जगदीश शर्मा
मनुष्यको स्वभावमा राम्रा र नराम्रा दुवै प्रकारका प्रवृत्तिहरू छन्। शिक्षा, संस्कार र वातावरणले जुन प्रवृत्तिहरूलाई आकरि्षत, आमन्त्रित गर्दछन्, व्यक्तिमा तिनै प्रवृत्तिहरू बढ्छन्, फल्छन् र फुल्छन्।
शिक्षा र संस्कार जस्ता स्वाभाविक निर्णायक तत्त्व पनि वातावरणमा नै अवलम्बित हुन्छन् र वातावरणले पनि त्यसैलाई प्रभावित पार्दछ, जो त्यसका निकट बस्दछ। हुनत वातावरण एउटा स्थितिको नाउं हो। जहां जुन प्रवृत्तिका मानिसहरू बढी हुन्छन्, त्यहां त्यस्तै वातावरण उत्पन्न हुन्छ। यस अर्थमा मानिसको स्वभाव यस कुरामा निर्भर रहन्छ कि ऊ कस्तो मानिसको सङगत गर्दछ। दृढ सङकल्पी र निष्ठावान व्यक्तिहरूको कुरा बेग्लै छ अन्यथा मानिस आफना निकटवर्ती व्यक्ति तथा परिस्थितिबाट प्रभावित भएर नै कुनै क्रियाकलाप अथवा गतिविधि अंगाल्छन्। त्यसैले भनिएको पनि छ सङगति गुनाको फल।
जस्तो मानिसहरूको सङगत हुन्छ, जसको निकट सम्पर्क बढी हुन्छ, उनैको गुण सबल भएर व्यक्तिलाई आफनो समान बनाउंछ। मिश्रीको थुप्रोमा परेको बांसको टुक्रा पनि मिश्रीकै भाउमा बिक्री हुन्छ। व्यक्तिले निसर्गतः कुनै रेडिमेड व्यक्तित्व लिएर जन्मेको हुंदैन। केटाकेटीदेखि नै उसलाई जुन प्रकारका बालबालिकाहरूको सङगत प्राप्त हुन्छ, उसले त्यस्तै हाउभाउ र रीतिनीति अंगाल्छ। त्यही बानी पछि गएर आफनो अनुरूप स्वभावको व्यक्तिहरूलाई खोज्दछ र त्यस्तै प्रवृत्ति अंगाल्छ।
परिस्थितिवश जब असल व्यक्तिहरू पनि नराम्रो सङगतमा फस्दछन् र व्यक्तित्वमा अपेक्षित दृढता छैन भने असल स्वभावका व्यक्तिहरू पनि नराम्रो बानी सिक्छन्। उदाहरणका लागि नशाबाजीलाई नै लिउं। नशामा न कुनै स्वाद हुन्छ र त्यसको कुनै आवश्यकता अथवा उपयोगिता नै हुन्छ। अनि किन मानिस नशा सेवन गर्दछन् - सयमध्ये उनान्सय व्यक्ति आफना साथी-सङगातिको आग्रहले बिडी-चुरोट तान्दछन् र विस्तारै यसरी त्यसको वशमा पर्छन् कि चाहेर पनि नशाको बानी छुट्दैन।
नशाजस्तै जुवा खेल्नु, गाली-गलोज गर्नु, अकर्मण्य भएर बस्नु, अर्काको खानु, समय बर्बाद गर्नु, फेसन गर्नुजस्तो कैयौं दुष्प्रवृत्तिहरू छन्, जुन व्यक्ति आफनो मित्रमण्डलीबाट सिक्दछ। जति मानिसहरूसंग हामी मित्रता गर्दछौं, स्वभावतः तिनमा भएका दुष्प्रवृत्तिहरूले पनि मित्रता गर्न थाल्दछन् र नजानिंदो गरी हामी थुप्रै नराम्रा बानीहरू सिक्न थाल्दछौं। कहांसम्म भने जब कुनै व्यक्ति व्यभिचारी अथवा दुराचारी, चरित्रहीन बन्दछ भने उसको यस पतनको शत-प्रतिशत कारण उसको सङगत नै हुन्छ। अन्यथा आरम्भिक जीवनमा त सबै सदाचारी नै हुन्छन्। सामाजिकता, लोकलाज, अपमानको भय र प्रचलित मान्यताजन्य अवरोध हाम्रो समाजमा यसप्रकार स्थापित छन् कि मानिस हतपत कुमार्गी हुनै सक्दैन। कुमार्गतिर लम्कंदा पाइला-पाइलामा भय, सङकोच र लज्जा उत्पन्न हुन्छ। तर कुसङगमा, खराब साथीहरूको सङगतमा हुने फोहोरी हंसी-मजाकमा रुचि लिनाका साथै त्यसबाट उत्पन्न हुने रसले दिन प्रतिदिन पतनको खाडलमा धकेलिरहन्छ।
यसका विपरीत राम्रो वातावरणमा रहने र असल व्यक्तिहरूको सङगतिको पनि प्रभाव पर्दछ। मानिसहरूमा मात्र होइन, पशुपक्षीहरूमा पनि यसको स्पष्ट प्रभाव देखिन्छ। प्राचीनकालको यो स्थिति हाम्रो लागि गौरवानुभूतिको कारण हो कि ऋषिमुनिहरूको आश्रममा सिंह र गाई एउटै स्थानमा स्वतन्त्र र निर्भय विचरण गर्दथे। घरेलु पालतु पशुपक्षीहरूमा पनि वातावरणको प्रभाव हेर्न सकिन्छ। पिंजडामा पालेको सुगाले त्यही कुरा सिक्दछ, जुन उसले दिनरात सुन्दछ। सुगाहरू गाली पनि गर्छन् र पाहुनाहरूलाई स्वागत-अभिवादन पनि गर्दछन्। यस आधारमा प्राचीनकालको त्यस कुरामा सन्देह गर्ने पनि कुनै कारण छैन। किनकि जुन स्थानमा प्रेम र अहिंसाको सद्भावनायुक्त प्रबल-प्रचण्ड प्रभाव विद्यमान हुन्छ, त्यहां कोही पनि त्यसबाट प्रभावित नभई रहन सक्दैन। सिंह, बाघ, चितुवाहरू र्सकसमा रिङमास्टरको भयले अनुशासित हुन्छन् भने प्रेम त भयभन्दा असङख्य गुना शक्तिशाली हुन्छ, त्यसको प्रभाव झन् किन नहुनु -
फूल झरेर जुन माटोमा मिसिन्छ, त्यसले पनि सुगन्ध ग्रहण गर्न थाल्दछ। चन्दन वृक्षसमीप उम्रेका रूख-बिरुवा पनि चन्दनको सुगन्धबाट सुवासित हुन्छन् भने के कारण छ कि सद्गुणी र सज्जन व्यक्तिहरूको सम्पर्कमा रहेर व्यक्ति त्यस्तो नबनोस्। नराम्रो स्वभावका मानिसको सङगतले नराम्रो बानी सिकिन्छ भने यो पनि निश्चित हो कि असल स्वभावका मानिसको सङगतमा असल बानी सिक्न सकिन्छ। सत्पुरुषहरूको सङगतमा निश्चय नै सत्प्रवृत्तिहरू विकसित हुन थाल्छन्। सूर्यमुखीको फूल त्यतै फर्किन्छ जता सूर्य हुन्छ। बिहान हुनेबित्तिकै कमलको मुख खुल्न थाल्छ। त्यसै प्रकार संसर्गअनुरूप नै मानिसको अन्तरात्मामा पनि सत्प्रवृत्ति र सद्गुण विकसित हुन थाल्दछ।
अब प्रश्न उठ्दछ राम्रो र नराम्रो दुवै विद्यमान छन् र असल आफैंमा शक्तिशाली छ भने नराम्रा व्यक्तिहरूको संसर्गबाट भय किन - कुरा ठीक हो, सत्तत्त्व सामर्थ्यवान र शक्तिशाली हुन्छ, तर त्यसको सामर्थ्य व्यक्तिको आफनो आत्मबलद्वारा नै विजयी अथवा विजित हुन्छ। शस्त्र छ, बन्दूकको साटो राइफल नै छ, बन्दूक चलाउन पनि आउंछ तर समयमा हातखुट्टा काम्न थाल्यो, हिम्मत पस्त भयो भने बन्दूक अथवा राइफलले के गर्न सक्छ - हाम्रो स्वभाव लाख राम्रो होस्, तर यति आत्मबल नहोस् कि नराम्रा मानिसबाट अप्रभावित रहन सकोस् भने त्यही प्रवृत्तिहरू हामीमाथि हावी हुन थाल्दछन्। त्यसैले सङगतले हुने प्रभावको महत्त्व बुझेर हामीले नराम्रो स्वभावका व्यक्तिहरूसंग सङगत गर्नुहुंदैन।
अतः आवश्यक के छ भने आफनो सङगी-साथीको चयन गर्दा विश्लेषण गरौं र सतर्क भएर मित्रको चुनाव गरौं। कुसङगतबाट जोगिनु र असल मानिसहरूको सङगतबाट लाभ प्राप्त गर्नु नै सत्प्रवृत्ति विकास गर्ने एक मात्र उपाय हो। यसको अलिकति पनि उपेक्षा गर्नुहुंदैन। आफनो सम्पर्क दुष्ट र दुराचारी मानिसहरूसंग भएको छ भने त्यसलाई त्याग्न अलिकति पनि प्रमाद वा लापरवाही गर्नुहुंदैन र सज्जनहरूसंग सङगत छ भने त्यसलाई घनिष्ठ बनाउन यथाशक्ति प्रयत्न गर्नुपर्छ।