-कुमार रुपोखती
र्सकसमा मान्छेहरूका अलावा जनावरहरू पनि मुख्य पात्र हुन्छन्। र्सकसमा उल्टापुल्टा गरेर हंसाउने जोकर, मान्छेहरूका कलाबाजी र जनावरहरूको करतब हेर्न ठूलै हुल र्सकलस्थल पुग्ने गर्दछ। हामी केटाकेटी हुंदा रक्सौलमा ठूल्ठूला र्सकस आउंथे। मेरो बुबा सिनेमाको एकदम खिलाफ तर रक्सौलमा र्सकस आउंदा र्सकस वास्तविकता हो, र्सकस हेर्न जाओ भनेर पैसा दिनुहुन्थ्यो। आजकल रक्सौलमा ठूल्ठूला र्सकस पनि आउंदैन र हेर्न पनि गइंदैन। बरू अहिले आफनै देशमा र्सकस भैरहेकोले धेरैको मनोरञ्जन पनि भइरहेको छ।
संविधानसभा र्सकसमा परिणत भएको छ। संविधानसभारूपी र्सकसमा नेताहरूले जोकर र जनावर दुवैको भूमिका बखुबी निर्वाह गर्दै आइरहेका छन्। कोही जोकर बनेका छन्, कोही जनावर। सबैले बराबर मनोरञ्जन दिइरहेका छन्। नेपाली सञ्चार पनि के कम - प्रचण्ड सातपटक पराजित भन्छ, तर विजयी को भयो, भन्दैन - यो पनि र्सकसकै हिस्सा हो। तर रक्सौलका ठूल्ठूला र्सकसभन्दा बढी सदस्य सङख्या हुंदाहुंदै पनि यो नेपाली र्सकस निस्कर्षीनरूपमा मुलुकभर धडल्लेका साथ असफलरूपमा पर््रदर्शन भइरहेको छ। संविधानसभारूपी नेपाली र्सकसका जन्मदाता र सबैभन्दा पपुलर खलपात्र माधवकुमार नेपाल हुन्। र्सकसबाट राजीनामा दिएपछि पनि लाजै नमानी सधैं र्सकस धाइरहेका छन् र आफनो कर्कस ध्वनि निकालिरहेका छन्। प्रचण्ड र रामचन्द्र प्रख्यात जोकर देखिएका छन् भने तटस्थ बस्नेहरू जनावरको भूमिकामा छन्। र्सकसमा छिर्न "प्रवेश निषेध" गरिएका केपी ओलीको रांडो रूवाइ त "ओ तेरा क्या कहना" झैं लाग्छ। लामो सुंड भए त हात्ती झैं कराउंथे होलान्। भन्छन्- थुतुनो र मुतुनो काबुमा राख्न नसक्नेले केपी ओलीको हविगत भोग्छ रे। र्सकसलाई अझैं लम्बेतान बनाउन अस्ती उनी दिल्लीतिर घूमफिर गरेर पनि आएछन्। र्सकसलाई अझ बढी पट्यारलाग्दो बनाउन केही जोकरहरूले चिनियां कूटनीतिज्ञ र माओवादी नेता महराबीचको संवाद भन्दै एउटा वार्ता टेप पनि रिहर्सल गरे।
सांच्चै भन्ने हो भने नेपाली र्सकस अहिले प्रयोगात्मक अवस्था
-भ्हउभचimभलतब एियकष्तष्यल) मा छ। यो प्रभावशाली, को ठीक, को बेठीक भन्ने प्रतियोगी अवस्थामा छ। हाम्रो र्सकसस्थल -संविधानसभा) पनि ठूलो कम्पाउन्ड ओगटेको क्षेत्र हो, जहां ६०० भन्दा बढी कुर्सी छ तर त्यहां दर्शकले चियाउन पाउंदैन, र्सकसका पात्रहरूले मनग्गे उछलकुद मच्चाउने अधिकार छ। र्सकस छिटो टुङगयाउन विगतमा नागरिक समाज र नजाने के-के जाति समाजले पनि र्सकसस्थलअगाडि धर्ना, जुलुस नानाथरि गरे तर स्टेमिना कमजोर भएकोले चांडै थला परे, तगडा स्टेमिना भएका ५९९ ले र्सकस देखाएको देखायै छन्। सशुल्क र निश्शुल्क र्सकसमा आकाश-पातालको भिन्नता हुंदो रहेछ। रक्सौलको सशुल्क र्सकस नसकियोस्, हेरिरहूं-हेरिरहूं लाग्थ्यो भने निश्शुल्क नेपाली र्सकस हेर्दाहेर्दा वाक्क दिक्क भैसकियो, अब आठौंपटक पनि हेर भन्छन्। खै, र्सकसका प्रमुख नाइके सुवासचन्द्र नेम्वाङलाई के मजा आइरहेको छ - आम नेपाली जनता अब यो र्सकस छिट्टै बन्द होस् भन्ने चाहना राख्छन्, यो र्सकसको चल्ते बजेट भाषण भएन, मुलुकले नयां प्रधानमन्त्री पाएन, संविधान बन्ने लक्षण देखिएन, अरू त अरू राष्ट्रिय पर्व बडादशैं मुखैतिर आइसक्यो। र्सकसवालाहरू आफनो करतब देखाउन अझैं बेताब छन् भने आम जनतालाई अन्य थुप्रै पिरलो र घरधन्दाले सताइरहेको छ। तर र्सकस असफल भए पनि र्सकसका पात्रहरूले आफनो भूमिका अनुसारको राम्रै "दाम हाम" गर्न पाइरहेका छन् रे। र्सकसमा भाग लिन आउनेहरूको नयां चिल्ला गाडीको सयर, वातानुकूलित होटलको खाना, गोजीभरि पैसा र एसोआराम वर्णन गरिनसक्नु छ। रक्सौलको र्सकस सकिएपछि पनि हामी केही साथीहरू र्सकस क्षेत्र वरपर घुमिरहन्थे। हामी देख्थ्यो र्सकसका पात्रहरू-"मैले कस्तो गरे - तेस्को राम्रो थियो" भनेर उत्साहित गर्थे, जनावरहरूलाई पनि फुर्सदमा भरपेट खान दिन्थे र अर्को शो -कार्यक्रम) को निम्ति चुस्त दुरूस्त पार्थे। कोही घोडालाई मालिस गर्थे, कोही हात्तीलाई नुहाउंथे। आदि इत्यादि। र्सकसपश्चात् हाम्रा कलाकारहरूले पनि स्याबासी पाउने, प्रशंसा पाउने क्रम शायद जारी छ। हाम्रो र्सकस लामो हुन थालेकाले अब विदेशी खलपात्रहरू आकषिर्त हुन थालेका छन् र र्सकसको हिस्सा बन्न थालेको आभाष हुन थालेको छ। सङक्षेपमा भन्ने हो भने अन्य क्षेत्र झैं नेपाली र्सकसमा पनि भारतीय र्सकसियाहरूको हस्तक्षेप हुन थालेको छ, जति-जति र्सकस लम्बिन्छ, उति-उति हस्तक्षेप बढ्ने देखिन्छ। तर्सथ मुलुकले निकास नपाउने, जनताले राहत नपाउने, विदेशी हस्तक्षेप बढ्ने, राष्ट्रिय पर्व ओझेल हुने, धनी झन् झन् धनी र गरिब झन् झन् गरिब हुने यो नेपाली र्सकस छिट्टै अन्त्य हुनुपर्ने कुरामा सबै सचेत हुनु जरूरी छ। थुप्रै नवसिकारु कलाकारहरू करतब देखाउंदा र्सकसमा मरेको हामीले देख्दै सुन्दै आएका हौं, हाम्रो र्सकस त झनै डरलाग्दो छ, मुलुक नै बन्धक र
पराधीन होला जस्तो छ, तर्सथ र्सकस रोकेर र्सतर्क बनौं, मुलुक बचाऔं। "अन्त भला तो सब भला।"