- सञ्जय साह 'मित्र’ शिक्षामा परम्परागत मान्यता अब धराशायी बन्दैछ। शिक्षाको माध्यमको रूपमा भाषा र साधन दुवैमाथि पर्याप्त बहस भइरहेको छ। एकातिर मातृभाषामा शिक्षा दिइनुपर्छ भन्ने मान्यताले मर्ूतरूप पाइरहेको छ भने अर्कोतिर सम्पूर्ण क्षेत्रमा वैज्ञानिक शिक्षा र पद्धतिको प्रश्न आइरहेको छ। वैज्ञानिक शिक्षाले सैद्धान्तिक, प्रयोगात्मक तथा व्यावहारिक सबै विषयमा नयां सोचाइतर्फ सङकेत गर्दछ। शिक्षा दिने प्रविधिमा नै अहिले ebook को अवधारणा आएको छ।
अमेरिकाको एउटा विश्वविद्यालयमा संस्कृत पढाउने नेपाली प्राध्यापकले ebook बाट संस्कृत पढाएको चर्चा एकपटक नेपाली साहित्यमा खुब चलेको थियो। प्राध्यापन कक्षामा हाम्रो कालोपाटीजस्तै सेतोपाटीको छेउमा विभिन्न स्वीचहरूमध्ये एउटा थिचेपछि त्यो सेतोपाटी मोनिटर स्क्रिनमा बदलिएको र मोनिटर स्क्रिनमा नै पढाउने सामग्री -विषयवस्तु) आउने गरेको, जुन यति, गति र लयमा वाचन गर्नुपर्ने हो, जस्तो आउभाउ हुनुपर्ने हो तथा भाव वा अर्थ के कस्तो हो सम्पूर्ण क्रमशः आफैं आउने कुरा पढ्दा सपनाको कल्पनाजस्तो लाग्थ्यो। त्यो चर्चित लेख आधा शताब्दी पहिले मैले पढ्न पाएको थिएं र अहिले नेपालमैं नमुना शिक्षणको रूपमा भदययप केही जिल्लाका केही विद्यालयमा लागू गरिएको छ र गत साउनको अन्तिम साता नेपालको पाठ्यक्रममा आधारित ebook हेर्ने अवसर पनि प्राप्त गरें।
ebook भनेको electronic book हो। इलेक्ट्रोनिक बुक भन्ने पदावली बिजुलीबाट चल्ने किताब अर्थात् विद्युतीय किताब भन्ने बुझिन्छ। विद्युतीय किताबको व्यावहारिक अवधारणा नेपालमा पनि आइसकेको तर आम नागरिक यसबारे बिल्कुलै अनभिज्ञ रहेको अवस्था छ। नेपाल ebook लाई अन्य कतिपय देशमा जस्तै OLPC भनी लागू गरिएको छ। OLPC भनेको One laptop per child हो। यसको नेपाली रूपान्तर ँप्रति विद्यार्थी एक ल्यापटप’ भन्ने हुन्छ। विद्यार्थीको लागि भनी तयार गरिएको विशेष प्रकारको ल्यापटपमा कुनै कक्षामा पढाइ हुने सम्पूर्ण विषयहरू समावेश हुन्छ। एउटा कक्षाको सम्पूर्ण विषय र सम्पूर्ण पाठ तथा अभ्यासहरू ल्यापटपमा समावेश गरिएको हुन्छ।
कुनै कक्षाको लागि तयार पारिएको ल्यापटपमा सम्बन्धित कक्षाको विद्यार्थीको उमेर, तह तथा पाठको भावअनुसार सम्पूर्ण कुरा समावेश गरिएको हुन्छ। माथि अमेरिकाको सेतो पाटीरूपी स्क्रिनमा गति, यति र लयबद्ध कविता वाचनको चर्चा गरिएजस्तै नेपाली पाठ्यक्रम राखिएको ल्यापटपमा कविताको गति, यति र लयसहित राखिएको छ। कविता पढ्दा विद्यार्थीले कसरी पढ्ने वा शिक्षकले कसरी पढाउने भन्ने समस्या आफैं हराउंछ। कविताको भाव तथा सामान्य अर्थ र विशिष्ट वा सान्दर्भिक अर्थलाई शिक्षकले भने बुझाउनुपर्छ। विद्यार्थीको शब्दार्थज्ञान बढाउने रमाइला अभ्यासहरू राखिएका छन्। ल्यापटपमा एउटै अभ्यासलाई पटक-पटक गर्न सकिन्छ, ठीक बेठीक भए नभएको विद्यार्थी स्वयंले हेर्न सक्छ। कति ठीक तथा कति बेठीक वा कतिपटकमा विद्यार्थीले अभ्यासलाई ठीक ढङगले बनाउन सके भन्ने कुरालाई पनि ल्यापटपमा सङकेत गरिएको हुन्छ। शिक्षक तथा अभिभावकले आफनो केटाकेटीले कुन विषय तथा कुन पाठको कुन अभ्यास कतिपटक पढे वा गरे वा हेरे भन्ने कुरो सम्बन्धित विद्यार्थीको ल्यापटप खोलेर हेर्न सक्छन्। विद्यार्थीले अभिभावक तथा शिक्षकलाई ठग्ने सम्भावना ज्यादै कम हुन्छ। विद्यार्थीले पनि सम्बन्धित शिक्षकले मलाई फलानो अभ्यास राम्ररी सिकाइदिएनन् भन्ने सम्भावना कम रहन्छ।
हरेक अभ्यासको लागि पर्याप्त उदाहरणहरू दिइएका छन्। ल्यापटप हेरेर अभिभावकले आफैं पनि अभ्यासहरू गराउन सक्छन्। अभ्यासमैं उत्तरहरू दिइएका छन्। आफूले गरेको अभ्यास मिले नमिलेको हेर्न सकिने सुविधा भएकोले पटक-पटक गर्न सकिने तथा अभिभावक वा शिक्षकले कतिपटक सम्बन्धित विद्यार्थीले सम्बन्धित अभ्यास गरेर पाठ सिकेको हो भन्ने कुरा थाहा पाउन सकिन्छ। यसबाट विद्यार्थीको बोध क्षमता पनि थाहा पाउन सकिन्छ। OLPC कार्यक्रम यस अर्थमा निकै सरल तथा निकै वैज्ञानिक पनि रहेको छ।
OLPC कार्यक्रम तुलनात्मक रूपमा सस्तो पनि छ। भारतमा विद्यार्थीको लागि तयार हुंदै गरेको भनिएको विशेष ल्यापटपको मूल्य सात सय तीस रुपियां पर्ने र्सार्वजनिक भएको छ। नेपालमा भने दोब्बर मात्र होइन दश गुना महंगो हुने भए पनि साढे सात हजार पर्न आउंछ। नेपालका विद्यार्थीले सरदर साढे सात हजार ट्युशनमैं तिरेको देखिन्छ। ग्रामीण विद्यार्थीले पनि किताब, कापी, कलम र ट्युशनसमेत गरी पांच हजारभन्दा कम खर्च गरिरहेका छैनन्। परम्परागत पढाइले उपलब्धि मापन गर्न सजिलो छैन। OLPC ले पढाइको उपलब्धि पटक-पटक मापन गर्न सकिन्छ। यति मात्र नभई वर्तमान पढाइले सम्बन्धित कक्षामा रहेका सम्पूर्ण विद्यार्थीलाई एकैसाथ पढाउनुपर्ने बाध्यता छ। कुनै पाठकको कुनै अभ्यास विद्यार्थीले जानिसकेको छ र कोही जानिसकेको छैन भने जान्ने वा नजान्नेलाई एकैसाथ लानुपर्ने बाध्यता छ। यसबाट कुनै विद्यार्थीको बुझाइको गतिमा अवरोध आइरहेको हुन्छ तथा कसैलाई बलजफती घिसारेर कक्षालाई अगाडि बढाउनुपर्ने हुन्छ। OLPC कार्यक्रम आइसकेपछि फरक-फरक प्रतिभालाई एकैसाथ बलजफती लैजानुपर्ने बाध्यात्मक अवस्थाबाट केही हदसम्म मुक्त हुन सकिने अवस्था हुन्छ।
अहिलेको सन्दर्भमा यसको अन्तराष्ट्रिय महत्त्व छ र सरकारले बालबालिकालाई किताब, छात्रवृत्ति तथा शिक्षकको तलब-भत्तालगायत अन्य सुविधा उपलब्ध गराइरहेकै अवस्थामा यो कार्यक्रम लागू गरेपछि छात्रवृत्ति रकम, किताब रकम, सरकारी ढुवानीदेखि अन्य विविध खर्च चाहिं कम हुने हुन्छ। किताबको प्रयोग एकै शैक्षिक सत्रमा मात्र भइरहेकोमा एउटा ल्यापटप सामान्य मरम्मतले पनि कम्तीमा पांच वर्षसम्म जाने देखिन्छ। हरेक वर्ष किताब छाप्नलाई सरकारले विभिन्न दातृ निकायको मुख ताक्नुपरिरहेको छ। अर्कोतिर शिक्षण कार्यलाई प्रभावकारी बनाउन नसिकएको आरोप लागिरहेको अवस्थामा ल्यापटपको प्रयोगले शैक्षिक सामग्रीको अभावमा शिक्षण कार्य प्रभावकारी हुन नसकिरहेको आरोप वा वास्तविकतालाई निकै हदसम्म कम गर्न सकिन्छ। सानैदेखि ल्यापटप चलाउन सिक्ने बालकले भोलिको शिक्षालाई प्रभावकारी बनाउन सक्छ। अन्तराष्ट्रिय समुदायमा आफूलाई सजिलै प्रस्तुत गर्न सक्छ, आउंदो युगको नेतृत्व गर्न सक्छ।
पचास वर्ष पहिले शिक्षाको स्वरूप जस्तो थियो अहिले त्यस्तो छैन। हाम्रो वर्तमान शिक्षा वास्तवमैं साक्षरतामुखी छ। तर अबको शिक्षा भनेको पचास वर्षपछिको नागरिकलाई हेरविचार गरेर दिनुपर्ने अवस्थालाई अहिले नै दृष्टिगत गर्नुपर्छ। कम्प्युटर-साक्षर सामान्य पढेलेखेका नागरिकका लागि रोजगारीका अनन्त सम्भावना छन्। वर्तमान अवस्थामा एक वर्षजति राम्ररी कम्प्युटर तालिम लिएको मान्छे बेरोजगार छैन तर अबको एक दशकपछि अहिलेकै अवस्था रहंदैन। एक दशकपछि कम्प्युटर राम्ररी नजान्ने मजदुरलाई विदेशमा रोजगारी नपाइने अवस्था नआउला भन्न सकिन्न। अहिलेका साना केटाकेटी बीस वर्षपछि कस्तो नागरिक तयार हुन्छन् वा कस्तो नागरिकको रूपमा तयार हुनुपर्छ भन्नेतर्फअहिले नै सोच्नु आवश्यक छ। यसको लागि OLPC कार्यक्रम शैक्षिक गन्तव्यको नयां बाटो हुन सक्छ। सरकारले पनि यसको महत्त्व बुझेर देशलाई ebook को माध्यमबाट शिक्षा दिन दुइ गुना र रात चारगुना वृद्धि गर्नु आवश्यक छ तर यसभन्दा पनि बढी नागरिक समाजले नै OLPC को लागि सरकारलाई दबाब दिंदै नैतिक, भौतिक सहयोग पनि गर्नु जरुरी छ।