प्रस, वीरगंज, ११ असोज/
वीरगंज कमर्स क्याम्पसद्वारा आयोजित अन्तरउच्च मावि स्तरीय फूटबल प्रतियोगिता अन्तर्गत आज भएको क्वाटर फाइनल खेलमा नेशनल एकेडेमी कलेज विजयी भएको छ। नेशनल एकेडेमी र वीरगंज पब्लिक क्याम्पसबीच भएको प्रतिस्पर्धामा बिपिसीलाई ४ का विरुद्ध ५ गोल गरी नेशनल एकेडेमी विजयी भएको हो। प्रतियोगिता नारायणी रङगशालामा सञ्चालन भइरहेको छ।
मङगोलियन र लेवट विजयीप्रस, हेटौंडा, ११ असोज/
मकवानपुरको बसामाडीमा जारी जिल्लास्तरीय नकआउट फूटबल प्रतियोगिता अन्तर्गत सोमवारको खेलमा मङगोलियन युवा क्लब र लेवट सामुदायिक वन उपभोक्ता समूह विजयी भएका छन्।
दिउंसो भएको पहिलो खेलमा मङगोलियनले आयोजक बसामाडी सामुदायिक वन उपभोक्ता समूह ँसी’ लाई ४-० ले पाराजित गरेको हो। खेलमा मङगोलियनका विजय लामा र उत्सव लामाले २/२ गोल गरेका थिए। यस्तैगरी दोस्रो खेलमा लेवट सामुदायिक वन उपभोक्ता समूहले इन्टरनेट क्लब हेटौंडालाई टाइबे्रकरमा ४-२ ले पराजित गर्यो। टाइबे्रकरमा दुर्गाबहादुर थापा, सुमन लामा, सञ्जय लामा र शिव लामाले गोल गरेका थिए भने इन्टरनेटका लागि सुजन खडगी र दिनेश खडगीले गोल गरेका थिए। असोज १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका विभिन्न १२ ओटा टिमको सहभागिता छ।
सूर्यमुखी सी र लालीगुरांस विजयी
प्रस, हेटौंडा, ११ असोज/
मकवानपुरको पदमपोखरी गाविसमा जारी वडास्तरीय फूटबल प्रतियोगिता अन्तर्गत सोमवारको खेल सूर्यमुखी सहयोगी समूह सी र लालीगुरांस युवा क्लब पदमपोखरी-१ ले जितेका छन्।
पहिलो खेलमा सूर्यमुखी सहयोगी समूह सीले ४-१ को अन्तरमा सूर्यमुखी सहयोगी समूहका पूर्वखेलाडीहरूको टीमलाई पराजित गरेको हो। सूर्यमुखीका तर्फबाट प्रजै घलानले २, श्याम घलान र राम मोक्तानले १/१ गोल गरे।
दोस्रो खेलमा लालीगुरांस युवा क्लब पदमपोखरी-१ ले नयां नेपाल युवा क्लब पदमपोखरी-७ लाई ५-१ ग्ाोलले हराएको छ। लालीगुरांसका तर्फबाट श्री लामाले ह्याटि्रक, अमित लुङबा र सबल थापाले १/१ गोल गरेका थिए भने नयां नेपाल युवा क्लबका तर्फबाट एक मात्र गोल शशि थापाले गरेका छन्। सूर्यमुखी सहयोगी समूह पदमपोखरी- ४ को आयोजनामा सञ्चालित प्रतियोगिता पदमपोखरीमा गाविसका १४ वटा क्लबहरूले भाग लिएका छन्।