प्रस, कलैया, १३ असोज/
जिल्ला कृषि विकास कार्यालय, बाराको आयोजनामा बुधवार सहभागी भएका उखुबाली अन्तर्त्रिmया
गोष्ठीका सहभागी प्राविधिकहरूले मकैबालीको विकल्पमा किसानहरू समक्ष उखुबाली अघि सारेका छन्।
जिल्लामा गत वर्ष मकैबालीमा दाना नलागेपछि उनीहरूले मकैखेतीको विकल्पमा उखुबाली अघि सारेका
हुन्।
हाइब्रिड हिउंदे मकैबालीमा दाना नलागेपछि बाराका किसानले एक अर्ब ६२ करोड रुपियां बराबरको क्षति बेहोरेका थिए। उक्त अवसरमा बारा मनहर्वा-५ स्थित मामकौर सुगरमिलका प्रबन्धक प्रमुख अतिथि शिवनाथ शर्माले- तपाईंहरू कृषकलाई उखु लगाउन भन्नुहोस् हामी किन्न तयार छौं भनी बताए।
जिल्लामा कुल एक हजार पांच सय बिघामा उखुखेती भइरहेकोमा जिल्लामा चार हजार बिघामा उखुखेती गराउने लक्ष्य रहेको शर्माले बताए। उखुमा अन्तर्बालीको रूपमा राजमा, आलु, चना, मसुरो, आलस, धनिया, तोरी, मुङग र रामतोरियाको खेती गर्दा उखुलाई समेत फाइदा पुग्ने उनले बताए। अन्तर्बालीको रूपमा मकै, गहंु उब्जने भए तापनि यी बालीले उखुको उत्पादनमा कमी आउने कुरा कार्यक्रमको अध्यक्षता गरिरहेका राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम जीतपुरका प्रमुख प्रेम चौरसियाले बताए। चौरसियाले आफनो अनुसन्धान केन्द्रले कोसे ९८ दुइ सय ३१ जीतपुर-५ मन्त्रालयमा सिफारिस गरेको सुनाए।
एक हेक्टर उखुबालीमा किसानको एक लाख १० हजार खर्च हुने गर्दछ भने कुल नाफा तीन लाखसम्म हुने गरेको अनुमान छ। गोष्ठीमा कार्यक्रमबारे जिल्ला कृषि विकास कार्यालय, बाराका प्रमुख योगेन्द्र तिवारीले प्रकाश पारे भने उखुबाली विकास कार्यक्रम सम्बन्धमा चन्द्रदेव मण्डलले जानकारी गराएका थिए। कार्यक्रममा प्राविधिकसहित ३५ जना सहभागी थिए।