-गम्भीरा सहनी सवारी चालकको लापरवाही, सडक तथा सवारी साधनको गडबडी
(खराबी) ले गर्दा सवारी दुर्घटनामा वृद्धि हुंदै आएको छ भने कैयौ यात्रुहरूको अकालमैं मृत्यु हुने गरेको छ।
मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाका अनुसार साउन-भाद्र दुइ महिनाको १२३ वटा सवारी दुर्घटनामा परी ७० जनाको मृत्यु भएको छ भने १७६ जना सख्त र २७० यात्रुहरू सामान्य घाइते भएका छन्।
प्राप्त विवरण अनुसार सो दुइ महिनाको सवारी दुर्घटनामा १७८ वटा सवारी साधनहरू संलग्न छन्, जसमध्ये ट्रक टयांकर ३७, बस ५६, जिप-कार- भैन १४ टयाक्टर ९, टेम्पो ५, मोटरसाइकल ४९, ठेला, रिक्सा, साइकल, गाडा ११ वटा छन् भने मृत्यु हुनेमा पुरुष ५५ जना, महिला ९जना, बालबालिका ५ जना र चौपाया एक
रहेका छन्।
सवारी साधनको बढ्दो चापले गर्दा सडक सांघुरिएको छ भने कहीकही सडक भत्किएको छ, सवारी साधनहरूको पार्ट पुर्जा तथा मेशिनरीको खराबीले कहिले काहीं ब्रेक, स्टेरिड. फेल तथा चक्का फुत्केर सवारी दुर्घटना हुने गरेको छ। तर सवारी चालकको लापरवाहीले बढी मात्रामा सवारी दुर्घटना भएको पाइन्छ। सवारी चालकहरूले तीव्र गति तथा मादक पदार्थ सेवन गरी ट्राफिक नीति-निर्देशन, सडकको स्थितिविपरीत सवारी चलाउंदा बढी दुर्घटनामा परेका छन्। ट्राफिक नीति-नियम, निर्देशन बमोजिम तीन ँस’- सडक, सवारी-साधन र सवारीचालक दुरुस्त भए सवारी दुर्घटना न्यून हुने मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, पथलैयाका ट्राफिक प्रहरी निरीक्षक वसन्त कुमार मण्डलले एक भेटमा बताए।
यसैगरी सरकारी तथा गैरसरकारी प्रतिनिधि, प्रमुखहरूको गैरजिम्मेवारीपर्ूण्ा ढिलासुस्ती तथा काम कारबाईले यता सडक अवरुद्ध हुने
-चक्काजाम) को घटनामा वृद्धि भएको छ। सो अवधिमा कैयौंको धनजन नष्ट भएको समाचारमा आएको छ। यस्ता राजनीतिक दलहरूले विभिन्न राजनीतिक मागसहित चक्काजाम गर्छन् भने उता विभिन्न विकास, निर्माण, सुधार तथा कानुनी न्यायको माग गर्दै विभिन्न सङघ-संस्थासहित न्याय नपाएका व्यक्ति, समूहले समेत चक्काजाम गर्दै आएका छन्। सवारी दुर्घटनामा परी निधन भएका परिवारहरूले क्षतिपर्ूर्ति माग गर्दै विगतमा कैयौं दिन चक्काजाम गरेका थिए , तर यता सवारी दर्ुधटनाका मृतक परिवारलाई रु. ५ लाख क्षत्तिपर्ूर्ति दिने कानुनी व्यवस्थाले तत्सम्बन्धी चक्काजाम न्यून भएको गैरसरकारी संस्था एकबद्ध नेपालका प्रमख शिवकुमार शर्माले एक भेटमा सञ्चारकर्मीलाई बताएका छन्।
मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाका अनुसार गत साउन-भदौ दुइ महिनामा १९५ घण्टा चक्काजाम भएको छ। साउन महिनामा २३ पटकमा ७१ घण्टा र भाद्र महिनामा १६ पटकमा १२४ घण्टा सडक अवरुद्ध -चक्काजाम) भएको छ। सो चक्काजाममा परी लाखौं यात्रुहरू मानसिक तथा शारीरीक रोगले पीडित भए, सिकिस्त भई उपचार नपाउंदा एकले ज्यानसमेत गुमाएको समाचार छ। राजनीतिक दल तथा विभिन्न सङघ-संस्था तथा समूह र व्यक्तिहरूले समेत विभिन्न माग राख्दै चक्काजाम गरेको उदाहरण छ भने सवारी दुर्घटनाले चक्काजाम यता न्यून भएको मध्य क्षेत्रीय ट्राफिक कार्यालय, पथलैयाले जनाएको छ।
सडक अवरोध -चक्काजाम) न्यूनीकरणका लागि सरकारी तथा गैरसरकारी कार्यालय, सङघ-संस्थाका प्रतिनिधि, प्रमुख पदाधिकारीहरूले प्रचलित ऐन, नियम बमोजिम जिम्मेवारीपूर्वक काम गर्न अपरिहार्य भएको अधिकारकर्मीहरूले बताएका छन्।