पाउंछ। कारण निश्चयको न्यूनता र मनोबलको कमी हो। तर आफूलाई दोषी कसरी ठहर्याउने - दुर्बलता स्वीकार गर्ने त कसरी - त्यसैले केही यस्ता कारण खोजिन्छन्, जसले परिस्थितिमाथि दोष थुपारेर आफू निर्दोष साबित हुन सकियोस्।
मानिसको जीवनमा यस्तो समय घरीघरी आउंछ जब श्रेष्ठता अपनाउनका लागि उत्साह उम्रन्छ। यस्तो प्रायः प्रेरणाप्रद स्वाध्याय अथवा उत्तेजक सत्सङगबाट हुन्छ। कुनै महापुरुषको जीवनका आदर्शवादी घटनाहरू पनि यदाकदा सामुन्ने आइरहेका हुन्छन्। चित्र अथवा फिल्ममा पनि कहिलेकाहीं केही यस्तो देख्न पाइन्छ, जसलाई उच्चस्तरीय भन्न सकिन्छ। अनुकरण गर्ने उत्कण्ठा जाग्दछ। आवेशले त्यसको समर्थन पनि गर्दछ। भावोत्तेजनालाई मनमा गांठो पारेर राखिन्छ कि अघिल्लो दिनदेखि त्यसको आरम्भ गरौंस गरिन्छ पनि। केही दिन त्यो सुचारु पनि रहन्छ, तर यी सबै उत्ताउलो भएर गरिएको र्ठहर्छ। यो सोच्ने प्रयत्न गरिएको हुंदैन कि यसको निर्वाह हुन सक्छ वा सक्दैनस आइपर्ने समस्याको सामना गर्न सकिन्छ कि सकिंदैन। परिणामस्वरूप जब मनोबल शिथिल हुन थाल्छ अनि आइपर्ने सानै समस्या पनि ठूलो लाग्न थाल्दछ। निराकरणको उपाय सोच्नुको साटो प्रतिकूलता झाङगिएको लाग्न थाल्छ। जुन लाभ सोचिएको थियो त्यो क्षुद्र लाग्न थाल्दछ। जुन बाटो समाइएको थियो, त्यसलाई छाडेर कुनै अर्को बाटो समाउने विकल्पको खोजी हुन थाल्छ। शिथिलता बढ्दा-बढ्दा यस स्तरमा पुग्दछ कि क्रम तोडिन थाल्छ। कुनै दिन गर्ने, कुनै दिन छोड्ने सिलसिला चलेर हताशा जन्मिन्छ। जे निश्चय गरिएको थियो, त्यसमा लाभ थोरै र कठिनाइ बढी देखिन थाल्छ, अन्ततः उत्साह समाप्त हुन्छ। कालान्तरमा फेरि कुनै नयां सोच उत्पन्न हुन्छ। नयां निश्चय जाग्दछ र पहिलेकै क्रममा त्यसको पनि अन्त हुन्छ।
जतिपटक निश्चय टुट्छ, त्यति नै मनोबल खस्कन्छ। अन्तमा स्थिति के हुन्छ भने कुनै नयां आदर्शवादी निश्चय गर्ने साहस नै बांकी रहंदैन। आत्मविश्वास समाप्त भइसकेको हुन्छ र लाग्न थाल्दछ यी सबै आंट सकियो। निराशाका साथै आत्मग्लानि पनि हुन थाल्छ। अनि के भन्न थालिन्छ भने यी सबै तपस्वी, मनस्वीहरूको काम हो। आफनो संस्कार नै यस्तो छैन। पाइला अघि सारेर पनि के फाइदा -
यस्तो प्रायः जप, तप, ध्यान, धारणा, ब्रत, उपवास, स्वाध्याय, ब्रह्मचर्य, अस्वादजस्ता सर्न्दर्भहरूमा हुने गर्दछ। यस्ता कुनै काममा लागि पूर्व अभ्यास त गरिएको हुंदैन। सञ्चित कुसंस्कारले कसरी अवरोध पुर्याउंछ भन्ने हेक्का पनि रहंदैन। यस्तो अवस्थामा उत्साहको स्तर आवेश जस्तै हुन्छ। आवेश स्थायी हुंदैन। जब शोक, क्रोध, जिजीविषा, लिप्साजस्ता भावावेश समयका साथ शान्त हुन थाल्छन्, घनिष्ठ मित्रता परिचय मात्र बनेर रहन्छ अनि आदर्शवादी निश्चयहरू चिरस्थायी बनिरहनु कसरी सम्भव छ -
आदर्शवादिताको कुनै पनि पक्षमा पाइला सार्नुछ भने त्यस सम्बन्धमा पहिले त्यसका पक्ष र विपक्षको सम्बन्धमा राम्ररी विचार गर्नुपर्छ। पक्ष त स्पष्ट छ-उत्कृष्ट दिशामा हिंड्ने मानिसको जहिले पनि हितसाधन भएको छ, धनवान बन्न नसके पनि ओजस्वी, तेजस्वी, वर्चस्वी बन्ने अवसर अवश्य नै प्राप्त हुन्छ। स्वास्थ्यमा सुधार भएको छ, सन्तोष प्राप्त भएको छ, परिवारमा सदभाव वृद्धि भएको छ। परिचितहरूबीच सम्मान छ, साथीहरूको सहयोग प्राप्त छ, प्रसन्नता बढेको छ र शान्ति प्राप्त भएको छ। यी लाभहरूलाई दृष्टिमा राख्दा आत्मसुधारका लागि पाइला उचाल्नु सबै प्रकारले श्रेयस्कर छ। सानो पनि समस्या मुखिन्जेल भयो भने सञ्चित कुसंस्कारले सुधार-प्रयासहरूबारे सहमत हुन बाधा पुर्याइहाल्छ। परिवारजन पनि अनुमान लगाउंछन् कि अतिरिक्त आम्दानी घटेर सारा जीवन सामान्य किसिमले बिताउनर्ुपर्छ। धन-सम्पत्ति सङग्रह गर्न सकिन्न। मौजमस्तीको अवसर प्राप्त हुन सक्दैन। दौंतरीहरूबीच शान-शौकतको धक्कू लगाउन सकिन्न। सन्तानको खर्चिलो पढाइ र भव्य समारोहका साथ हुने बिहेबाट प्राप्त ओजस्विता प्राप्त हुन सक्दैन। यस्तो निरीहता देखेर आडम्बर गर्नेहरू उपहास गर्नेछन्। तर यदि यी कटौतीहरूलाई स्वीकार गर्न सकिन्छ भने आदर्शवादी जीवनका थुप्रै लाभहरू प्राप्त गर्न सकिन्छ। यसमा जुन हानि हुन्छ त्यो तुच्छ देखा पर्छ। पुण्य र परमार्थको आनन्द त सज्जनताको रीति-नीति अपनाउनुमा नै छ। आत्मपरिष्कार यस्तो लाभ हो, जसबाट लोक र परलोक दुवैको सुधार हुन्छ। दूरदर्शिता यसैमा छ कि त्यस बाटोमा पाइला बढाइयोस्, जुन बाटोमा महामानवहरू हिंड्छन् र भावी पीढीका लागि अनुकरणीय पदचिह्न छाडेर धन्य भएका छन्।
बुद्धिमानी के हो भने साना-साना बर्तको अठोट गरियोस् र तिनको कुनै पनि अवस्थामा निर्वाह गरियोस्। जस्तै उपवासको अभ्यास गर्नुछ भने पहिले सप्ताहमा आधा दिनको बर्त राखौं। जब त्यो गर्न सकिन्छ भन्ने लाग्छ, आफनो साहसको प्रशंसा गर्दै र त्यसलाई अझ केही दिन धान्न सकिएको छ भने फलाहारसहित दिनभरिको उपवास सुरु गरौं। अब पनि सकिन्छ जस्तो लाग्छ भने पानी, सागको रस आदि लिएर त्यस व्रतशीलतालाई महत्त्वपूर्ण स्तरसम्म पुर्याऊं। यसप्रकार एक-एक दिन संयम क्रम बढाउंदै त्यस स्थितिमा पुग्ने प्रयास गर्नुपर्छ कि महिनौं संयमपूर्वक रहन सकियोस्। यो व्रतशीलताको अनुबन्ध, प्रत्येक ठूलो फडको मार्नुको अपेक्षा, विस्तारै-विस्तारै आधिक्यमा पुर्याउनुमा निहित छ। उदारताका लागि आवश्यक छैन कि प्रारम्भमा नै कैयौं घण्टा बर्त बस्ने सोच राखियोस्। आरम्भ पांच मिनेटबाट गर्न सकिन्छ। अनि जसै-जसै मन लाग्न थाल्छ त्यसमा अभिवृद्धि गर्दै जाऊं।
दुर्गुणहरूको परित्याग गर्ने सर्न्दर्भमा पनि यही क्रिया लागू हुन्छ। सिगरेट खाने बानी छ भने दैनिक प्रयोगमा एउटा-एउटा कम गर्दै अन्तमा पूरै छोड्न सकिने सामर्थ्य आर्जन गर्नुपर्छ। लोकमङगलका लागि अनुदान दिने कुरामा पहिले सानै राशिबाट शुभारम्भ गरौं, तर त्यसलाई दैनिक र नियमित पारौं। छुटेको वा बिर्सिएको अवस्थामा त्यसको प्रायश्चित गर्नका लागि झिनो-मसिनो शारीरिक दण्ड वा आर्थिक दण्डको प्रावधान राखौं। नियमितता जारी रहयो भने मनोबल बढ्छ र ठूलो पाइला चाल्ने ऊर्जा प्राप्त हुन्छ, त्यसलाई निर्वाह गर्ने सामर्थ्य प्राप्त हुन्छ र त्यो सरल र सम्भव पनि बन्न जान्छ।