$type=ticker$count=12$cols=4$cate=0

मधेसमा वकालत पेशाभित्रको चुनौती

SHARE:

-अधिवक्ता वीरेन्द्रप्रसाद यादव-    एकेडमी अध्ययन नगरेर वकालत गरेका बखत पेशामा आम्दनी राम्रो थियो तर यतिखेर ल ग्रेजुवेट गरेका अधिवक्ताहरूलाई सामान्य जीवन बिताउन मुश्किल परेको मात्र छैन कोठाको भाडा तिर्न धौ-धौ छ। यद्यपि एकाध अधिवक्ताले एक बहसको लाखँै रुपियांसम्म शुल्क लिन्छन्। विशेषगरी मधेसमा डर, त्रास, धम्की र न्यून शुल्क पाउने कारणले वकिलहरूले मुश्किलले पेशा धानेका छन्। माओवादी जनयुद्धकालदेखि मुद्दा सङख्या घटेको छ भने  वकिल सङख्या थपिएको छ। पर्सामा मात्र वकिलहरूको सङख्या १५२। विधिको शासन कायम गराउने वकिलहरूको पेशा धराशायी बन्दा विधिको शासनमा प्रतिकूलता आउनु अस्वाभाविक होइन।    राजनीतिक अस्थिरताले पनि पेशा चुनौतीपूण् हुंदै गएको छ। न्यायपालिकाको स्वतन्त्रता प्रतिकूलको व्यवहारले पनि पेशाको आकर्षा घटेको छ।             अदालतले अपराधी ठहर गर्नुपूर्व अभियुक्तलाई सार्वजनिक गरेर अपराधी किटान गर्ने सरकारी प्रवृत्तिले पनि चुनौती थपिएको छ। अदालतमाथि दबाब सृजना भएको अनुभव छ। बाहय दबाबले गर्दा वकिलको बहसले न फैसला आदेशमा केही प्रभाव पार्न  सक्छ न बहसलाई महत्त्वपर्ूण्ा मानेर झगडिया बहस गराउन हौसिन्छ। कानुनको र्सवमान्य सिद्धान्त के हो भने जबसम्म अदालतले कसैलाई दोषी ठहर गर्दैन तबसम्म अपराधी भन्न हुंदैन। सामाजिक दबाबले फैसला प्रभावित भइरहेको अवस्थामा वकिलको महत्त्व घट्नु स्वाभाविक हो। वकालत अदालतको स्वतन्त्रतामा फस्टाउने पेशा हो। वकिलको तर्कले अभियुक्तले सफाइ पाउन सक्छ भन्ने आशा रहेपछि मात्र अभियुक्त वकिलकहां पुग्छ। तर यतिखेर  तर्कको बलमा सफाइ दिलाउने आशा मरिसकेको छ। यसले गहिरो अध्ययन तथा बलियो प्रमाण जुटाउने हौसला मर्दैछ। यसबाट पेशागत धर्मसित बेइमानी मात्र भएको छैन अभियुक्तको प्रतिरक्षाको मौलिक हकमा पनि आघात परेको छ।  बहस, पैरवी र अनुसन्धान वा फैसलामा कुनै किसिमले अलिकति पनि दबाब सृजना भएको महसुस नहुने वातावरण हुनर्ैपर्छ। यसले हरेक पक्षलाई फाइदा पुर्‍याउने हुंदा सबै गम्भीर हुनर्ुपर्छ।
    फैाजदारी अभियोगमा आरोपीको अपराध मापन गर्ने तराजु रितपूर्वकको अनुसन्धान-कागज हो। अनुसन्धानका कागजहरू रितपूर्वक तयार भएको छैन भने अदालतले विश्वास गर्दैन तर यतिखेर प्रमाणको समुचित मूल्याङकन गर्नुभन्दा अभियोगपत्रको दाबीमा ध्यान केन्द्रित भएको देखिन्छ। उदाहरणको लागि लागू अँैषधको अभियुक्तबाट बरामद भएको लागू औषध उसबाट बरामद भएको रितपूर्वकको बरामदी मुचुल्का छ कि छैन भन्नेतर्फ हर्ेर्नुभन्दा लागू औषधको परिमाण कति छ, अभियोगमा सजायको माग दाबी कति छ भन्ने कुरा आधार हुने गरेको छ।  बरामदी मुचुल्का स्थानीय भलाद्मी, स्थानीय प्रतिनिधि, अनुसन्धान अधिकृत तथा अभियुक्तलगायतको उपस्थितिमा तयार भए मात्र प्रमाणमा ग्रहण गरिने अदालती बन्दोबस्तको १७२ तथा लागू औषध ऐन २०३३ को दफा ८ मा छ तर एउटा प्रहरी नायब निरीक्षक र एकाध प्रहरी जवानले मात्र सहीछाप गरी  तयार गरेको बरामदी मुचुल्कालाई विश्वास गरेर सजाय गर्ने गरिएको छ। बरामदी मुचुल्कालगायत कागज कानुनमा भएको प्रक्रिया पूरा गरेर तयार गर्न आवश्यक छ। फौजदारी अपराधमा होस्टाइल भएर वादीलाई कमजोर पार्नु, राजनीतिक आधार देखाएर मुद्दा फिर्ता लिनु, अपराधीलाई छुटाउन दबाब, बन्द, हडताल हुने कार्यले पनि वकालत पेशामा चुनौती थपिंदै छ। हत्या, अपहरण तथा डांका मुद्दाको नामले नै छोडनुहुंदैन भन्ने मनस्थिति प्रायः पाइन्छ। अनुसन्धानका क्रममा पनि अभियुक्तलाई वकिल राख्न पाउने कानुनी अधिकार छ तर वकिल राखिएको हुंदैन। अभियुक्तको बयानमा वकिल राख्दैनौं भन्ने बेहोरा पारिए पनि उही अभियुक्त अदालतमा बयान गर्दा वकिल राख्ने गरेको पाइन्छ। यसबाट के बुझिन्छ भने अनुसन्धानको बेला वकिल राख्न अप्रत्यक्षरूपमा अवरोध सृजना गरिन्छ। सरकारी पक्षको यस्तो सोच पनि प्राइवेट वकालत पेशाका लागि गम्भीर चुनँैती हो। जिल्ला अदालतहरूमा उही मुद्दामा अभियुक्तलाई चर्को सजाय गरी    हुन्छ र थुनामा राख्न्िछ तर पुनरावेदन र सर्वोच्च अदालतमा उही अभियुक्तले सफाइ पाउने गरेको दृष्टान्त छ। पांच वर्षछ वर्षजेल काटेर पनि निर्दाेष साबित हुने गरेको दृष्टान्त छ। यसबाट अभियुक्तको नागरिक अधिकार, मौलिक अधिकार हनन हुनुका साथै मोफसलका वकिलहरूको पेशा सङकटमा परेको छ। बहस गरेको मुद्दामा अभियुक्त छुटेन भने त्यो वकिललाई छोडेर अन्त जाने प्रवृत्ति छ। महंगीले ढाड सेकेपनि वकालत शुल्कमा वृद्धि भएको छैन। एउटा चिकित्सककहां सल्लाह लिन जानुपूर्व शुल्क तिर्नैपर्ने बाध्यात्मक अवस्था छ तरवकिलसंग सल्लाह लिंदा शुल्क तिर्नुपर्छ भन्ने सोच पाइन्न। यो पेशागत एकताको अभावले पनि हो। संस्थागत कमजोरी पनि हो। वकिलको सल्लाह र बहसभन्दा कर्मचारीको सलाहले बढी प्राथमिकता पाएको छ। कतिपय मुद्दामा बहस गराउनुपर्दैन, वकिल राख्नुपर्दैन भनेर गैरवकिलबाट पनि पक्षलाई सलाह दिइने गरिएको दृष्टान्त नभएको होइन।
    साधन र आर्थिक उपलब्धताको अभावले पनि मधेसमा वकालत पेशा जोखिममा छ। ऐन कानुन प्रायः संशोधन भइरहने तर राजधानीबाहेक अन्यत्र खरिद गर्न नपाउंदा कानुनबारे अपडेट हुन अप्ठयारो छ। संशोधित कानुन अध्ययन गर्न नपाउनु पनि ठूलै चुनँैती देखिएको छ। तर्राईका अधिकांश जिल्लामा बर्सर्ेे दुइ हजारभन्दा माथि मुद्दा दर्ता हुने गरेको थियो तर यतिखेर मुद्दा सङख्या झरेको छ। मुद्दा सङख्या घट्नु पनि पेशामाथि जोखिम हो।  एकाध वकिलहरूले कमाउने अवसर राम्रो भेटे पनि बहुसङख्यकलाई जीवन धान्न मुश्किलप्रायः छ। सिडियो, भन्सारजस्ता अर्धन्यायिक निकायमा विचाराधीन मुद्दामा  न बहसलाई प्राथमिकता दिइन्छ न प्रक्रियागत कार्य पूरा गरिन्छ। गैसस संस्थाहरूको माध्यमबाट पनि अभियुक्तको तर्फबाट प्रतिरक्षा गर्ने प्रचलन ह्वातै बढेको छ।
    कानुनी सहायता समिति तथा मेलमिलाप केन्द्रहरूले पनि प्राइवेट वकिलको पेशा सङकुचित पार्दैछन्। मुद्दा मिलाइदिनु, मुद्दा निश्शुल्क लडिदिनु नकारात्मक कुरा होइन, तर यस माध्यमबाट कार्यको गुणस्तरीयता कति छ मापन अन्तर्राष्ट्रिय। राज्यले अनुमति प्रदान गरेर सृजना गरेको पेशाप्रति हुने गरेको हस्तक्षेपलाई नजरअन्दाज गर्न मिल्दैन। वकालत पेशा धरापमा नपरोस् भनेर सम्बद्ध पक्षले सोच्ने पर्छ। सिडियो, भन्सारलगायत निकायमा  न बहसलाई प्राथमिकता दिइन्छ न प्रक्रियालाई। यसले पनि वकिलको भूमिका सांघुरिएको छ। मालपोत, भूमिसुधार कार्यलयमा दायर हुने देवानी मुद्दामा पनि वकिलको भूमिका न्यून छ। मोही बांडफांडले पनि मुद्दा सङख्या ह्वातै घटाएको छ। यसले पनि वकालत पेशा सङकुचित हुंदै गएको छ। नालिश, प्रतिउत्तरको मस्यौदा गर्ने अधिकार वकिलको भए पनि  अर्धन्यायिक निकायमा लेखापढी गर्नेहरूको मस्यौदा स्वीकार गरिन्छ। मधेसमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको आधुनिक अध्ययन तथा तालिमको अभाव हुनु पनि चुनौतीको रूपमा छ भने मधेसी समाजमा कानुनी ज्ञान र वकालत पेशाको मर्यादाको जानकारी नहुनुले पनि पेशालाई कमजोर पार्दै लगेको छ। वकिलजस्तो विद्वान्को क्षेत्राधिकार कर्पोरेट क्षेत्र तथा विदेशी कोर्ट पनि हुन सक्ने भए पनि अन्तर्राष्ट्रिय भाषा र अध्ययन अवसरको अभावले असम्भव भएको छ। मधेसका वकिलहरूको क्षमता र अन्तर्राष्ट्रिय भाषा अभिवृद्धि गर्नतर्फ सरकार र नेपाल बारले ध्यान दिनर्ैपर्छ। उच्चतहका पदाधिकारी तथा निजी र्फमहरूले सल्लाहकार नियुक्त गर्दा एकाध ठाउंका वकिललाई मात्र प्राथमिकता दिइएकोले पनि मोफसलका वकिलको पेशा फस्टाउन सकेको देखिन्न। जस्तेै मन्त्रालयका कानुनी सल्लाहकार, राष्ट्रपति, प्रधानमन्त्री, सरकारी बैंक, संस्थान, निजी र्फमहरू प्रायःले  नाम चलेकालाई मात्र प्राथमिकता दिने गरेकाले पनि बहुसङख्यक वकिलहरू उपेक्षित छन्। कमसेकम कानुनी सल्लाहकार र राजनीतिक नियुक्ति गर्दा क्षेत्रीय समावेशी वा प्रतिस्पर्धाको आधारमा गरिए सबैले अवसर पाउन सक्छन्।
    स्थानीय निकायमा कानुनी सल्लाहकारको अनिवार्य व्यवस्था र विद्यालय स्तरमा कानुन विषयको अध्ययनको प्रबन्ध भयो भने समाजमा कानुनको ज्ञान बढ्नुका साथै विधि पालनमा टेवा पुग्न सक्छ। केही हदसम्म अपराध नियन्त्रणमा सहयोग पुग्न सक्छ। कानुनको अध्यापनबाट रोजगार सिर्जना  हुन सक्छ। राजनीतिक दल, सरकारी तथा गैरसरकारी सङघ-संस्थामा कानुनी सल्लाहकारको अनिवार्यता बढाइयो भने यी सबै निकायलाई कानुनी प्रक्रिया अनुसार कार्य गर्न सहज हुनुका साथै वकिलहरूको पनि कार्यक्षेत्र बढ्न सक्छ। समग्रमा भन्नुपर्दा पर्सालगायत मधेस क्षेत्रमा वकालत पेशामा अत्यधिक चुनौती रहे पनि सामाधान हुनै नसक्ने किसिमको छैन। संस्थागत पहल भयो भने चुनौतीलाई समाधान गर्न सकिन्छ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : मधेसमा वकालत पेशाभित्रको चुनौती
मधेसमा वकालत पेशाभित्रको चुनौती
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2010/09/blog-post_5458.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2010/09/blog-post_5458.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy