प्रस, पर्सा, ९ असोज/
हिन्दू युवा सङघ नेपालको आयोजनामा आज वीरगंजमा मिलन समारोह सम्पन्न भएको छ। वीरगंजको वीपी उद्यानमा आयोजित मिलन समारोहमा सहभागी हिन्दू सङघसंस्थाका नेतृत्वकर्ताहरूले हिन्दू राष्ट्र नेपाललाई धर्मनिरपेक्ष गरेकोमा आपत्ति व्यक्त गरेका थिए। वक्ताहरूले बहुमतमा रहेका हिन्दूहरूको भावनाविपरीत दलका नेताहरूले विदेशीलाई रिझाउन धर्मनिरपेक्ष्ँ राष्ट्र घोषणा गरेको बताए। उनीहरूले नेपाललाई कुनै पनि हालतमा हिन्दू राष्ट्र घोषणा गराइ छाडने प्रतिबद्धता जाहेर गरेका थिए।
कार्यक्रम सीताराम सन्त समाजका केन्द्रीय अध्यक्ष कपिल बाबाको प्रमुख आतिथ्य र सङघका अध्यक्ष राजेश सिंहको सभापतित्वमा सम्पन्न भएको थियो। मिलन समारोहमा विश्व हिन्दू एकता परिषद्का अध्यक्ष रामजीवन सिंह, हिन्दू राष्ट्र स्वयंसेवक सङघका केदार शरण विमल, नेपाल हिन्दू समाजका बुद्ध्रि्रसाद शर्मा, नेपाल जनता दलका महासचिव विनय यादव, सङघका वरिष्ठ सल्लाहकार ज्योतिलाल कलवार, स्व. काशी तिवारीकी धर्मपत्नी बबिता तिवारीलगायतले मन्तव्य व्यक्त गरेका थिए।